'सुझाव दिने समय थोरै भो'
०२ साउन २०७२
•
७ मिनेट पाठ
'सुझाव दिने समय थोरै भो'
पर्वत- संविधानसभा सचिवालयका कर्मचारी जिल्ला आएको एक सातापछि मात्रै हुवासका शोभाकान्त रिजालले संविधानको मस्यौदा पाए। नयाँ संविधानका लागि सुझाव दिने समय केही दिन मात्र बाँकी छ। 'संविधानको मस्यौदा कुनै उपन्यास हो र सरर पढेर सक्ने?' उनले नागरिकसँग भने, 'सुझाव दिने समय नै थोरै भयो।'




स्थानीय जनसेवा संस्कृत उच्च माविका प्रधानाध्यापकसमेत रहेका रिजालले मस्यौदा सरल भाषामा नलेखिएकाले पढ्न र बुझ्न पनि समय लाग्ने बताए। 'साधारण जनताले मस्यौदा पढेर छोटो समयमा सुझाव दिन सक्दैनन्,' उनले भने।

सरौखोला–९ का केशवप्रसाद भण्डारीले पनि संविधानको मस्यौदामा सुझाव दिने समय पर्याप्त नभएको बताए। 'मस्यौदामा फरक–फरक अर्थ लाग्ने शब्द धेरै छन्,' उनले भने, 'संविधान सबैले बुझ्ने खालको हुनुपर्छ।'

प्रारम्भिक मस्यौदामा सुझाव दिएर पनि कार्यान्वयन हुनेमा पर्वतबासीले शंका गरेका छन्। 'सभासदहरू जनताको रायसुझाव लिन आउनुभएको छ, यो राम्रो पक्ष हो, तर हामीले पठाएका सुझाव संविधानमा समेटिने कुरामा हामीलाई शंका छ,' दलित साझा मञ्च पर्वतका अध्यक्ष यामबहादुर बिकले पर्वत–२ का सभासद विकास लम्साल समक्ष भने, 'संविधानमा के लेख्ने भनेर नेताहरूको दिमागमा भरिइसकेको छ, यो सबै औपचारिकता मात्रै हो।'

नगरपालिका र गाउँ विकास समितिमार्फत जनतासमक्ष संविधानको मस्यौदा पुर्या्एर १५ दिनभित्रमा सुझाव संकलन गर्ने भनिए पनि तोकिएको समयमध्ये आठ दिन बितिसक्दा काम सुस्त भइरहेको स्थानीयले बताएका छन्।

कुश्मा नगरपालिका–८ का गुरुप्रसाद उपाध्यायले आठ प्रदेश मुलुकले थेग्न सक्दैन भन्दाभन्दै पनि दलहरूले जबर्जस्ती मस्यौदामा राखेको भन्दै असन्तुष्टि जनाए। 'आठ प्रदेशमा हामी सन्तुष्ट छैनांै, के सभासदहरूले हाम्रो असन्तुष्टिलाई सम्मान गरेर प्रदेशको संख्या घटाउन सक्नुहुन्छ?' उपाध्यायले भने।

यस्तै, ह्विलचेयरको सहारामा हिँड्ने ६४ वर्षीय शुक्रराज ढुंगाना पनि संविधानको मस्यौदाप्रति सन्तुष्ट छैनन्। 'अपांगता भएका व्यक्तिलाई मौलिक हकमै शिक्षा र रोजगारीको ग्यारेन्टी उल्लेख गर्नुपर्ने थियो,' उनले भने, 'अपांगता भएका व्यक्तिलाई शिक्षा र रोजगारीको ग्यारेन्टी गर्ने राज्यको दायित्व हो।' उनले अपांगता भएका व्यक्तिका अगाडि धेरै आश्वासन दिने गरे पनि अधिकार दिलाउने कुरामा सभासद असफल भएको बताए।

'संविधानको मस्यौदामा मौलिक हकअन्तर्गत अपांगता भएका व्यक्तिलाई शिक्षा र रोजगारी दिने कुरा नसमेटिँदा हामी दुःखी छौं,' सुझाव संकलनमा आएका पर्वत–२ का सभासद विकास लम्सालसमक्ष ढुंगानाले भने। उनले सभासद लम्साललाई छुटेका कुरा संविधानमा थप गर्न सुझाव दिए।

सभासद लम्सालले जनताको सुझाव संविधानमा समेटिनेमा ढुक्क हुन आग्रह गरे। 'पहिलो संविधानसभाले लाखौं जनताबाट संकलित सुझावका आधारमा अहिलेको मस्यौदा आएको हो,' उनले भने, 'प्रत्येक सुझाव संविधानका अंग हुन्। जनताका सुझावलाई नयाँ संविधानमा समावेश गरिनेछ।' उनले संविधानमा जति बढी जनताको सुझाव समेट्यो, त्यति संविधान दिगो बन्ने बताए।

नेपाल बार एसोसिएसन पर्वतका अध्यक्ष दिलीप पौडेलले भने संविधानको मस्यौदा नियमावलीजस्तो भएको बताए। 'संविधान दर्शनमा आधारित हुनुपर्छ,' उनले भने, 'अहिलेको मस्यौदा संविधानको नियमावलीजस्तो छ।'

उनले संविधानमा स्थानीय निकाय यसरी गठन गरिनेछ, सम्पत्तिको अधिकार यस्तो हुनेछ भनेर कुनै देशको संविधानमा पनि उल्लेख नहुने बताए। 'संविधान बनेपछि ती विषय उल्लेख गरेर छुट्टै निर्देशिका बनाइन्छ,' पौडेलले भने।

अहिलेको मस्यौदा राजनीतिक दलहरूबीचको सहमतिको दस्तावेज मात्र भएको बताए।

गुप्तेश्वर बहुमुखी क्याम्पस राजनीतिशास्त्रका प्राध्यापक यादवप्रसाद पौडेलले मस्यौदा अनावश्यक भाषाले जेलिएको बताए। 'जनताले बुझ्नै सक्दैनन्, अनि कसरी सुझाव दिन सक्छन्,' उनले भने, 'कतिपय विषयले अपव्याख्या गर्ने अवसर दिएको छ।'

सभासद बाटोमै रोकिए
प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलन गर्न खटिएको सभासद विकास लम्सालसहितको टोली शनिबार बीचबाटोमै रोकिएको छ।

पर्वतका ग्रामीण सडक वर्षाले अवरुद्ध भएपछि कास्की र स्याङ्जा हँुदै पर्वतको दक्षिणी रानीपानी गाविसमा जाने क्रममा स्याङ्जाको कालिकाकोट–२, डुम्रेभञ्जाङमा पहिरोले टोलीलाई रोकेको हो।

सभासद लम्सालले पर्वतको रानीपानीमा शनिबार दिउँसो ३ बजेका लागि वरपरका आधा दर्जन गाविसका बासिन्दालाई मस्यौदामाथि सुझाव दिन बोलाएका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस