मध्यपुरथिमिको मेयरमा ज्वाई जेठान भिडन्त निश्चित
१२ वैशाख २०७९
•
१ मिनेट पाठ
मध्यपुरथिमिको मेयरमा ज्वाई जेठान भिडन्त निश्चित
भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको मयेर पदमा ज्वाई जेठानको भिडन्त हुने निश्चित भएको छ। नेकपा एमालेबाट मेयर पदमा उम्मेदवार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदमै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो।




नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाई जेठान हुन्। मध्यपुरथिमिमा मेयरका उम्मेदवार सुरेन्द्र मदनसुन्दरका जेठान हुन्। यो नगरपालिकाकामा मुख्य शक्तिको रुपमा कांग्रेस र एमाले नै हुन्। गएको निर्वाचनमा यो नगरपालिकामा मेयरमा एमालेका मदनसुन्दरले नै जितेका थिए। उनले नेपाली कांग्रेसका मेयर उम्मेदबारलाई पराजित गरेका थिए।

त्यो बेला नेपाल मजदुर किसान पार्टीको सहयोगले मदनसुन्दरले मेयर जितेका थिए। उक्त समयमा एमाले र नेपाल मजदुर किसान पार्टीबीच गठबन्धन भएको थियो। मेयरमा एमालेका मदनसुन्दर र उपमेयरमा नेपाल मजदुर किसान पार्टीले भाग पाएको थियो।

मदनसुन्दर वर्तमान मेयर पनि हुन्। नेकपा एमालेले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको भिडन्त हुने पक्का भएको हो। मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि कांग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर विजयी भएका थिए।

यस नगरपालिकामा नेपाली कांग्रेस नै पहिलो शक्तिको रुपमा रहँंदै आएको छ। यसअघि पनि कांग्रेसले नै मयर जित्दै आएको थियो। तर पछिल्लोपल्ट एमाले र नेपाल मजदुर किसान पार्टीको गठबन्धनबाट मदनसुन्दर विजयी हुन सफल भएका थिए।
अर्को समाचार
सेवाग्राहीको आक्रोश: सरकारले कहिले दिन्छ सहज सेवा?’
१९ पौष २०७९
•
४ मिनेट पाठ
सेवाग्राहीको आक्रोश: सरकारले कहिले दिन्छ सहज सेवा?’
बिहानको ६ बजेको चिसो तुसारो।  जाडोले थरथर कमाउने शरीर।  दुईघरको चेपुवामा रहेको साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही।  अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ।  त्यही सडकमा सेवाग्राहीको अर्को।  




मध्यपुरथिमि नगरपालिका–७ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) भक्तपुरमा सेवा लिन आज बिहान ६ बजेदेखि लामबद्ध सेवाग्राहीको अवस्थाको दृश्य हो, यो।  यस्तो दृश्य आज बिहानको मात्रै होइन, यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रका विभिन्न सेवा लिन आउने सेवाग्राहीको दैनिक देखिने दृश्य हो।  

पुसको कठाग्रिदो जाडोको पर्वाह नगरी काठमाडौँ उपत्यकादेखि  सिन्धुपाल्चोकसम्मका सेवाग्राही दिनरात नै माया मारेर नयाँ सवारी चालक अनुमति पत्र, नवीकरण, लिखित परीक्षा, प्रतिलिपी, स्वास्थ्य परीक्षणलगायत सेवा दिने यस कार्यालयमा सधैँ हुने सेवाग्राहीको भीड कोलाहालले यहाँका स्थानीयवासीसमेत दिक्क भएका छन्।  

बागमती प्रदेशका १३ जिल्लाका सेवाग्राहीले सेवा लिने यस कार्यालयमा लिखित परीक्षाका दिन जाडोको पर्वाह नगरी बिहान ५ बजेदेखि नै सेवाग्राही लाइनमा बस्ने गरेका छन्।  बिहान ६ बजे सेवा लिन लाइनमा बस्नु भएकी सिन्धुलीकी रुपा खड्काले दुई दिनदेखि लाइन बसेर पनि सेवा नपाएको गुनासो गरे।  उनले हिजो पनि १२ बजे सर्भर डाउन भएको सूचना निकालेर सेवाग्राहीलाई फर्काएको र आज पनि बिहानैदेखि लाइन बसे पनि फेरि सर्भरमा समस्या आयो भनेर सेवा प्रवाह नै रोकेको बताए।  

उनले भने, ‘यस्तो चिसोमा बिहानैदेखि लाइन बसेका छौँ, यस्तो साँघुरो ठाउँमा कार्यालय राखेको छ, त्यो पनि दिनभरी लाइन बस्दा पनि सेवा पाइदैन।  एउटै सेवा लिन चार ठाउँमा लाइन बस्नुपर्छ, एकै दिनमा सबै सेवा लिन सकिन्न, यहाँ आफन्तको घरमा आएर बसेको छु, सरकारले कहिले दिन्छ सहज सेवा?’

खड्काको यो प्रतिनिधि प्रश्न मात्रै हो।  यातायात कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका सकस यहाँ भोग्नेलाई मात्रै थाहा हुन्छ।  स्थानीय व्यापारी सनोजकुमार श्रेष्ठले बिहान ५ बजेदेखि सेवाग्राही लाइनमा बसेर सेवा नपाएको देख्दा अचम्म लाग्ने गरेको बताए।  

‘बिहान कार्यालय खुलेपछि हुने भीडभाड, बिचौलियाको चलखेल, लाइनमा बस्नेको पीडा, एउटै व्यक्ति कोठा कोठा धाएको हामी दैनिक देख्नेलाई त दिक्क लाग्न भने भोग्ने सेवाग्राहीलाई कस्तो हुँदो हो।’, उनले भने, ‘हामी कस्तो राज्यका नागरिक हौँ, पैसा तिरेर सेवा लिन पनि सधैँ सकस।’ कार्यालय अगाडि दैनिक हुने होहल्लाले स्थानीयवासी पनि आजित भएको बताउँछन्।

बिहानैदेखि लामो लाइनमा बसेका सयौँ सेवाग्राहीले सेवा नपाएर बिचल्लीमा परेपछि सेवाग्राहीले कार्यालय अगाडि नै नाराबाजी गरेका छन्।  अनलाइन फाराम भरेर आजका लागि बोलाइएका सेवाग्राही बिहानैदेखि लाइन बसेर फर्किन बाध्य भएपछि बिरोध गर्दै नाराबाजी गरेका हुन्।  

सेवा लिन काभ्रेपलाञ्चोक पनौती नगरपालिका–५ देखि बिहान ७ बजे लाइनमा बस्नुभएकी कविता केसीले यातायात कार्यालयले दिने सास्तीप्रति आक्रोश व्यक्त गर्दै भने, ‘यस्तो चिसोमा बिहान सात बजेदेखि नै लाइनमा बसियो, म भन्दा अगाडि ६ बजेदेखि नै लाइनमा बस्ने ५० जना जति थिए, १० बजेदेखि सेवा प्रवाह गर्नुपर्ने हुन्छ, तर सेवा अवरुद्ध हुँदा पनि एकछिनमा हुन्छ भनेर पर्खाइयो, दिन सकिए पछि सर्भर डाउन भो भनेर सूचना पो टाँस्छ, अनि कति पीडा हुन्छ हामीलाई, हाम्रो दिन यत्तिकै खेर गएन?’

सेवा लिन काभ्रेका बनेपादेखि आउनुभएका राजेश श्रेष्ठले उस्तै गुनासो गरे।  बिहान ६ः३० बजेदेखि लाइनमा बसे पनि कार्यालयले सेवा नदिएको भन्दै सेवाग्राहीले नाराबाजी गर्नुपरेको बताए।  कार्यालयले हिजो सोमबार पनि बिहानैदेखि लामबद्ध सेवाग्राहीलाई  सर्भर चलेन भन्दै फर्काएको थियो भने आज पनि सर्भर डाउन भो भनेपछि सेवालिन आएका सेवाग्राही निकै मर्कामा परेका हुन्।  

कार्यालयले सूचना जारी गर्दै भनेको छ, ‘प्रविधिमा आएको खराबीका कारण कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवा आजका लागि सञ्चालन नहुने भएकाले आज दिएको सेवा लिन आउँदो २१ गते बिहीबारका लागि सारिएको जानकारी गराउँछौँ।’ कार्यालयका प्रमुख शिवकुमार निरौलाले सर्भरमा समस्या आएर सेवा प्रभावित भएपछि सेवाग्राहीले हुलदङ्गा गरेको बताए।  उनले सेवाग्राहीले नाराबाजी गर्दै हुलदङ्गा गर्न थालेपछि बिहीबारका लागि आउन सूचना जारी गरेको बताए।  उनले यो समस्या भक्तपुरमा मात्र नभई सबैतिर भएको बताए।  कार्यालयले नयाँ सवारी चालक अनुमति पत्र, परीक्षा, नविकरणलगायतका विभिन्न सेवाका लागि दैनिक एक हजार पाँच सय जनालाई सेवा दिँदै आएको प्रमुख निरौलाले बताए।  

सर्भर डाउन हुँदा हिजो र आज यातायात व्यवस्था कार्यालय भक्तपुर, सानोभ¥याङ, सुकेधारा, गुर्जुधारालगायत देशभरका विभिन्न कार्यालयमा सेवा प्रभावित भएको छ।  यातायात व्यवस्था कार्यालयमा हरेक दिन बिहानै ६ बजेदेखि नै सेवाग्राहीहरु लाइनमा बस्ने गरेका छन् भने कार्यालय समयसम्म नै सेवाग्राहीको भीड लाग्ने गरेको छ।  

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएकै दिन बसेको पहिलो मन्त्रिपरिषद् बैठकले राहदानी लाइसेन्सलगायत सेवामा लाइन बस्न नपर्ने गरी व्यवस्था गर्ने निर्णय गरेको भएपछि समस्या जस्ताको तस्तै छ।  राहदानीको समस्या समाधान गर्न समिति गठन भए पनि लाइसेन्सका लागि अहिलेसम्म कुनै पहल भएको छैन।  

देशभरको यातायात व्यवस्था कार्यालयका सर्भर सङ्घीय सरकारअन्तर्गत यातायात व्यवस्था विभागको नियन्त्रण छ भने प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयले यो सर्भरको प्रयोग गर्दै आएका छन्।  यातायात व्यवस्था विभागकै कमजोरीका कारण आफूहरूले बारम्बार सेवाग्राहीको अपजस भोग्नुपरेको गुनासो कार्यालय प्रमुखहरूले गर्दै आएका छन्। 
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस