धरान उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट किसोर राई र उपमेयरमा अइन्द्र बिक्रम बेघाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
तीन दलीय गठबन्धनको भागवण्डामा मेयर कांग्रेसको भागमा परेको थियो। कांग्रेसले उम्मेदवारी मनोयन दर्ता गराउने अन्तिम दिन सोमबार दिउँसो मात्र मेयरमा राईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। कांग्रेसले उम्मेदवार चयन गर्न प्रदेश कमिटीलाई नै जिम्मा लगाएपछि आइतबारदेखि नै विराटनगरमा प्रदेश कमिटी बैठकमा उम्मेदवार चयनमा रस्साकस्सी परेको थियो। धरानको मेयरको लागि कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा, धरानका वहालवाला मेयर तिलक राई र सुनसरी क्षेत्र नं १ कार्यसमिति सभापति सुजेन्द्र गोलेको पनि नाम केन्द्रमा सिफारिश भएको थियो।
मेयरमा टिकट पाएका राई कांग्रेस जिल्ला सदस्य छन्। उनी धरान कांग्रेसको पुर्व नगरसभापति पनि हुन् भने अखिल नेपाल फुटबल संघ प्रदेश नं १ कार्यसमितिका अध्यक्ष पनि छन्। यसअघि उनी २०७५ मा प्रदेशसभा निर्वाचनमा पनि सुनसरी क्षेत्र नं १ (क) मा तत्कालिन नेकपा उम्मद्वारसँग पराजित भएका थिए।
यसैगरि, गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा उम्मेद्वार छन्। उनलाई पनि सोमबार दिउँसो मात्र माओवादी केन्द्रले उपमेयर उम्मेदवार बनाउने निर्णय गरेको थियो। उनी २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा माओवादी केन्द्रका उम्मेद्वार थिए। उनी तेस्रो भएका थिए।
एमालेबाट मेयरमा भण्डारी, उपमेयरमा लिम्बु
एमालेबाट मेयरमा मञ्जु भण्डारी सुवेदीले मनोनयन दर्ता गराएकी छिन् भने उपमेयरमा पदमप्रसाद लिम्बुले मनोनयन दर्ता गराएका छन्। भण्डारीले मेयरमा टिकट पाएपछि आइतबार उपमेयर पदबाट राजिनामा दिएकी थिइन्। पार्टी अध्यक्ष ओली निकट उनी एमाले केन्द्रीय सदस्य हुन्। उनी २०७४ मा उपमेयरमा जितेकी थिइन्।
उपमेयरका उम्मेद्वार लिम्बु एमाले जिल्ला कमिटी सदस्य हुन्। युवा राजनीतिबाट आएका उनी वकालत पेशामा पनि छन्। यसअघि सुनसरी जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भइसकेका छन् भने २०५४ सालमा धरानको वडा नं १९ को वडाअध्यक्ष पनि भइसकेका हुन्।
जसपाले पनि दियो मेयर र उपमेयरमा उम्मेदवारी
सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) चुनावी गठबन्धनबाट बाहिरिएर मेयर र उपमेयरमा उम्मेद्वारी मनोनयन दर्ता गराएको। जसपाबाट मेयरमा ताजुब लिम्बुले मनोनयन दर्ता गराएका छन् भने उपमेयरमा विनाकुमारी राईले उम्मेद्वारी दर्ता गराएकी छिन्। लिम्बु जसपा धरान कार्यसमितिको अध्यक्ष हुन् भने राई वरिष्ठ उपाध्यक्ष हुन्।वडाको भागवण्डामा असन्तुष्टि जनाउँदै जसपाले चुनावी गठबन्धनबाट अलग्गिएको थियो। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मात्र रहेको छ।
एमालेको वडाअध्यक्षले मेयरमा दिए उम्मेदवारी
२०७४ सालमा धरानको वडा नं ९ मा नेकपा एमालेबाट वडाअध्यक्ष जितेको रत्नबहादुर कटवालले मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन्। वडाअध्यक्षबाट आइतबार नै राजिनामा दिएका कटवालले सोमबार मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
जनताबाट तिरस्कृत भएका व्यक्तिलाई पार्टीले उम्मेद्वार बनाएको भन्दै उनले मेयरमा उम्मेदवारी दिएको बताए। उनले एमालेले मेयरमा मञ्जु भण्डारीलाई उठाउने निर्णयको विरोध जनाएका छन्। ‘जो जनताबाट बहिष्कृत छ, तिरस्कृत छ। जसलाई जनताले इच्छा गरेकै छैन। चाहेकै छैन, त्यस्तालाई पार्टीले उम्मेदवारी दिएपछि त्यस्ता व्यक्तिलाई उम्मेदवारी दिने पार्टीसँग वितृष्णा जागेको हो,’उनले भने।
कांग्रेस त्यागेर राप्रपाबाट वडाअध्यक्षमा उम्मेदवारी
धरानका २ जना वडाअध्यक्षले पद र पार्टी छोडेर राप्रपाबाट उम्मेद्वारी दिएका छन्। वडा नं १ का अध्यक्ष रोशन अधिकारीले आइतबार पदबाट राजिनामा दिएका थिए। उनलाई कांग्रेसले वडाअध्यक्षमा नउठाउने भएपछि सोमबार मनोनयन दर्ता गर्नुअघि कांग्रेस त्यागेर राप्रपाबाट मनोनयन दर्ता गराएका थिए।
यस्तै, वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले पनि टिकट नपाउने भएपछि कांग्रेस त्यागेर राप्रपाबाट वडाअध्यक्षमा मनोनयन दर्ता गराएका छन्।