काठमाडौं-संविधानको मस्यौदामा देशभर जनताका सुझाव संकलन गर्ने चटारो छ। सोमबार राजधानीको डिल्लिबजारस्थित विजय स्मारक स्कुल परिसरमा सुझाव संकलन भैरहँदा बाहिर चर्को नाराबाजी र विरोध प्रदर्शन हुँदै थियो।

स्कुलको बन्द कोठाभित्र चलेको सुझाव संकलनमा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नेतृत्व गरेका थिए। उनि त्यहि क्षेत्रका सभासद पनि हुन्। कोठा भित्र सय जनाको संख्यामा सुझाव दिन जुटेका नागरिक थिए। माइक खोसाखोस गर्दै सुझाव दिन सहभागीबीच हानथाप चल्यो। मन्त्री सिंहले हो–हल्ला शान्त पार्न माइक समाएर बारम्बार आग्रह गर्दै सुझावको सुनुवाई हुने आश्वासन दिएका थिए। स्कुले विद्यार्थीलाई कार्यक्रमस्थलमा पर्चा बाँड्न खटाइएको थियो।
भिडियो हेर्नुहोस्:
स्कुलबाहिर राप्रपा नेपालका कार्यकर्ताले मस्यौदा जलाएर नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए। विरोधी भन्दा सुरक्षाकर्मीको संख्या बाक्लो थियो। गेटमा सुरक्षा जाँच गरेर मात्रै भित्र छिर्न दिइएको थियो। सुझाव जुटाउन सोमबार र मंगलबार सार्वजनिक विदा दिइएकोले बन्द रहेका विद्यालयमा कार्यक्रम गरिएको छ।
मन्त्री सिंहसँगै सभासद मोहन राई र बाबुराम पोखरेल सहभागीका सुझाव सुन्दै टिपोट गरेका थिए। संसद सचिवालयले खटाएका कर्मचारीले मञ्चको एक छेउमा सुझाव टिप्दै थिए।

डिल्लिबजारमा सुझाव संकल भैरहँदा बाहिर तैनाथ सुरक्षाकर्मी ।
े
सुरक्षाकर्मी ।

सुझावको पर्चा बाँढ्दै विद्यार्थी।

मस्यौदामा सुझाव दिँदै।

ेसुरक्षाकर्मी ।

सुझावको पर्चा बाँढ्दै विद्यार्थी।

मस्यौदामा सुझाव दिँदै।