इलाम–बन्न लागेको नयाँ संविधानप्रति रुष्ट संघीय लिम्बुवान पार्टी नेपालले मस्यौदामा मत दिन सोमवार पूर्वका विभिन्न जिल्लामा आयोजित कार्यक्रम अवरोध गरेको छ।'चार दलले अधुरो संविधान जारी गर्न खोजेको' मुख्य आरोप लगाउँदै लिम्बुवानले मस्यौदामाथिको सुझाव सुनुवाई कार्यक्रम बिथोल्न खोजेको हो। यसक्रममा लिम्बुवानका २२ कार्यकर्ता पक्राउ परेका छन्।सम्बन्धित क्षेत्रका सभासदको उपस्थितिमा मस्यौदामाथि सुझाव दिन आयोजित कार्यक्रममा लिम्बुवान पार्टीका कार्यकर्ता 'सुझावकर्ता' कै रुपमा प्रवेश गरी मस्यौदा च्यात्ने, नारावाजी गर्ने र विरोध जनाउने गरेका थिए। सर्वोच्च अदालतले चार दलको १६ बु"दे सम्झौता कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको अवस्थामा अधुरो संविधानको औचित्य नहुने लिम्बुवानको जिकिर छ।

मस्यौदामाथि सुझाव दिनुपर्ने दिन सोमवार इलाममा संविधान च्यातेपछि प्रहरीले नियन्त्रणमा लिएका लिम्बुवान कार्यकर्ता नारावाजी गर्दै।
विरोधक्रममा इलाममा मस्यौदा च्यातिएको थियो। सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा आयोजित कार्यक्रममा मस्यौदामाथि सुझाव दिनेक्रममा बोल्दै लिम्बुवान कार्यकर्ता भीम खत्रीले 'अधुरो संविधानले लिम्बुवानको मर्म र भावना नसमेट्ने' भन्दै मस्यौदाका प्रति च्यातेका थिए। त्यसपछि 'वि वाण्ट लिम्बुवान' नारा लाउन थालेपछि प्रहरीले लिम्बुवान कार्यकर्तालाई बाहिर निकालेको थियो।
लिम्बुवान आन्दोलन उच्चस्तरीय समिति संयोजक सञ्जुहाङ पालुङ्वाका अनुसार, मस्यौदामाथि विमत्ति जनाउँदै आफ्नो आन्दोलन जारी राख्नेक्रममा सोमबार ताप्लेजुङबाट लिम्बुवान पार्टी जिल्ला अध्यक्ष कीर्तिमान मादेनसहित १५, झापा दमकबाट धु्रव लावतीसहित चार र झापाकै धुलावारीबाट तीन कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ परेकालाई स्थानीय प्रहरी कार्यालयमा राखिएको छ।
पूर्वका सात जिल्लामा मस्यौदामाथि विरोध गरिएको जानकारी दिँदै पालुङ्वाले पा"चथरको गोपेटार र यासोकमा प्रहरीले हस्तक्षेप गरेको, ताप्लेजुङ सदरमुकाममा दमन भएको, सुनसरीको धरानमा झडप भएको, संखुवासभामा मुठभेड भएको, मोरङको लेटाङमा तनाव भएको र झापामा उस्तै स्थिति रहेको बताए। मंगलबार तेह्रथुम र धनकुटामा उस्तै विरोधका कार्यक्रम राखिएको बताए।
यसैवीच, पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधव जोशीले मस्यौदामा सुझाव दिन आयोजित कार्यक्रम पूर्वाञ्चलमा शान्तिपूर्वक चलिरहेको दावी गर्दै लिम्बुवानका चार कार्यकर्तामात्र पक्राउ परेको नागरिकन्युजलाई बताए। 'कतै कतै लिम्बुवानको विरोध भए पनि मस्यौदामाथि जनसाधारणले खुलेर सुझाव दिइरहेका छन्' जोशीले भने, 'सुरक्षाकर्मीको बाक्लो उपश्थितिका कारण समस्या छैन।'