पोखराको मेयरमा २४ जनाको उम्मेदवारी
१२ वैशाख २०७९
•
५ मिनेट पाठ
पोखराको मेयरमा २४ जनाको उम्मेदवारी
सोमबार उम्मेदवारी दर्ता गर्नुअघि एमालेका मेयरका उम्मेदवार कृष्णबहादुर थापा र उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङ। र उम्मेदवारी दर्ता गर्नुअघि एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्य। तस्बिर: उमेश पुन/नागरिक
पोखरा महानगरपालिकाको मेयर पदका लागि सोमबार राती सम्ममा २४ जनाले उम्मेदवारी दिएका छन्। यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पोखराको मेयरमा पहिलो दिन आइतबार ११ र दोश्रो दिन सोमबार १३ जना गरी कुल २४ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ। जसमा १५ वटा दल तथा ९ जना स्वतन्त्र उम्मेदवारको उम्मेदवारी परेको छ।




मेयर पदमा नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, आमूल परिवर्तनशील पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, उन्नत लोकतान्त्रिक पार्टी, राप्रपा, नेकपा माओवादी समाजवादी, जनमत पार्टी, देशभक्त समाज, नेपालका लागि नेपाली पार्टी, मौलिक जरोकिलो पार्टी, सचेत नेपाली पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, राप्रपा नेपाल र नेपाल जनता दलका उम्मेदवारले उम्मेदवारी दिएका छन्। उनीहरु दलबलसहित उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र समर्थकमा नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह तमु रहेका छन्।

नेकपा एमालेबाट कृष्णबहादुर थापाले उम्मेदवारी दिएका छन्। शुरुमा दीपक पौडेलले टिकट पाएपनि उनको सुनचोरी काण्ड सार्वजनिक भएपछि उनको ठाउँमा टिकट ल्याएका थापाले उम्मेदवारी दर्ता गरेका छन्। उनको प्रस्तावकमा पुष्पज्योति ढुंगाना र समर्थकमा गीतादेवी विक रहेका छन्।

सोमबार आमूल परिवर्तनशील पार्टीबाट मुना बानियाले उम्मेदवारी दिएकी छन्। उनको प्रस्तावकमा सोमबहादुर पोडे र समर्थकमा जुनु प्यारी छन्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राईले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा राजु परियार र समर्थकमा उषा ईनाम छन्। उन्नत लोकतान्त्रिक पार्टीबाट आशिष थापाले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा विनोदबहादुर कार्की र समर्थकमा निर्मला वंशल छन्। नेकपा माओवादी समाजवादीबाट भोजराज त्रिपाठीले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा कृष्णप्रसाद ओझा र समर्थकमा लक्ष्मी त्रिपाठी छन्। जनमत पार्टीबाट सरनसिंह मोक्ताले उम्मेदवारी दिएका छन्। 

उनको प्रस्तावकमा उमेशकुमार खनाल र समर्थकमा कपिलदेव शर्मा छन्। देशभक्त समाजबाट रनबहादुर दमैले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा सुरज भण्डारी र समर्थकमा शोभा गुरुङ छन्। नेपालका लागि नेपाली पार्टीबाट रोशनी बानिया बस्नेतले उम्मेदवारी दिएकी छन्। उनको प्रस्तावकमा गणेश बस्नेत र समर्थकमा सूर्यमोहन सुवेदी छन्। राप्रपाबाट शंकर खरालले उम्मेदवारी दिएका छन्।

यसअघि आइतबार मौलिक जरोकिलो पार्टीबाट सञ्जय तिमिल्सिनाले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा सन्तोष तिमिल्सिना र समर्थकमा नविन अधिकारी छन्। सचेत नेपाली पार्टीबाट भोजराज खनालले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा करणबहादुर नेपाली छन् भने समर्थकमा कल्पनादेवी पौडेल छन्। मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा चित्रबहादुर राना र समर्थकमा रियाज गुरुङ रहेका छन्। नेपाल जनता दलबाट मुक्तिनाथ सुवेदीले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा पूर्ण शर्मा पौडेल र समर्थकमा दुर्गा पौडेल छन्। राप्रपा नेपालबाट गोविन्द गुरुङले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा आकाश खरेल र समर्थकमा दीलमाया मोक्तान छन्।

त्यस्तै, मेयरका लागि आईतबार ६ जना र सोमबार ४ जना गरी १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यसमा कांग्रेसका ३ जनाको वागी उम्मेदवारी छ। सोमबार पोखरा–५ निवासी सुनिलबहादुर कोइरालाले स्वतन्त्र उम्मेदवारी दिए। उनको प्रस्तावकमा संगीता कोइराला थापा र समर्थकमा रुद्रनाथ गौतम छन्। यसअघि आइतबार अटेरी उम्मेदवार खड्कराज पौडेल (गनेस)ले उम्मेदवारी दिएका थिए। स्थानिय तहको चुनावलाई दलविहीन चुनाव बनाउनुपर्ने एजेण्डा बोकेका उनले उम्मेदवारी दर्ताको पहिलो दिन नै आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। पोखरा–१४ निवासी पौडेल साहित्यकार हुन्। उनको प्रस्तावकमा स्थानिय अप्सरा अधिकारी र समर्थकमा सरोज जिसी रहेका छन्।

यसैगरी स्वतन्त्र रुपमा रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङले पनि उम्मेदवारी दिएका छन्। अधिकारीको प्रस्तावकमा कृष्णराज तिवारी र समर्थकमा नारायण कँडेल, गुरुङको प्रस्तावकमा शान्तीदेवी पौडेल आचार्य र समर्थकमा संगीत गुरुङ, बास्तोलाको प्रस्तावकमा ऋषिराम बराल र समर्थकमा अजय विक छन्। त्यस्तै, मेयरका लागि विप्लव नेतृत्वको नेकपाका नेता किसानसिंह गुरुङले पनि उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा मनबहादुर विश्वकर्मा र समर्थकमा पवित्रा विक छन्।

कांग्रेसका ३ जनाले हाले बागी उम्मेदवारी

पोखरामा नेपाली कांग्रेसले मेयर पदमा नेकपा एकीकृत समाजवादीलाई सघाएपछि कांग्रेसका ३ जना क्रियाशिल कार्यकर्ताले बागी उम्मेदवारी हालेका छन्। आइतबार एक र सोमबार दुई जना गरी कुल ३ जनाले कांग्रेसबाट बागी उम्मेदवारी हालेका हुन्। बागी उम्मेदवारी हाल्नेमा ऋषिराम सापकोटा, नन्दप्रसाद तिवारी र विमलबहादुर कार्की छन्। पोखरा–९ निवासी सापकोटा कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष हुन् भने तिवारी तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकका कास्की जिल्ला सचिव तथा कार्की तरुण दल कास्कीका संस्थापकका साथै वर्तमान क्षेत्रीय प्रतिनिधि हुन्।

उपमेयरमा ९ जनाको उम्मेदवारी

पोखराको उपमेयरका लागि ९ जनाले उम्मेदवारी दिएका छन्। उपमेयरका लागि आइतबार ४ र सोमबार ५ जनाले उम्मेदवारी दिएका हुन्। जसमा ८ वटा पार्टी र एक स्वतन्त्रको उम्मेदवारी छ।

नेपाली कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दिएकी छन्। उनले गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरुको समर्थनमा सोमबार उम्मेदवारी दिएकी हुन्। नेकपा एमालेबाट मञ्जुदेवी गुरुङले उम्मेदवारी दिएकी छन्। अघिल्लो निर्वाचनबाट उपमेयर बनेकी उनले पदबाट राजिनामा दिएर पुनः सोमबार उपमेयरकै लागि उम्मेदवारी दिएकी हुन्।

त्यस्तै, उपमेयरमा राप्रपाबाट रञ्जना सेन (रञ्जु), आमूल परिवर्तनशील पार्टीका पदबहादुर गुरुङ र नेकपा माओवादी समाजवादीका ईन्द्र सुनारले उम्मेदवारी दिएका छन्। यसअघि आइतबार सचेत नेपाली पार्टीका सोनी परियार, मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङ, सोममाया विक र राप्रपा नेपालबाट चिना दवाडीले उम्मेदवारी दिएका छन्। विक विप्लव नेतृत्वको नेकपाकी नेतृ हुन्। पार्टीकै प्रतिनिधित्व गरेर उम्मेदवारी दिएपनि उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गरेकी छन्।
अर्को समाचार
पहिलो दिन पोखराको मेयरमा १० जनाको उम्मेदवारी दर्ता
११ वैशाख २०७९
•
३ मिनेट पाठ
पहिलो दिन पोखराको मेयरमा १० जनाको उम्मेदवारी दर्ता
उम्मेदवारी दर्ता गर्न पुगेका मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार दलबलसहित। तस्बिर: उमेश पुन/नागरिक
पोखरा महानगरपालिकाको मेयर पदका लागि पहिलो दिन दश जनाले उम्मेदवारी दर्ता गरेका छन्। यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत निर्धारण गरिएको उम्मेदवारी दर्ताको पहिलो दिन पोखराको मेयर पदमा चार वटा दल र ६ जना स्वतन्त्र गरी दश जनाले उम्मेदवारी दर्ता गरेका हुन्।




पोखराको मेयरका लागि पहिलो दिन मौलिक जरोकिलो पार्टी, सचेत नेपाली पार्टी, मंगोल नेसनल अर्गनाइजेसन र नेपाल जनता दलका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्। मौलिक जरोकिलो पार्टीबाट सञ्जय तिमिल्सिनाले उम्मेदवारी दिएका छन्। पोखरा–१२ निवासी तिमिल्सिनाको प्रस्तावकमा सन्तोष तिमिल्सिना र समर्थकमा नविन अधिकारी रहेका छन्।

सचेत नेपाली पार्टीबाट भोजराज खनालले उम्मेदवारी दिएका छन्। पोखरा–३२ का खनालको प्रस्तावकमा करणबहादुर नेपाली छन् भने समर्थकमा कल्पनादेवी पौडेल छन्। मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङले मेयरका लागि उम्मेदवारी दिएका छन्। पोखरा–२७ का गुरुङको प्रस्तावकमा चित्रबहादुर राना र समर्थकमा रियाज गुरुङ रहेका छन्।

नेपाल जनता दलबाट मुक्तिनाथ सुवेदीले उम्मेदवारी दिएका छन्। पोखरा–८का सुवेदीको प्रस्तावकमा पूर्ण शर्मा पौडेल र समर्थकमा दुर्गा पौडेल रहेका छन्। त्यस्तै, मेयरका लागि पहिलो दिन ७ जनाको उम्मेदवारी परेको छ। पोखराको मेयरका लागि अटेरी उम्मेदवार खड्कराज पौडेल (गनेस)ले उम्मेदवारी दर्ता गरेका छन्। 

स्थानीय तहको चुनावलाई दलविहीन चुनाव बनाउनुपर्ने एजेण्डा बोकेका उनले उम्मेदवारी दर्ताको पहिलो दिन नै आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। पोखरा–१४ निवासी पौडेल साहित्यकार हुन्। उनको प्रस्तावकमा स्थानिय अप्सरा अधिकारी र समर्थकमा सरोज जिसी रहेका छन्।

मेयरका लागि रामराज अधिकारीलेपनि उम्मेदवारी दिएका छन्। स्वतन्त्र रुपमा उम्मेदवारी दिएका पोखरा–३० निवासी अधिकारीको प्रस्तावकमा कृष्णराज तिवारी र समर्थकमा नारायण कँडेल छन्। अर्का स्वतन्त्र उम्मेदवार डिलबहादुर गुरुङले पनि उम्मेदवारी दर्ता गरेका छन्। पोखरा–१५ का गुरुङको प्रस्तावकमा शान्तीदेवी पौडेल आचार्य र समर्थकमा संगीत गुरुङ छन्। मेयरका लागि पोखरा–२८ का नवराज बास्तोलाले पनि उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा ऋषिराम बराल र समर्थकमा अजय विक छन्।

त्यस्तै, मेयरका लागि किसानसिंह गुरुङलेपनि उम्मेदवारी दिएका छन्। पोखरा–२९ निवासी उनको प्रस्तावकमा मनबहादुर विश्वकर्मा र समर्थकमा पवित्रा विक छन्। आइतबार ठूला दलहरुले उम्मेदवारी दर्ता गरेनन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाको संयुक्त गठबन्धनबाट एकीकृत समाजवादीले मेयर र कांग्रेसले उपमेयर पाएपनि उनीहरुले पहिलो दिन आईतबार उम्मेदवारी दर्ता नगरेका हुन्। 

सोमबार मध्याह्नपछि संयुक्त रुपमा ¥यालीसहित उम्मेदवारी दर्ता गर्न जाने तयारी उनीहरुको छ। त्यस्तै, नेकपा एमाले, राप्रपा, राप्रपा नेपाललगायतका दलहरुलेपनि आइतबार उम्मेदवारी दर्ता गरेनन्। यी सबै दलहरुले उम्मेदवार टुंगो लगाएपनि आइतबार उम्मेदवारी दर्ता नगरेका हुन्। सोमबार र्‍यालीसहित यी दलहरुले उम्मेदवारी दर्ता गर्ने बताएका छन्। आइतबार उम्मेदवारी दर्ता गर्ने सबै साना दल हुन्।

कांग्रेसका कार्कीले हाले वागी उम्मेदवारी

कांग्रेस कार्यकर्ता विमल कार्कीले मेयर पदमा वागी उम्मेदवारी दिएका छन्। गठबन्धनबाट पोखराको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय भएपछि उनले वागी उम्मेदवारी हालेका हुन्। पोखरा–१४ निवासी कार्की नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन्।

पहिलो दिन उपमेयरमा २ जनाको उम्मेदवारी

उम्मेदवारी दर्ता गर्ने पहिलो दिन पोखराको उपमेयरका लागि दुई जनाको मात्रै उम्मेदवारी परेको छ। मेयरमा दश जनाले उम्मेदवारी दर्ता गर्दा उपमेयरमा दुई जनाले मात्रै उम्मेदवारी दिएका हुन्। उपमेयरमा सचेत नेपाली पार्टीका सोनी परियार र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका हुन्। उपमेयरका उम्मेदवार परियारको प्रस्तावकमा हरिदत्त पराजुली र समर्थकमा रमेश खवास तथा तामाङको प्रस्तावकमा अमित गुरुङ र समर्थकमा गौरव गुरुङ छन्।

अटेरी उम्मेदवार गनेस पौडेल उम्मेदवारी दर्ता गर्नुअघि। तस्बिर: उमेश पुन/नागरिक
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस