नेकपा एमालेले आर्थिक वर्ष २०७२-०७३ को बजेटप्रति असहमति जनाउँदै प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महतलाई ध्यानाकर्षण गराउने भएको छ। बिहीबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको स्थायी समिति बैठकले यसअघिका सरकारले चलाउँदै आएको कार्यक्रमसमेत कटौति गरेको भन्दै विरोध जनाएको हो।'बजेटअघि एमालेले सुझाएका कार्यक्रमहरु बजेटमा समेटिएका छैनन्,' बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, 'एमाले सहमत नभएको बजेट पारित हुन दिन्नौं।'
बैठकले ध्यानकर्षण दिलाउन तीन सदस्यीय समिति गठनसमेत गरेको छ। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, विष्णु पौडेल र अग्नि खेरल रहेको समितिले प्रधानमन्त्री कोइराला र अर्थमन्त्री महतलाई भेटेर ध्यानकर्षण गराउने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए। आग्रह गर्दा पनि नमाने फेरि बैठक बसेर ठोस निर्णय गर्ने स्थायी समिति बैठकले निर्णय गरेको छ।
त्यस्तै बैठकले १६ बुँदे सहमतिअनुसार नै संविधान निर्माणको प्रक्रिया अघि बढ्ने जनाएको छ। 'सीमांकन नामांकनमा केही सुझाव आएका छन्। त्यसप्रति एमाले प्रतिबद्ध छ। संविधान १६ बुँदे सहमतिअनुसार नै बन्छ,' भट्टराईले भने।