धनगढी उपमहानगरपालिकामा मेयरमा १० र उपमेयरमा ७ को उम्मेदवारी
१२ वैशाख २०७९
•
४ मिनेट पाठ
धनगढी उपमहानगरपालिकामा मेयरमा १० र उपमेयरमा ७ को उम्मेदवारी
सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा मेयर पदका लागि १० जना र उपमेयर पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिक दलका तर्फबाट ६ जना र तीन जना स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा ६ जनाले राजनीतिक दलबाट र एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  




गठबन्धनका तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका नृपबहादुर वड र नेकपा एमालेका तर्फबाट युवा नेता रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरि लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीका भारती थापा, नागरिक उन्मुक्ति पार्टीका मीनकुमार चौधरी, राष्ट्रिय जनमोर्चाका अन्जना श्रेष्ठ मास्के र जनता समाजवादी पार्टीका कविन्द्र ऐरले मेयरपदमा उम्मेदवारी दिएका छन् । मेयर पदमै स्वतन्त्र उम्मेदवार गोपाल हमाल, मदनकृष्ण भट्ट र उद्धवराज पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।  

धनगढी उपमहानगरपालिकाको उपमेयर पदमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शान्ति अधिकारी र नेकपा एमालेका तर्फबाट कन्दकला रानाले मनोनयन दर्ता गराएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमला पन्त, नेपाल परिवार दलका विष्णुकुमारी विक, नागरिक उन्मुक्ति पार्टीका सावित्रीदेवी चौधरीले उम्मेदवारी दिएका छन् । उपमेयरमा स्वतन्त्रबाट नेपाली कांग्रेस नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको भागबण्डामा असन्तुष्टि जनाउँदै उनले उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।  

सोमबार बिहान सुरुमा नेकपा एमालेका उम्मेदवारले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । एमालेको मनोनयन दर्ता पछि दिउँसो गठबन्धनका उम्मेदवारहरुले ट्राफिक चौराहबाट बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका थिए । गठबन्धनको केही दिनदेखि जारी भागबण्डाको छलफल सोमबार दिउँसो मात्रै निष्कर्षमा पुगेको थियो ।  

सुदूरपश्चिमको राजधानी रहेको धनगढी उपमहानगरपालिकाको निर्वाचनलाई सबैले चासोका रुपमा लिएका छन् । मेयर र उपमेयर पदमा मात्रै गठबन्धन भए पनि यहाँका १९ वटै वडामा भने मित्रवत प्रतिस्पर्धा गर्ने बताइएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले १९ वटै वडामा वडा अध्यक्षदेखि सदस्यसम्मको पदमा आ–आफ्नो तर्फबाट उम्मेदवारी दिएका छन् ।  

धनगढी उपमहानगरपालिकामा ९३ हजार १ सय ५१ मतदाता रहेका छन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचन भन्दा यसपालिको निर्वाचनमा करिब १७ हजार मतदाता थपिएका छन् । धनगढीमा २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडले १४ हजार ३ सय २४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए । यस्तै अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट उपमेयरमा पराजित अधिकारी अहिले गठबन्धनबाट चुनावी मैदानमा उत्रिएकी छिन् । धनगढी उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार वड, एमालेका चन्द र स्वतन्त्र उम्मेदवार हमालबीच मेयर पदमा त्रिपक्षिय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उपमेयरमा गठबन्धनका अधिकारी र एमालेकी रानाबीच प्रतिस्पर्धा हुने देखिएको छ । टीकापुर घटनाको आरोपमा जेलमा रहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले पनि मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका छन् ।

१३ स्थानीय तह रहेको कैलालीमा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले गठबन्धनगरी उम्मेदवारी दर्ता गराएका छन् भने वडास्तरमा भने मित्रवत प्रतिस्पर्धा हुने बताइएको छ । नेपाली कांग्रेसले धनगढी, गोदावरी नगरपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र वर्दगोरिया गाउँपालिकाको मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने नेकपा माओवादी केन्द्रले गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, मोहन्याल गाउँपालिका र कैलारी गाउँपालिकाको मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी)ले घोडाघोडी नगरपाालिकाको मेयर र चुरे गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

लम्की चुहा मेयरमा कांग्रेसका दुई जनाको उम्मेदवारी  

लम्की चुहा नगरपालिकामा मेयर पदमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ । मेयर पदका लागि भक्तबहादुर थापा र सुशीला शाहीले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका तर्फबाट लम्की चुहा नगरपालिकामा नेपाली कांग्रेसको भाग परेको थियो । दुई जनाको उम्मेदवारी परेपछि आधिकारिक कुन हो भन्नेमा विवाद भएको छ । पार्टीले आधिकारिक भनेको व्यक्ति कांग्रेसको उम्मेदवार हुनेछ भने अर्को व्यक्ति स्वतः स्वतन्त्र उम्मेदवार हुने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
अर्को समाचार
धनगढी उपमहानगरपालिकामा मेयरमा १० र उपमेयरमा ७ जनाको उम्मेदवारी
१२ वैशाख २०७९
•
४ मिनेट पाठ
धनगढी उपमहानगरपालिकामा मेयरमा १० र उपमेयरमा ७ जनाको उम्मेदवारी
सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा मेयर पदका लागि १० जना र उपमेयर पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। राजनीतिक दलका तर्फबाट ६ जना र तीन जना स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा ६ जनाले राजनीतिक दलबाट र एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।  




गठबन्धनका तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका नृपबहादुर वड र नेकपा एमालेका तर्फबाट युवा नेता रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरि लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीका भारती थापा, नागरिक उन्मुक्ति पार्टीका मीनकुमार चौधरी र जनता समाजवादी पार्टीका कविन्द्र ऐरले मेयरपदमा उम्मेदवारी दिएका छन्। मेयर पदमै स्वतन्त्र उम्मेदवार गोपाल हमाल, मदनकृष्ण भट्ट र उद्धवराज पन्तले उम्मेदवारी दर्ता गराएका छन्।  

धनगढी उपमहानगरपालिकाको उपमेयर पदमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शान्ति अधिकारी र नेकपा एमालेका तर्फबाट कन्दकला रानाले मनोनयन दर्ता गराएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमला पन्त, नेपाल परिवार दलका विष्णुकुमारी विक, नागरिक उन्मुक्ति पार्टीका सावित्रीदेवी चौधरीले उम्मेदवारी दिएका छन्। उपमेयरमा स्वतन्त्रबाट नेपाली कांग्रेस नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनको भागबण्डामा असन्तुष्टि जनाउँदै उनले उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्।  

सोमबार बिहान सुरुमा नेकपा एमालेका उम्मेदवारले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए। एमालेको मनोनयन दर्ता पछि दिउँसो गठबन्धनका उम्मेदवारहरुले ट्राफिक चौराहबाट बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका थिए। गठबन्धनको केही दिनदेखि जारी भागबण्डाको छलफल सोमबार दिउँसो मात्रै निष्कर्षमा पुगेको थियो।  

सुदूरपश्चिमको राजधानी रहेको धनगढी उपमहानगरपालिकाको निर्वाचनलाई सबैले चासोका रुपमा लिएका छन्। मेयर र उपमेयर पदमा मात्रै गठबन्धन भए पनि यहाँका १९ वटै वडामा भने मित्रवत प्रतिस्पर्धा गर्ने बताइएको छ। नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले १९ वटै वडामा वडा अध्यक्षदेखि सदस्यसम्मको पदमा आ–आफ्नो तर्फबाट उम्मेदवारी दिएका छन्।  

धनगढी उपमहानगरपालिकामा ९३ हजार १ सय ५१ मतदाता रहेका छन्। यसअघि २०७४ को स्थानीय तहको निर्वाचन भन्दा यसपालिको निर्वाचनमा करिब १७ हजार मतदाता थपिएका छन्। धनगढीमा २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडले १४ हजार ३ सय २४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए। 

यस्तै अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट उपमेयरमा पराजित अधिकारी अहिले गठबन्धनबाट चुनावी मैदानमा उत्रिएकी छिन्। धनगढी उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार वड, एमालेका चन्द र स्वतन्त्र उम्मेदवार हमालबीच मेयर पदमा त्रिपक्षिय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। उपमेयरमा गठबन्धनका अधिकारी र एमालेकी रानाबीच प्रतिस्पर्धा हुने देखिएको छ। टीकापुर घटनाको आरोपमा जेलमा रहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले पनि मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका छन्।

१३ स्थानीय तह रहेको कैलालीमा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले गठबन्धनगरी उम्मेदवारी दर्ता गराएका छन् भने वडास्तरमा भने मित्रवत प्रतिस्पर्धा हुने बताइएको छ। नेपाली कांग्रेसले धनगढी, गोदावरी नगरपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र वर्दगोरिया गाउँपालिकाको मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने नेकपा माओवादी केन्द्रले गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, मोहन्याल गाउँपालिका र कैलारी गाउँपालिकाको मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ। यस्तै नेकपा (एकीकृत समाजवादी)ले घोडाघोडी नगरपाालिकाको मेयर र चुरे गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

लम्की चुहा मेयरमा कांग्रेसका दुई जनाको उम्मेदवारी  

लम्की चुहा नगरपालिकामा मेयर पदमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ। मेयर पदका लागि भक्तबहादुर थापा र सुशीला शाहीले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्। गठबन्धनका तर्फबाट लम्की चुहा नगरपालिकामा नेपाली कांग्रेसको भाग परेको थियो। दुई जनाको उम्मेदवारी परेपछि आधिकारिक कुन हो भन्नेमा विवाद भएको छ। पार्टीले आधिकारिक भनेको व्यक्ति कांग्रेसको उम्मेदवार हुनेछ भने अर्को व्यक्ति स्वतः स्वतन्त्र उम्मेदवार हुने निर्वाचन अधिकृतले जानकारी दिएका छन्। 
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १० सेकेन्ड अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस