'नाम मात्रको मगरात्त स्वायत्त प्रदेशको कुरा छोड्नुस'
०२ साउन २०७२
•
९ मिनेट पाठ
'नाम मात्रको मगरात्त स्वायत्त प्रदेशको कुरा छोड्नुस'
रोल्पा– आदिवासी जनजातिले देश व्यापी रुपमा पहिचान सहितको संघीयताको माग उठाई रहेका बेला नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का महासचिव पेम्बा भोटेले भने आदिवासी जनजातिलाई मगरात्त स्वायत्त प्रदेशको माग छोड्न आग्रह गरेका छन।नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा आदिवासी जनजातिको तर्फबाट दिनु पर्ने सुझावको विषयमा अभिमुखीकरण गर्न रोल्पा आई पुगेका भोटेले यस्तो आग्रह गरेका हुन। उनले अधिकार सहितको संघीयताको पक्षमा वकालत गर्न सहभागीलाई सुझाए। आदिवासी जनजाति जिल्ला समन्वय परिषद् रोल्पाले शनिबार सदरमुकाम लिबाङमा आयोजना गरेको कार्यक्रम महासचिव भोटे प्रमुख वक्ताको रुपमा उपस्थित थिए।




'अब नाम मात्रको मगरात्त स्वायत्त प्रदेशको कुरा छोड्नुस्। नाम मगरात्त राख्ने। संरचनामा गैर आदिवासी जनजातिको हालीमुली हुने पुरानै खाले मगरात्त स्वायत्त प्रदेश आदिवासी जनजातिलाई चाहिएको छैन,' महासचिव भोटेले भने, 'नाम त यो राप्ती अञ्चल भएकाले राप्ती प्रदेश राखे नि हुन्छ। तर यहाँका आदिवासी जनजातिको अधिकार सुनिश्चित हुनु पर्‍यो।'

यहाँका आदिवासी जनजातिले सार्वजनिक स्थलमा मगरात्त स्वायत्त प्रदेशको बोर्ड राख्ने तयारी गरेको महासचिव भोटेलाई जानकारी गराए। नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव नविन रोकामगरले असार अन्तिम साता जिल्लाका आदिवासी जनजातिलाई मगरात्त स्वायत्त प्रदेशको माग उचाल्न खुव हौसाएका थिए। मगर संघका महासचिव रोकामगर रोल्पाकै पूर्व माओवादी पनि हुन। उनी मगर संघमा अहिले पनि माओवादीका मुद्दा लिएर देश दौडाहा अभियानमा सक्रिय छन।

महासंघका महासचिव भोटेले जिल्लाका आदिवासी जनजातिलाई भावनामा बगेर अनावश्यक माग नउचाल्न सुझाव दिए। उनको सुझाव थियो 'अब पनि हामी भावनामा बगेर अरुको पछि पछि दौड्ने होइन। हामी खाली भावनामा बहकिएकै कारण अरुको सिपाही मात्र भयौं। यो देशको गतिलो नेता हुन सकेनौं।'

१० वर्षे सशस्त्र द्वन्द्व कालमा मगरात्त स्वायत्त प्रदेशको पछि दौडेका रोल्पाका मगरलाई महासंघका महासचिव भोटेले अब उक्त मागको पछि नदौड्न आग्रह गरे। जनजाति संगठनका अगुवाले जिल्लामा आएर आफ्नो पार्टी र व्यक्ति पिच्छे फरक मागको वकालत गर्न आग्रह गरे पछि यहाँ आदिवासी जनजाति थप अन्यौलमा परेका छन। माओवादीमा लागेर मगरात्त घोकेका जनजातिले पनि आफ्नो माग वास्तविक रुपमा सही हो कि होइन भनेर अझैं टुङ्गो लगाउन सकेका छैनन। मगरात्तको विपषयमा माओवादीको आफ्नै पार्टी भित्र पनि थरि थरिका बहस छन।

आदिवासी जनजातिले उठाएका मुद्दा राज्यले गलत भन्न पनि नसक्ने र पुरा गर्न पनि नसक्ने स्थितिमा अहिले राज्य रहेको भोटेले औल्याए। उनले जिल्लाका आदिवासी जनजातिलाई आदिवासी जनजाति सभासद्ले संविधान सभामा राखेको ५३ बुद्धे फरक मतको विषयमा सके जति वकालत गर्न र त्यसमै केन्द्रित भएर संविधान मस्यौदामा सुझाव दिन आग्रह गरे। उनको आग्रह थियो ...संविधानको मस्यौदामा आदिवासी जनजातिको माग जति सकिन्छ जिल्लाबाट लिखित र मौखिक रुपमा हस्ताक्षर सहित बुझाउनुस्। महासंघको तर्फबाट केन्द्रमा हामी खबरदारी गर्छौ। अहिले हामीसँग राज्यलाई दबाव दिनु बाहेक अर्को विकल्प छैन।'

अहिलेको संविधान सभा अन्तरिम संविधान भन्दा पनि पछाडि फर्केको संविधान सभाका सभासद् समेत रहेका भोटेले आरोप लगाए। संविधानसभामा नेकपा एमालेको तर्फबाट मनोनित सभासद् भोटेले आफूलाई एमालेको आदिवासी जनजाति नीति पटक्कै मन नपरेको गुनासो गरे। उनको गुनासो थियो 'म एमाले कार्यकर्ता हुँ। तर मलाई एमालेको आदिवासी जनजाति नीति मन परेको छैन। अबको संविधानमा आदिवासी जनजातिको माग सम्बोधन नभए म त्यो संविधान पारित गर्ने पक्षमा सही नै गर्दिन।'

संविधान सभाका १ सय ९१ आदिवासी जनजाति सभासद् नराम्ररी दलको चेपुवामा परेको भोटेले स्विकार गरे। पार्टीका सभासद् आफूले खाईपाई आएको सुविधा र पद खोसिने डरले जातीय मुद्दामा एक हुन नसकेको उनले ठोकुवा गरे। आदिवासी जनजातिका अगुवा भनाउँदा ढिलो चाँडो जातीय मुक्तिको मुद्दामा एकजुट हुनुको विकल्प नरहेको पनि महासचिव भोटेले औल्याए।

आदिवासी जनजाति महासंघ स्थापना भएको २४ वर्ष पुरा भई सके पनि महासंघले आदिवासी जनजातिको गतिलो नेतृत्व गर्न नसकेको महासचिव भोटेले आफैंले स्विकार गरे। उनले महासंघ संस्था दर्ता ऐन २०३४ अनुसार स्थापना भए पनि आदिवासी जनजातिको राजनीतिक मुद्दा उठाई रहेको भन्दै आफ्नो बचाउ पनि गर्न भ्याए। उनले अबको संविधानको मौलिक हकमा आदिवासी जनजाति उल्लेख हुने सम्भावना रहेको तर्फ संकट गरे।

जिल्लाका आदिवासी जनजाति संगठनका अगुवाले आदिवासी जनजाति महासंघले आदिवासी जनजातिको लागि ठोस नीति तथा कार्यक्रम लिएर अगाडि बढ्नु पर्ने माग गरे। आदिवासी जनजातिका नेतृत्व एक हुन नसकेको, राजनीतिक दलको चंगुलमा फसेर आफ्नो मुद्दा नै भुल्दै गएकोमा जिल्लाका जनजातिले चिन्तासँगै आक्रोश व्यक्त गरे।

एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले अबको संविधानमा जनजातिको माग सम्बोधन नभए ओन्दोलनमा उत्रिनु पर्ने बताए। उनले भने 'हाम्रा मागको सम्बोधन नभए हामीलाई आन्दोलन गर्न कुनै आइतबार पर्खिनु पर्दैन। हामी त विगत देखि नै लड्दै आएका छन। अधिकार सुनिश्चित नभए फेरी पनि लड्छौं। खाली कसरी लड्ने भन्ने लडाईको बाटो मात्र फरक हो।'

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका प्रतिनिधि रामधन पुनमगरले आदिवासी जनजाति महासंघ एनजीओको रुपमा नभई राजनीतिक शक्तिको रुपमा अघि बढ्नु पर्ने बताए। त्यस्तै नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रतिनिधि एनार्जन घर्तीमगरले संविधानको मस्यौदा लिएर गाउँ पुग्ने सभासद्लाई गाउँ छिर्न चेटावनी दिए। उनले भने 'संविधानको मस्यौदा लिएर गाउँ जानेलाई सुझाव होईन। टाउको टुटुलका बनाएर पठाई दिने भन्ने पार्टी केन्द्रको सर्कुलर छ। पार्टी केन्द्रको सर्कुलर कार्यान्वयन गर्न हामी त तम्तयार भएर बसेका छौं।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस