गाउँ पुग्दै सभासद
३१ असार २०७२
•
७ मिनेट पाठ
गाउँ पुग्दै सभासद
काठमाडौं- नयाँ संविधानको पहिलो मस्यौदामा जनअभिमत लिन संविधानसभा सदस्य आजबाट जिल्ला–जिल्ला पुग्दैछन्। संविधानको पहिलो मस्यौदा समेटिएको विधेयक भने असार २४ गतेदेखि नै कर्मचारीले क्षेत्र र गाउँ तहसम्म पुर्याछइसकेका छन्। सभासद बजेट अधिवेशनका कारण अहिलेसम्म रोकिएका हुन्।'संविधानसभाका सदस्यहरु भोलि साउन १ देखि ७५ वटै जिल्लाका २ सय ४० निर्वाचन क्षेत्रमा जनताबाट रायसुझाव संकलनका लागि प्रस्थान गर्दै हुनुहुन्छ,' समितिकी सभापति प्रमिला राणाले भनिन्, 'उहाँहरु सम्बन्धित जिल्ला र क्षेत्रमा पुगेपछि संविधानको मस्यौदाको प्रचारप्रसार र सुझाव संकलनको कार्यले उचाइ लिनेछ।'




जिल्लाबाहेक संविधानसभा सचिवालयमा पनि संविधानको पहिलो मस्यौदामा सुझाव संकलन भइरहेको छ।

'सुझाव संकलनका लागि नेपाल राजपत्र ५ हजार प्रति, संविधानको मस्यौदा पुस्तकको रुपमा २ लाख प्रति, मस्यौदाको विशेषता एक लाख प्रति र मस्यौदाको पूर्ण अंश गोरखापत्र दैनिकमा २ लाख ५० हजार प्रति छपाइ गरी कुनै न कुनै किसिमको मस्यौदा केन्द्रदेखि गाविसस्तरसम्म पुर्यापउने काम भइरहेको छ,' राणाले भनिन्, 'अन्तर्त्रि्कयाका लागि सभासदहरु शुक्रबारदेखि नै तोकिएको क्षेत्रमा जानुहुन्छ।'

प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र उपाध्यक्ष ओनसरी घर्तीबाहेक सबै प्रत्यक्ष सभासदलाई आ–आफ्नै निर्वाचन क्षेत्र र समानुपातिकका लागि पनि त्यहीअनुसार रोजिएको क्षेत्र पठाइएको छ।

यद्यपि, सुझाव संकलन, प्रचारप्रसारको विरोधमा रहेका मधेसवादी चार दल र राप्रपा नेपालका सभासदको क्षेत्रमा भने कांग्रेस, एमाले र एमाओवादी सभासद पठाइँदैछन्।

जिल्लामा पुगेका कर्मचारीले अहिले प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको सहयोगमा मस्यौदा वितरण गरिरहेका छन्।

'असार २५ देखि प्रत्येक जिल्लामा दुई–दुई जना गरी १ सय ५० जना सचिवालय कर्मचारीले २ सय ४० निर्वाचन क्षेत्रमा मस्यौदा वितरण र प्रचारप्रसारका कामको समन्वय गरिरहनुभएको छ,' राणाले भनिन्, 'यस कार्यमा सचिवालयका कर्मचारीको समन्वयमा सम्बन्धित नगरपालिका/गाविस सचिवसमेत परिचालन गरिएको छ। यसका लागि प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीबाट समेत सहयोग प्राप्त भएको छ।'

केन्द्रीय तहमा सुझाव संकलनको अनुगमन र समन्वय गर्न संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईको नेतृत्वमा केन्द्रीय अनुगमन तथा समन्वय समिति रहेको छ र यसअन्तर्गत सचिवालयका सहसचिवहरुको नेतृत्वमा पाँच विकास क्षेत्र समेट्ने गरी अनुगमन टोलीसमेत बनाइएको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनाएको छ।

मस्यौदामाथि बिहीबारसम्म टेलिफोनमार्फत एक हजार ५०, वेबसाइटको इमेलमार्फत १ हजार ५ सय ६०, सचिवालयले उपलब्ध गराएको इमेलबाट १ हजार १ सय १०, फ्याक्सबाट २८ हुलाक र सोझै सचिवालयमा प्राप्त १६ वटा सुझाव सचिवालउमा उपलब्ध भइसकेको छ।

समितिका अनुसार विदेशबाट मात्र ५ सय ४३ सुझाव आएको समितिले जनाएको छ। नागरिकता, संविधानको प्रस्तावना, मौलिक हकमा समावेश गरिएका विषय पूरा गर्न सकिने /नसकिनेलगायत सुझाव आएको प्रतिवेदन लेखन उपसमितिका संयोजक प्रेम गिरीले जानकारी दिए।

उनका अनुसार एक निर्वाचन क्षेत्रमा दुई सभासद पठाइएको छ। नजिकका जिल्लामा जिप, बस, हवाईजहाज पुग्ने क्षेत्रमा हवाईजहाजको टिकट र टाढाका जिल्लामा हेलिकप्टरको व्यवस्था गरिएको छ। नजिकका जिल्लामा पनि हेलिकप्टर व्यवस्था गरिएको भन्दै आलोचना भएपछि सचिवालयले नागरिकको सुझाव संकलनका क्रममा गरिएको खर्चको विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

'आर्थिक सवालमा हामी पनि सचेत छौं,' गिरीले भने, 'जनप्रतिनिधिले जनताको घरदैलो जाँदा फजुल खर्च गर्दैन। काम सकिएपछि सबै खर्चको विवरण सार्वजनिक गर्छौं।'

अहिले विदेशमा रहेका नेपाली दूतावासमा पनि प्रचारप्रसार र सुझाव संकलन भइरहेको छ।

समितिका सदस्य राजीवविक्रम शाहले कतार, अमेरिका, क्यानाडा, कोरिया, थाइल्यान्ड, कलकत्ता, अस्टे्रलिया, कुवेतलगायत देशमा अन्तर्त्रि्कया भइरहेको जानकारी दिए। मंगलबारसम्म सबै देशबाट सुझाव आइसक्ने उनले जनाए।

समितिले प्राप्त सुझावलाई एकीकृत गरी प्रतिवेदनको तयारी थालिसकेको छ। संविधानमा समावेश गर्न सकिने, नसकिने र फरक खालका सुझावलाई छुट्ट्याइएको सचिवालयले जनाएको छ।

'अहिले गाविसमा सर्वपक्षीय बैठक भइरहेका छन्,' समितिका सदस्य गिरीले भने, 'सचिवले प्राप्त सुझावलाई लिपिबद्ध गर्ने काम गरिरहनुभएको छ। ४ र ५ गते प्राप्त सुझावलाई छोटकरीमा तयार पारेर त्यही दिन बेलुकासम्म संविधानसभा सचिवालयमा पठाइसकिनेछ। सोही आधारमा ६ गते प्रतिवेदन तयार गरिन्छ।'

संविधानको पहिलो विधेयकका धारामा आधारित रहेर प्राप्त सुझावलाई त्यहीअनुसार मिलाएर राखिएको उनले बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस