गठबन्धनबीच तालमेल नभएपछि छुट्टाछुट्टै उम्मेदवारी
१३ वैशाख २०७९
•
३ मिनेट पाठ
गठबन्धनबीच तालमेल नभएपछि छुट्टाछुट्टै उम्मेदवारी
कास्कीमा गठबन्धन दलहरुबीच तालमेल नभएपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्। कास्कीमा अन्तिम समयमा पदीय भागवण्डा नमिलेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी छुट्टाछुट्टै भएपनि उम्मेदवारी फिर्ताको समयसीमा भित्रमा तालमेलको सम्भावना बाँकी रहेकाले त्यसको प्रयास भइरहेको गठबन्धनका दलका नेताहरुले बताएका छन।




कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन्। अन्नपूर्णमा ८ वटा पार्टी र ३ स्वतन्त्रले उम्मेदवारी दर्ता गरेका हुन्। उक्त गाउँपालिकामा एमालेका विष्णुबहादुर केसी, कांग्रेसका युवराज कुँवर, नेकपा माओवादी केन्द्रका हरिमाया तिमिल्सिना अधिकारी, जसपाका नवराज पौडेल, नेकपा एकीकृत समाजवादीका तुलसी दाहाल, राप्रपाका पूर्णचन्द्र चुवाई, मंगोल नेसनल अर्गनाइजेसनका मनतोष घले, राप्रपा नेपालका दानबहादुर गुरुङ तथा स्वतन्त्रबाट भक्त गिरी, पशुपती भण्डारी र ईन्द्रबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ।

अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षका लागि ५ वटा पार्टीका ५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। उपाध्यक्षमा एमालेकी चन्द्रकला अधिकारी, कांग्रेसकी खिमकुमारी गुरुङ, माओवादी केन्द्रका धर्मबहादुर गुरुङ, नेकपा एसका नन्दकुमारी भण्डारी र राप्रपाका सीतादेवी भण्डारीले उम्मेदवारी दिएका छन।

्यस्तै, माछापुच्छ«े गाउँपालिकाको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन्। सो गाउँपालिकामा ४ दल र एक स्वतन्त्रले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन्। उम्मेदवारी दिनेमा एमालेका विक्रम गुरुङ, कांग्रेसका मीनबहादुर गुरुङ, राप्रपाका आशिष शाही, मंगोल नेसनल अर्गनाइजेसका डमराज मगर र स्वतन्त्र उम्मेदवार पानबहादुर जिसीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ।

माछापुच्छ«े गाउँपालिकाको उपाध्यक्षमा ६ वटा पार्टीका ४ महिलासहित ६ जनाले उम्मेदवारी दिएका छन् । माछापुच्छ«ेमा एमालेकी सीता तिवारी, कांग्रेसकी सीता अधिकारी, माओवादी केन्द्रकी प्रविणा अधिकारी, जसपाका जगतबहादुर गुरुङ, नेकपा एसका आसिम गुरुङ र राप्रपाकी राधा थापा मगरले उम्मेदवारी दिएका छन्।

कास्कीको उत्तरपूर्वी क्षेत्रमा रहेको मादी गाउँपालिकाको अध्यक्षमा ४ वटा पार्टीका १ महिलासहित ४ जनाले उम्मेदवारी दिएका छन्। मादीमा एमालेका शिवबहादुर गुरुङ (महेन्द्र), कांग्रेसका देवीजङ्ग गुरुङ, जसपाका बबिता आचार्य अधिकारी र राप्रपाका लिलामोहन कुईकेलले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ। यो पालिकामा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष पाउनेगरी तालमेल भएकाले अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छैन।

मादीको उपाध्यक्षमा ३ वटा पार्टीका २ महिलासहित ३ जनाले उम्मेदवारी दिएका छन्। मादीमा एमालेकी कल्पना गुरुङ, माओवादी केन्द्रका लालबहादुर गुरुङ र राप्रपाका सरला पौडेलले उम्मेदवारी दिएका छन् । यहाँ माओवादीका लालबहादुरलाई कांग्रेसको समर्थन छ। 

त्यस्तै, रुपा गाउँपालिकाको अध्यक्षमा ३ पार्टीका १ महिलासहित ३ जनाले उम्मेदवारी दिएका छन्। रुपामा एमालेका नवराज ओझा, कांग्रेसकी गीमाया गुरुङ र राष्ट्रिय जनमोचाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ।

रुपाको उपाध्यक्षमा ५ पार्टीका २ महिलासहित ५ जनाले उम्मेदवारी दिएका छन्। रुपमा एमालेकी लालसुबा गुरुङ, कांग्रेसका नारायणकुमार श्रेष्ठ, माओवादी केन्द्रका नवराज बराल, नेकपा एसका कपिल पौडेल र राष्ट्रिय जनमोर्चाकी शान्तीदेवी बोहोराले उम्मेदवारी दर्ता गरेका छन्। कास्कीको पोखरा महानगरपालिकामा भने मेयरका लागि २८ र उपमेयरका लागि ११ जनाले उम्मेदवारी दिएका छन्।
अर्को समाचार
कास्कीमा गठबन्धनबीच तालमेल नभएपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता
१३ वैशाख २०७९
•
३ मिनेट पाठ
कास्कीमा गठबन्धनबीच तालमेल नभएपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता
कास्कीमा गठबन्धन दलहरुबीच तालमेल नभएपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्। कास्कीमा अन्तिम समयमा पदीय भागबन्डा नमिलेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी छुट्टाछुट्टै भएपनि उम्मेदवारी फिर्ताको समयसीमा भित्रमा तालमेलको सम्भावना बाँकी रहेकाले त्यसको प्रयास भइरहेको गठबन्धनका दलका नेताहरुले बताएका छन्।




कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन्। अन्नपूर्णमा ८ वटा पार्टी र ३ स्वतन्त्रले उम्मेदवारी दर्ता गरेका हुन्। उक्त गाउँपालिकामा एमालेका विष्णुबहादुर केसी, कांग्रेसका युवराज कुँवर, नेकपा माओवादी केन्द्रका हरिमाया तिमिल्सिना अधिकारी, जसपाका नवराज पौडेल, नेकपा एकीकृत समाजवादीका तुलसी दाहाल, राप्रपाका पूर्णचन्द्र चुवाई, मंगोल नेसनल अर्गनाइजेसनका मनतोष घले, राप्रपा नेपालका दानबहादुर गुरुङ तथा स्वतन्त्रबाट भक्त गिरी, पशुपती भण्डारी र ईन्द्रबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ।

अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षका लागि ५ वटा पार्टीका ५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। उपाध्यक्षमा एमालेकी चन्द्रकला अधिकारी, कांग्रेसकी खिमकुमारी गुरुङ, माओवादी केन्द्रका धर्मबहादुर गुरुङ, नेकपा एसका नन्दकुमारी भण्डारी र राप्रपाका सीतादेवी भण्डारीले उम्मेदवारी दिएका छन्।

त्यस्तै, माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन्। सो गाउँपालिकामा ४ दल र एक स्वतन्त्रले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन्। उम्मेदवारी दिनेमा एमालेका विक्रम गुरुङ, कांग्रेसका मीनबहादुर गुरुङ, राप्रपाका आशिष शाही, मंगोल नेसनल अर्गनाइजेसका डमराज मगर र स्वतन्त्र उम्मेदवार पानबहादुर जिसीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ।

माछापुच्छ्रे गाउँपालिकाको उपाध्यक्षमा ६ वटा पार्टीका ४ महिलासहित ६ जनाले उम्मेदवारी दिएका छन्। माछापुच्छ्रेमा एमालेकी सीता तिवारी, कांग्रेसकी सीता अधिकारी, माओवादी केन्द्रकी प्रविणा अधिकारी, जसपाका जगतबहादुर गुरुङ, नेकपा एसका आसिम गुरुङ र राप्रपाकी राधा थापा मगरले उम्मेदवारी दिएका छन्।

कास्कीको उत्तरपूर्वी क्षेत्रमा रहेको मादी गाउँपालिकाको अध्यक्षमा ४ वटा पार्टीका १ महिलासहित ४ जनाले उम्मेदवारी दिएका छन्। मादीमा एमालेका शिवबहादुर गुरुङ (महेन्द्र), कांग्रेसका देवीजङ्ग गुरुङ, जसपाका बबिता आचार्य अधिकारी र राप्रपाका लिलामोहन कुईकेलले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ।। यो पालिकामा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष पाउनेगरी तालमेल भएकाले अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छैन।

मादीको उपाध्यक्षमा ३ वटा पार्टीका २ महिलासहित ३ जनाले उम्मेदवारी दिएका छन्। मादीमा एमालेकी कल्पना गुरुङ, माओवादी केन्द्रका लालबहादुर गुरुङ र राप्रपाका सरला पौडेलले उम्मेदवारी दिएका छन्। यहाँ माओवादीका लालबहादुरलाई कांग्रेसको समर्थन छ।

त्यस्तै, रुपा गाउँपालिकाको अध्यक्षमा ३ पार्टीका १ महिलासहित ३ जनाले उम्मेदवारी दिएका छन्। रुपामा एमालेका नवराज ओझा, कांग्रेसकी गीमाया गुरुङ र राष्ट्रिय जनमोचाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ।

रुपाको उपाध्यक्षमा ५ पार्टीका २ महिलासहित ५ जनाले उम्मेदवारी दिएका छन्। रुपमा एमालेकी लालसुबा गुरुङ, कांग्रेसका नारायणकुमार श्रेष्ठ, माओवादी केन्द्रका नवराज बराल, नेकपा एसका कपिल पौडेल र राष्ट्रिय जनमोर्चाकी शान्तीदेवी बोहोराले उम्मेदवारी दर्ता गरेका छन्।

कास्कीको पोखरा महानगरपालिकामा भने मेयरका लागि २८ र उपमेयरका लागि ११ जनाले उम्मेदवारी दिएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस