काठमाडौं- संविधानको प्रारम्भिक मस्यौदामा मुलुकभर सर्वसाधारणले सोमबार आफ्नो सुझाव दिँदैछन्। २ सय ४० वटै निर्वाचन क्षेत्रमा पायक पर्ने स्थानमा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा प्रत्यक्ष सहभागी भएर उनीहरूले सुझाव दिन सक्नेछन्।सुझाव संकलनका लागि सभासद र कर्मचारीको टोली प्रत्येक क्षेत्रमा पुगिसकेका छन्। केही सभासद बिहान आफ्नो क्षेत्र पुग्दैछन्।
सुझाव संकलनलाई सरकारले राष्ट्रिय अभियानकै रूपमा अघि बढाएको छ। संविधानको मस्यौदामा सर्वसाधारणलाई सुझाव दिन सहज होस् भनेर सरकारले दुईदिन बिदा घोषणासमेत गरेको छ।
अन्तर्क्रिया हुने स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। 'अप्रिय घटना नहोस् भनेर सरकारले सुरक्षा व्यवस्था पनि कडा पारेको छ,' स्रोतले भन्यो, 'केही राजनीतिक दल मस्यौदामाथिको सुझाव संकलनको विरोधमा रहेकाले सुरक्षा चुनौती देखिएको छ।'
ठूला क्षेत्रमा भने दुई/तीन स्थानमा सुझाव संकलन हुँदैछ। काठमाडौं, ललितपुर, भक्तपुर सहित प्रमुख सहरमा एउटै क्षेत्रमा पनि धेरै ठाउँमा सुझाव संकलन गर्न लागिएको सचिवालयले जनाएको छ। सोमबार सुझाव संकलनको काम नसकिए मंगलबार पनि हुनेछ।
सुझाव संकलनका लागि केही शीर्ष नेता बिहान आफ्नो निर्वाचन क्षेत्रमा पुग्दैछन्। वेबसाइट, इमेल, टोल फ्री नम्बर, फ्याक्समार्फत पनि उत्साहजनक रूपमा सुझाव प्राप्त भइरहेको संविधानसभा सचिवालयले जनाएको छ।
'भोलि (सोमबार) ७५ वटै जिल्लाका २ सय ४० वटै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा सुझाव संकलन हुँदैछ,' नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सचिव एवं संविधानसभा सचिवालयका प्रवक्ता डा. भरत गौतमले नागरिकसँग भने, 'त्यसको सम्पूर्ण तयारी पूरा भइसकेको छ।'
प्रत्येक निर्वाचन क्षेत्रमा सोही क्षेत्रबाट निर्वाचित सभासद पुगिसकेका छन्। सोही क्षेत्रका सभासद पुग्न नसकेको ठाउँमा समानुपातिकतर्फका सभासद पठाइएको छ।
प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री वामदेव गौतमबाहेक सबैजसो नेता सुझाव संकलनका लागि आफ्नो क्षेत्रमा पुग्नेछन्।
'मस्यौदा प्रचारप्रसारको काम लगभग सकिएको छ,' गौतमले भने, 'मस्यौदा प्रत्येक घर र व्यक्तिकहाँ पुर्याोउन नसके पनि वडा तहसम्म पुर्यासएका छौं। घर–घरमा पुर्यामउन वर्षा र समय अभावले सकिएन।'
सचिवालयले संविधानको मस्यौदा २ लाख ३० हजार प्रति छापेको थियो भने २ लाख ५० हजार प्रति गोरखापत्रमा छापिएको थियो। यस्तै, ५ हजारप्रति राजपत्रमा प्रकाशित गरिएको गौतमले जानकारी दिए। वेबसाइटमा पनि संविधानको मस्यौदा राखिएको छ।
१० दिनअघि नै संविधानको मस्यौदा लिएर संविधानसभा सचिवालयका कर्मचारी क्षेत्रमा पुगिसकेका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको सहयोगमा मस्यौदा गाउँ–गाउँमा पुर्यााइसकेको सचिवालयले जनाएको छ।
वेबसाइट, इमेल, टोल फ्री नम्बर, फ्याक्समार्फत मात्र अहिलेसम्म करिब १३ हजार सुझाव प्राप्त भएका छन्।
वेबसाइटबाट मात्र ५ हजारभन्दा बढी सुझाव प्राप्त भएको कम्प्युटर अधिकृत प्रदीप नेपालले जानकारी दिए। यस्तै, टोल फ्री नम्बरबाट करिब चार हजार र इमेलबाट पनि ४ हजारजति सुझाव प्राप्त भएका छन्। सर्वसाधारणले चौबीसै घन्टा इमेल, वेबसाइट, फोन र फ्याक्समार्फत सुझाव दिन सक्नेछन्।
सुझावहरूलाई संविधानको मस्यौदासँग सहमति, असहमति र सुझाव भनेर उल्लेख गर्दै छुट्ट्याउने काम भइरहेको छ। 'हाम्रो काम अभिलेखीकरण गर्ने हो,' सचिवालयका प्रवक्ता गौतमले भने, 'प्रतिवेदन लेखन उपसमितिले सुझावलाई समेटेर प्रतिवेदन तयार पार्नेछ। त्यही प्रतिवेदन समितिबाट पारित भएपछि संविधानसभामा पेस गरिनेछ।'
सोमबार दिनभर भएको सुझाव संकलनको रिपोर्ट बेलुका नै संविधानसभा सचिवालयमा पठाउने व्यवस्था गरिएको छ। 'सुझाव संकलनमा खटिएका कर्मचारीबाट इमेल, फ्याक्स र फोनमार्फत भोलि (सोमबार) नै सुझाव प्राप्त गरिसक्छौं,' सचिवालयका प्रवक्ता गौतमले भने, 'दुई दिनभित्र प्रतिवेदन तयार गरिसक्नुपर्नेछ।'
काठमाडौं र ललितपुरमा कहाँ कहाँ सुझाव संकलन?
काठमाडौं र ललितपुरमा भने एउटै निर्वाचन क्षेत्रको धेरै स्थानमा सुझाव संकलन गरिँदैछ।
क्षेत्र नम्बर १ को दशरथ रंगशाला कवर्ड हल, विजय स्मारक स्कुल डिल्लीबजार (सोमबार), बानेश्वर ब्यांक्वेट थापागाउँ, भिएस निकेतन स्कुल, आलोकनगरमा (मंगलबार) पुगेर सुझाव दिन सकिनेछ।
त्यसैगरी क्षेत्र नम्बर २ को भगवती मावि साँखु, सरस्वती मावि कोटेश्वर (सोमबार), आस्था पार्टी प्यालेस थली, गोल्डेन गेट उमावि पुरानो बानेश्वर (मंगलबार) मा सुझाव संकलन हुने सचिवालयले जनाएको छ।
३ नम्बरअन्तर्गत आलापोटको कागेश्वरी पुस्तकालय, सुन्दरीजलको ओखेली मावि (सोमबार), समता स्कुल नयाँ बस्ती (मंगलबार) मा सुझाव संकलन हुँदैछ।
यस्तै, क्षेत्र नम्बर ४ मा बास्केटबल कोर्ट गोल्फुटार, मिलनचोक पार्टी प्यालेसमा सोमबार र गोल्डेनलाइट पार्टी प्यालेस र अग्रवाल भवन कमलपोखरीमा मंगलबार सुझाव संकलन हुँदैछ। क्षेत्र नम्बर ५ मा पुरानो गाविस भवन (टोखा), धुम्बाराही पार्टी प्यालेसमा सोमबार र धापासी नेचर क्लब, परेली पार्टी प्यालेसमा मंगलबार सुझाव संकलन गरिनेछ।
६ नम्बर क्षेत्रमा मानसिंह धर्म उमावि मनमैजुँ, लैनचौर डिडिसीनजिकै सोमबार र पब्लिक बोर्डिङ स्कुल झोरमा मंगलबार सुझाव संकलन गरिने सचिवालयले जनाएको छ।
क्षेत्र नम्बर ७ को बालाजु पार्कमा दुई दिन नै सुझाव संकलन गरिनेछ। ८ नम्बर क्षेत्रमा ज्ञानोदय उमावि बाफल (सोमबार) र वसन्तपुर डबलीमा मंगलबार सुझाव संकलन हुँदैछ। ९ नम्बरअन्तर्गत तीनकुने ग्राउन्ड कुलेश्वर (सोमबार) र बलम्बु गर्जुधारा ८ जिविसको पुरानो भवनमा मंगलबार सुझाव संकलन हुँदैछ।
त्यसैगरी, क्षेत्र नम्बर १० अन्तर्गत पाँगा पार्टी प्यालेस कीर्तिपुर, त्रिभुवन आदर्श विद्यालय फर्पिङमा सोमबार र सतुंगल पार्टी प्यालेसमा मंगलबार सुझाव संकलनको काम हुँदैछ।
यस्तै, ललितपुर क्षेत्र नम्बर १ मा गोदावरीको टौखेल पार्टी प्यालेस र फूलबारी पार्टी भेन्यु चापागाउँमा सोमबार तथा महांकाल उमावि गोटीखेलमा मंगलबार सुझाव संकलन गरिँदैछ।
क्षेत्र नम्बर २ को ललितपुर उपमहानगरपालिकाको ज्यापु समाजमा सोमबार र महालक्ष्मी क्याम्पस लुभुमा मंगलबार सर्वसाधारणको सुझाव संकलन गरिने भएको छ। यस्तै ३ नम्बरमा नास्ट भवन खुमलटारमा सोमबार र कार्यविनायक नगरपालिका सैंबु भैंसेपाटीमा मंगलबार सुझाव संकलन हुँदैछ।