गठबन्धनले कैलालीका १३ पालिकामा आफ्ना आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गरेको छ। केही पालिकाहरुमा एउटै पदमा गठबन्धनमा आवद्ध दलहरुबाटै धेरै व्यक्तिहरुले उम्मेदवारी दर्ता गरेपछि आज संयुक्त विज्ञप्ती जारी गरेर आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गरेको हो।
गठबन्धनबाटै मेयरमा पाँच जनाको उम्मेदवारी दर्ता भएको कैलालीको लम्कीचुहा नगरपालिकामा नेपाली काँग्रेसकी सुशीला शाही मेयर र माओवादी केन्द्रकी जानकी सिँह उपमेयरको उम्मेदवार रहेको विज्ञप्तीमा उल्लेख छ। जहाँ काँग्रेसकै भक्तबहादुर थापाका साथै माओवादी केन्द्रका लोकराज ढकाल र धिरेन्द्र रावल तथा एकिकृत समाजवादीका बखतबहादुर बिष्टले समेत मेयरमा उम्मेदवारी दर्ता गरेका छन।
गठबन्धन मध्येका मुख्य तीन दलले जारी गरेको विज्ञप्तीमा अन्य पालिकाहरुमा समेत पार्टीको नाम जोडेर वा स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गरेका व्यक्तिहरुलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेको छ। सो विज्ञप्तीमा गठबन्धनले सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा काँग्रेसबाट नृप ओड र उपमेयरमा माओवादी केन्द्रबाट शान्ती अधिकारी क्षेत्रीलाई अघि सारेको छ। ओड यसअघि समेत मेयर रहेका थिए।
त्यस्तै गोदावरी नगरपालिकामा मेयर काँग्रेसका बिरेन्द्र भट्ट र उपमेयर एकिकृत समाजवादीका रत्ना कडायत, घोडाघोडी नगरपालिकामा मेयरमा एकिकृत समाजवादीका खडक रावत र उपमेयरमा काँग्रेसका गुलियादेवी चौधरीलाई अघि सारेको छ।
टीकापुर नगरपालिकामा मेयरमा काँग्रेसका नवराज रावल र उपमेयरमा माओवादी केन्द्रका खडक शाह, भजनी नगरपालिकामा मेयरमा माओवादी केन्द्रका शेरबहादुर चौधरी र उपमेयरमा काँग्रेसका गोकेन्द्र भण्डारी र गौरीगँगा नगरपालिकामा मेयरमा माओवादी केन्द्रका देविदत्त कँडेल र उपमेयरमा काँग्रेसका भोजबहादुर बम रहेका छन्।
गठबन्धनले ६ वटा गाउँपालिका मध्ये चुरेमा अध्यक्ष एकिकृत समाजवादीका लोकबहादुर सारुमगर र उपाध्यक्ष काँग्रेसका धना थापा, जानकीमा अध्यक्ष काँग्रेसका परशुराम महतो कठरीया र उपाध्यक्ष माओवादी केन्द्रका जयप्रकाश दहित, जोशीपुरमा अध्यक्ष काँग्रेसका बंशराम कठरीया र उपाध्यक्षमा माओवादी केन्द्रका दीर्घ बिनाडीलाई अघि सारेको छ।
त्यस्तै कैलारीमा अध्यक्ष माओवादी केन्द्रका लाजुराम चौधरी र उपाध्यक्ष काँग्रेसका भगवतीकुमारी चौधरी, मोहन्यालमा अध्यक्ष माओवादी केन्द्रका देविदत्त उपाध्याय र उपाध्यक्ष काँग्रेसका कमलबहादुर साउँद र बर्दगोरीयामा अध्यक्ष काँग्रेसका शेरबहादुर कठरीया र उपाध्यक्ष माओवादी केन्द्रका गणेश गिरीलाई अघि सारेको विज्ञप्तीमा उल्लेख गरिएको छ। विज्ञप्तीमा राष्ट्रिय जनमोर्चा नेपाल र जनता समाजवादी पार्टीसँग वडा तहमा मित्रवत चुनावी तालमेल गर्ने उल्लेख छ।
सो विज्ञप्तीमा नेपाली काँग्रेस कैलालीका सभापति नारायण भट्ट, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य दीर्घ सोडारीले हस्ताक्षर गरेका छन्।
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।
महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे।
महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'
उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ।
बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।
कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।
यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...