रुपन्देहीमा ८ सय ७ पदका लागि ४ हजार ९६२ को उम्मेदवारी
१३ वैशाख २०७९
•
३ मिनेट पाठ
रुपन्देहीमा ८ सय ७ पदका लागि ४ हजार ९६२ को उम्मेदवारी
रुपन्देहीका १६ वटा स्थानीय तहका लागि ४ हजार ९६२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वैशाख ३० को निर्वाचनबाट जिल्लामा कुल ८०७ जना जनप्रतिनिधि चयन हुनेछन्। ८०७ सिटका लागि ४ हजार ९६२  जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ। उम्मेदवारहरुको संख्या अत्यधिक भएपछि अधिकाँश निर्वाचन अधिकृतको कार्यालयहरुले मध्य रातमा बल्ल काम सकेका थिए।




रुपन्देहीमा एक उपमहानगरसहित ६ वटा नगरपालिका छन्। ६ जना नगरप्रमुखका लागि ९६ जनाको उम्मेदवारी परेको छ। उपमेयरका लागि ७३ जनाको उम्मेदवारी दिएका छन्। १० वटा गाउँपालिका अध्यक्षका  लागि १२० जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ९९ जनाले उम्मेदवारी दिएका छन् ।

१६ पालिकामा १ सय ५५ वडा छन्। प्रत्येक वडामा वडाध्यक्षसहित पाँच जना अर्थात कुल ७७५ जना चुनिने हुन्। त्यसका  लागि वडाध्यक्षमा १ हजार ११७ र वडा सदस्यमा ३ हजार ४५७ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ। ठूलादेखि साना र मधेसवादी दलहरुको समेत राम्रो उपस्थिती रहेको रुपन्देहीमा केहीले डमिका रुपमा पनि उम्मेदवारी दिएका छन्। मधेसवादी दलको प्रभाव रहेका पालिकाहरुमा उम्मेदवारहरु धेरै देखिएका छन्।  

१३ वटा वडा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्रै ५६६ जनाको उम्मेदवारी परेको छ।  १९ वटा वडा रहेको बुटवलमा ४७७ जनाको उम्मेदवारी परेको छ। बुटवलको मेयरका लागि १७ र उपमेयरका लागि १६ जनाले उम्मेदवारी दिएका छन्। १७ वडा रहेको तिलोत्तमामा ४६५ जनाको उम्मेदवारी परेको छ। यो नगरमा मेयरका लागि मात्रै १८ जनाले उम्मेदवारी दिएका छन्। यहाँ एउटै वडामा वडाध्यक्षका लागि १० जनाले उम्मेदवारी दिएका छन्।

देवदह नगरपालिकाको मेयरका लागि १७ जनाको उम्मेदवारी परेको छ। सम्मरीमाइ गाउँपालिकाको अध्यक्षका लागि १८ जनाको उम्मेदवारी परेको छ। पाँच दलीय गठबन्धन भनिएपनि अन्तिम समयमा आएर गठबन्धन तोडिँदा र गठबन्धन गरिएका भनिएका पालिकामा समेत वडास्तरमा आपसी विश्वास नहुँदा छुट्टा छुट्टै उम्मेदवारी दिइएको छ। दलहरुले केहीलाई डमिको रुपमा पनि प्रयोग गरेको पाइएको छ।  

रुपन्देहीमा कुल ६ लाख ३२ हजार ३६० मतदाता छन्। जसमा ३ लाख २३ हजार ७७८ जना पुरुष र ३ लाख ८ हजार ५७४ जना महिला छन्। अन्यमा ८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यसपाली रुपन्देहीमा १ लाख ९ हजार ७५८ जना नयाँ मतदाता थपिएको कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए। २०८ मतदान स्थलमा ७ सय केन्द्र तोकिएको छ।  

मुख्य प्रतिश्पर्धा काँग्रेस र एमालेबीच

जिल्लाका सबैजसो पालिकामा नेपाली काँग्रेस र एमालेबीच मुख्य प्रतिश्पर्धा हुने देखिएको छ। सोमबार सम्पन्न उम्मेदवारी दर्तामा बुटवल नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा नेपाली काँग्रेसका खेलराज पाण्डे र एमालेका बाबुराम भट्टराईले मनोनयन दर्ता गराएका छन्। उपमेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ र एमालेबाट सावित्रा अर्यालबीच प्रतिश्पर्धा हुने भएको छ। बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मृगेन्द्रकुमार शेरचन र उपमेयरमा भगवती पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।  

तिलोत्तमा नगरपालिकामा गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका रामकृष्ण खाण र एमालेबाट मोहन चापागाइँले उम्मेदवारी दिएका छन्। उपमेयरमा गठबन्धबाट एकीकृत माओवादीका हेमन्त पाण्डेले र एमालेबाट जगेश्वरी चौधरीले मनोनयन दर्ता गराएका हुन्। तिलोत्तमामा गठबन्धन मध्येको एउटा दल नेकपा समाजवादीले पनि मेयर र उपमेयरमा आफनो छुट्टै उम्मेदवारी दर्ता गराएको छ। सिद्धार्थनगरको मेयरमा काँग्रेसका इस्तियाक अहमद खानले उम्मेदवारी दिएका छन् भने एमालेबाट डा. रामप्रसाद बश्यालले उम्मेदवारी दिएका छन्। उपमेयरमा काँग्रेसका पल्लवी न्यौपाने र एमालेबाट उमा अधिकारीले उम्मेदवारी दिएका छन्। भैरहवामा राप्रपाले मेयरमा सागरप्रताप राणालाई र उपमेयरमा विनिता गुप्तालाई उठाएको छ।  

देवदह नगरपालिकाको मेयरमा काँग्रेसबाट हिराबहादुर खत्री र एमालेबाट ध्रुवप्रसाद खरेलले मनोनयन दर्ता गराएका छन्। उपमेयरमा काँग्रेसका सरीता चौधरी र एमालेबाट बिद्यालक्ष्मी गुरुङ उम्मेदवार छन्। सैनामैना नगरपालिकाको मेयरमा काँग्रेसका फणिन्द्र शर्मा र एमालेबाट चित्रबहादुर कार्कीले मेयरमा प्रतिश्पर्धा गर्दैछन्।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१३ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५९ सेकेन्ड अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस