१० लाख किलो अखाद्य दाल फिर्ता
०२ साउन २०७२
•
१० मिनेट पाठ
१० लाख किलो अखाद्य दाल फिर्ता
काठमाडौं- संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले भूकम्प पीडितका लागि बाँड्न भारतबाट आपूर्ति गरी नेपालगन्ज ल्याइसकिएको १० लाख केजी (हजार मेटि्रक टन) पहेंलो केराउको दाल गुणस्तरहीन भन्दै फिर्ता पठाएको छ।

डब्लुएफपीले दाल आपूर्तिकर्तासँग सम्झौता तोड्दै अर्काे कम्पनीसँग थप दालसमेत मगाएको छ।

'नेपालगन्ज ल्याइएको पहेंलो केराउको दाल विश्व खाद्य कार्यक्रमको गुणस्तरअनुरुप नरहेको पाइयो। समस्या पहिचान हुनासाथ डब्लुएफपीले आपूर्तिकर्तासँगको सम्झौता रद्द गरी फिर्ता पठाएको छ, कुनै पनि खाद्यान्न वितरण गरेको छैन,' भन्सार विभाग उच्च स्रोतले नागरिकलाई भन्यो, 'अर्को आपूर्तिकर्ताबाट थप दाल मगाएको छ।'

स्रोतका अनुसार टर्कीको 'अर्बेल ब्याकलियत हुबुब्याट सनायी भी टी' नामक कम्पनीले पठाएको १० लाख केजी दाल निर्धारित गुणस्तरअनुरुपको नभेटिएपछि डब्लुएफपीले उक्त दाल फिर्ता गर्दै अर्बेलसँगको सम्झौता रद्द गरेको हो।

अर्बेलले भारतस्थित 'अलाइन्स ग्रेन टे्रडर्स, इन्डिया प्रालि' बाट उक्त परिमाणको दाल खरिद गरी भूकम्प पीडितलाई बाँड्न नेपाल ल्याएको थियो। नेपालगन्ज नाकाबाट नेपाल ल्याइएको दालको गुणस्तर जाँच गर्दा डब्लुएफपीको मापदण्डसँग गुणस्तरहीन भेटिएको थियो।

अर्बेलले नेपाललगायत गाम्बिया, गुयना, पाकिस्तान र डिजीबौटी देशमा पहेंलो केराउको दाल आपूर्ति गर्न डब्लुएफपीको २१ लाख २८ हजार ३ सय अमेरिकी डलर (करिब २१ करोड २८ लाख ३० हजार रुपैयाँ) को टेन्डर प्राप्त गरेको थियो। सोहीअनुसार विश्वव्यापी सञ्जाल भएको उसको अन्तर्राष्ट्रिय पार्टनर अलाइन्स ग्रेन टे्रडर्समार्फत पहेंलो केराउको दाल नेपाललाई उपलब्ध गराएको थियो।

अर्बेलले भारतमा रहेको अलाइन्स ग्रेन टे्रडर्समार्फत नेपालमा पहेंलो केराउको दाल पठाएको थियो। भन्सार विभागको तथ्यांकअनुसार भारतमा रहेको अलाइन्स ग्रेन टे्रडर्सले कार्यालयले जेठ ६ गतेबाट नेपालमा पहेंलो केराउको दाल भिœयाउन सुरु गरेको हो। उसले ८ खेपमा ३ करोड २४ लाख ७३ हजार ९ सय ३० रुपैयाँ बराबरको १० लाख केजी पहेंलो केराउको दाल नेपालगन्ज नाकाबाट नेपाल भित्राएको थियो।

अलाइन्स ग्रेन टे्रडर्सले पहिलो खेप जेठ ६ गते १ लाख २८ हजार २ सय ५० केजी पहेलो केराउको दाल भिœयाएको देखिन्छ, जसको मूल्य भन्सारमा ४३ लाख ९२ हजार ५ सय ६० रुपैयाँ उल्लेख छ। जेठ ७ गते ३४ लाख ४९ हजार ४० रुपैयाँमा उसले १ लाख ७ सय २ केजी पहेलो केराउको दाल नेपालगन्ज ल्याएको थियो। थप १ लाख ९१ हजार ४ सय ४२ केजी दाल जेठ ८ गते नेपालगन्ज आईपुगेको थियो, यसको मूल्य ६५ लाख ५६ हजार ८ सय ९० रुपैयाँ जनाइएको छ।

अलाइन्स ग्रेन टे्रडर्सले २३ लाख ६३ हजार २ सय ५० रुपैयाँ बराबरको जेठ ९ गते ६९ हजार केजी दाल नेपाल ल्याएको थियो। यस्तै, जेठ १० गते ६६ लाख १० हजार २ सय ५० रुपैयाँमा १ लाख ९३ हजार केजी दाल नेपाल आइपुगेको थियो। जेठ ११ गते १ लाख ९८ हजार केजी दाल अलाईन्स ग्रेन टे्रडर्सलेले नेपालगन्जमा डब्लुएफपीलाई बुझाएको थियो, जसको मूल्य भन्सारमा ६७ लाख ८१ हजार ५ सय रुपैयाँ टिपाइएको छ।

जेठ १२ गते पनि अलाइन्स ग्रेन टे्रडर्सले ४७ हजार ७ सय ५० केजी दाल नेपाल भित्राएको थियो। यसको मूल्य १६ लाख ३५ हजार ४ सय ४० रुपैयाँ उल्लेख छ। अलाइन्स ग्रेन टे्रडर्सले अन्तिम खेप जेठ १४ गते ६ लाख ८५ हजार रुपैयाँमा २० हजार केजी दाल नेपालगन्ज ल्याई डब्लुएफपीलाई बुझाएको थियो। सबै दाल निर्धारित गुणस्तरसँग मेल नखाएपछि सबै फिर्ता गरिएको हो।

गुणस्तरहीन केराउको दाल फिर्ता गरी आपूर्तिकर्तासँगको सम्झौता रद्द गरेको डब्लुएफपी नेपालका सञ्चार अधिकृत रामजी दाहालले पुष्टि गरे। उनले उक्त कम्पनीको नाम गोप्य राख्दै भने, 'डब्लुएफपीले मगाएको वस्तु नेपाल प्रवेश गर्नेबित्तिकै त्यसको गुणस्तर जाँच हुन्छ। यसै क्रममा पहेंलो केराउको दाल डब्लुएफपीको गुणस्तरअनुरुप नभएकाले फिर्ता गरी आपूर्तिकर्तासँग सम्झौता रद्द गरेको हो।'

कस–कसले भित्र्याए खाद्यान्न?
डब्लुएफपीले सन् २०१५ मा नेपालमा खाद्य सामग्री आपूर्ति गर्न टेन्डर आह्वान गर्दा ४ वटा अन्तर्राष्ट्रिय आपूर्तिकर्ता छनोट भएका थिए। जसमा अर्बेल ब्याकलियत हुबुब्याट सनायी भी टी, पिरामल इन्टरप्राइजेज लिमिटेड, विलमर र मर्सिन अन सनायी भी टिकारेट लिमिटेड स्टी रहेका छन्।

नेपालका लागि अन्तर्राष्ट्रिय टेन्डर पारेका पिरामल इन्टरप्राइजेज लिमिटेड, विलमर र मर्सिन अन सनायी भी टिकारेट लिमिटेड स्टीले नेपालमा विभिन्न खाद्य सामग्री उपलब्ध गराइरहेका छन्। पिरामल इन्टरप्राइजेज लिमिटेडले नेपालमा 'माइक्रोन्युट्रेन्ट पाउडर' पठाउन ८ हजार ७ सय ३५ अमेरिकी डलर (करिब ९ लाख रुपैयाँ) को टेन्डर पारेको थियो। विलमरले पनि नेपालमा 'पालमोलिन ओयल' पठाउन दुइटा टेन्डर पाएको थियो।

विलमरले पहिलो टेन्डर २० लाख २६ हजार ९ सय ३४ अमेरिकी डलर (करिब २० करोड २६ लाख ९३ हजार ४ सय रुपैयाँ) बराबरको प्राप्त गरेको थियो जसअनुसार उसले पालमोलिन ओयल नेपाल, अफगानिस्तान र डिजाीबौटीमा पुर्याँउनु पर्ने हुन्छ। यस्तै विलमरले अर्को टेन्डर ८२ लाख २ हजार १ सय ८४ अमेरिकी डलर (करिब ८२ लाख २ लाख १८ हजार ४ सय रुपैयाँ) प्राप्त गरेको देखिन्छ, जसअनुसार विलमरले उक्त रकम बराबरको पालमोलिन ओयल नेपाल, यमन, केन्या, माडागास्कर, पाकिस्तान, अफगानिस्तान र गाम्बिया पुर्यामउनुपर्नेछ।

मर्सिन अन सनायी भी टिकारेट लिमिटेड स्टीले पनि नेपाल र बंगलादेशमा अनाज पुर्यापउने दुइटा टेन्डर पाएको देखिन्छ। दुई टेन्डरअनुसार मर्सिनले १ लाख २४ हजार ३ सय २५ अमेरिकी डलर (करिब १ करोड २४ लाख ३२ हजार ५ सय ९० रुपैयाँ) बराबरको अनाज नेपाल र बंगलादेश पुर्या२उनुपर्नेछ।

यस्तै, १३ नेपाली आपूर्तिकर्ताले पनि डब्लुएफपीको खाद्य सामग्री नेपालमा आपूर्ति गर्ने जिम्मेवारी पाएका छन्। डब्लुएफपीको टेन्डर पाउने नेपाली आपूर्तिकर्तामा दुगड ब्रदर्स कन्सर्न, श्री शिवम आधुनिक चामल उद्योग, हिमालयन इन्डस्ट्री प्रालि, पूजा राइस मिल, श्यामबाबा इन्टरप्राइजेज, मंगलम राइस मिल, श्यामबाबा राइस एन्ड मिल, रश्मि ट्रेड, नेपाल फुड प्रोडक्ट/अवस्थी ग्रुप, श्री कृष्ण दाल, स्वस्तिक ओयल इन्डस्ट्री र इन्स्ट्यान्ट मिल प्रालि, सिसिटिआई रहेका छन्।

नेपालमा चामल आपूर्ति गर्न एक भारतीय आपूर्तिकर्ताले पनि टेन्डर पारेको छ। स्टेट ट्रेड कर्पोरेसन अफ इन्डियाले नेपालमा चामल आपूर्ति गर्ने जिम्मेवारी पाएको हो। भन्सार विभागको तथ्यांकअनुसार उक्त निकायले वैशाख ३१ गतेदेखि जेठ २० गतेसम्म २० खेपमा ४८ लाख १० हजार केजी चामल नेपालको भूकम्प पीडितका लागि आपूर्ति गरेको देखिन्छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस