हुम्लाको हिमालपारीको गाउँ नाम्खा गाउँपालिका–६ मा वडाध्यक्ष र सदस्यमा एकल उम्मेदवारी परेको छ। नाम्खा गाउँपालिका–६ लिमी क्षेत्रका स्थानीयहरुले गत मंसिरमै उम्मेदवारको टुंगो लगाएका थिए।
नाम्खा गाउँपालिका–६ मा पाल्जोर तामाङ वडाध्यक्षमा दोहोरिएका छन्। बाँकी तीन वडा सदस्य नयाँ अनुहार हुन्। नाम्खामा दलित समुदाय नभएकाले दलित कोटाको उम्मेदवारीनै परेन्। वडाध्यक्षमा एकल उम्मेदवारी परेपछि तामाङले पाँच वर्षसम्म राम्रो काम गरेकाले जनताले फेरि दोहोरिन भनेको र सोही अनुसार उम्मेदवारी दिएको बताए।
वडा नं. ६ मा अघिल्लो वर्ष तामाङले नेपाली कांग्रेसको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका थिए। उति बेला पनि उनी निर्विरोध निर्वाचित भएका थिए। ‘यो पटक गाउँको सल्लाह अनुसार सबैले स्वतन्त्र उम्मेदवारी दियौं,’ तामाङले भने, ‘हाम्रो वडामा अरु कसैको उम्मेदवारी नपरेकाले हामी निर्विरोध भएका छौं, अव प्रमाणपत्र पाउनु मात्रै बाँकी हो।’
वडा नं. ६ को वडा सदस्यमा छिरिङ टुण्डुक तामाङ, तेम्वा टुण्डुप लामा र पुटी लामाको उम्मेदवारी परेको छ। तीनै जना नयाँ अनुहार हुन्। गत मंसिरमा वडा नं. ६ भित्र पर्ने तिल, जाङ र हल्जी गाउँका गाउँलेको भेलाले वडाध्यक्षमा पाल्जोरलाई दोहो¥याउने र वडा सदस्यमा नयाँ अनुहारलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। ‘वर्षमा एक पटक हुने भेलाले गर्ने निर्णय सबैले मान्ने गरेका छौं,’ उनले भने, ‘त्यहीँ भेलाको निर्णय अनुसार राजनीतिक दलबाट नभएर स्वतन्त्र उम्मेदवारी दिएका हौं, यहाँ कुनै पनि राजनीतिक दल तथा स्वतन्त्र अरुले उम्मेदवारी दिएका छैनन्।’
४६ वर्षका पाल्जोरले अवका पाँच वर्ष जनताको सेवामा अझ धेरै काम गर्ने बताए। ‘जनताले राम्रो मानेर फेरि वडाध्यक्षमा उम्मेदवार लिन लगाए,’ उनले भने, ‘सकेसम्म जनताको सेवामा राम्रो काम गर्छु।’
लिमीका स्थानीयको आफ्नै नीति–नियम छ । तीन गाउँको भेलाले गरेको निर्णयविपरित यहाँ कोही जाँदैनन्। स्थानीयका अनुसार गाउँलेले चुनेको अध्यक्ष फरक हुन्छ भने सरकारी कामकाज र प्रक्रियाका लागि छुट्टै अध्यक्ष चयन हुन्छ। ‘सरकारी कामकाजका लागि चुनिने अध्यक्ष पनि गाउँले चुनेको अध्यक्षको निर्देशन अनुसार चल्नुपर्छ,’ एक स्थानीयले भने, ‘सरकारी कामकाजमा हस्ताक्षर एउटाको हुन्छ, गाउँमा खटनपटन अर्कोको हुन्छ।’