काठमाडौं- कीर्तिपुर, पाँगामा आयोजित सुझाव संकलन कार्यक्रममा राजनीतिक दलका नेतालाई संस्थागत धारणा राख्न दुई मिनेट समय छुट्ट्याइएपछि सर्वसाधारणले आक्रोश पोखे, 'राजनीतिक दलहरूले संस्थागत सुझाव संविधानसभामै दिइसके, उनीहरूलाई फेरि यहाँ किन अवसर?'
काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत पांगामा संविधानसभा सचिवालयले आयोजना गरेको कार्यक्रममा सुझावका लागि सर्वसाधारणलाई १ मिनेट छुट्ट्याइएको थियो। राजनीतिक दलका नेतालाई भने दोब्बर समय दिएपछि उनीहरू असन्तुष्टि पोखेका थिए।
संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलन प्रक्रिया सुरु नहुँदै भिड दुई कित्तामा बाँडियो। ६ सयभन्दा बढीको उपस्थिति रहेको हलमा केही बेर होहल्ला मच्चियो। सुझाव दिन चाहनेले नाम टिपाउने र पालैपालो बोल्ने सहमति भएपछि कार्यक्रम अघि बढ्यो। बोल्न नचाहनेले भने लिखित सुझाव बुझाउने भए।
सुझाव दिने क्रममा कीर्तिपुर नगरपालिका–३ का गिरिराज भण्डारीले सभासदका लागि स्नातक तह पास गरेको हुनैपर्ने व्यवस्था संविधान राख्न सुझाव दिए। 'सबै क्षेत्रमा शैक्षिक योग्यता चाहिन्छ, सभासद हुनलाई नपर्ने?' उनले भने। उनले संविधानको मस्यौदा सच्याएर गाविस अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था राख्न सुझाव दिए। उनले जनआन्दोलनमा धर्मको कुरा नउठेको जनाउँदै धर्मनिरपेक्षताका विषयमा जनमतसंग्रह गर्नुपर्ने सुझाए।
'प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्छ। संविधान जारी हुनुअघि राज्यको सीमांकन र नामांकन हुनैपर्छ,' १७ बुँदे सुझाव पेस गर्दै ज्यापु महागुठी, कीर्तिपुरका अध्यक्ष नजरमान महर्जनले भने।
सुझाव सुन्न मञ्चमा सभासदहरू राजेन्द्रकुमार केसी, विनोद श्रेष्ठ, इच्छाराज तामाङ, रूपा महर्जन र सुझाव टिप्न बसेका संविधानसभा सचिवालयका कर्मचारीलाई उनले सुझाव दिए, 'धर्मनिरपेक्षताको भावअनुसार धार्मिक स्वतन्तत्रा हुनुपर्छ।'
रमेशकुमार महर्जनले संविधानमा नेपालको सिमाना कति भन्ने स्पष्ट उल्लेख गर्न माग गरे। केहीले भने सुझाव दिन छुट्ट्याइएको दुई दिनको समय पर्याप्त समय नभएको बताए।
'मस्यौदामा महिला अधिकार कुण्ठित भएको छ, महिलाका लागि विशेष व्यवस्था गर्नुपर्छ,' नेकपा–माओवादीकी सुभद्रा भुजेलले सुझाव दिइन्। नेकपा–माओवादीकै अर्का कार्यकर्ता भरत बुर्जा मगरले मस्यौदालाई २०४७ सालको संविधानलाई जलप लगाइएको बताए। 'हाम्रो सुझाव टिप्ने काम भइरहेको छ कि छैन, सही रूपमा जान्छ कि जाँदैन भन्नेमा शंका छ,' नेकपा–माओवादीकै अर्का कार्यकर्ता सानुभाइ मालपुलले भने।
पहिलो संविधानसभामा सभासद रहेकी नेकपा–माओवादीकी केन्द्रीय सदस्य पार्वती थापा मगरले मस्यौदामा नारीमाथि विभेद भएको बताइन्। केन्द्र सरकारमा दुई सदन आवश्यक नपर्ने राय उनले व्यक्त गरिन्। 'आमाको नामबाट नागरिकता दिने कुरामा विभेद गरिएको छ,' उनले भनिन्, 'प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था हुनुपर्छ।'
मस्यौदामाथि सुझाव दिने पहिलो ११ जनामा ९ जना नेकपा–माओवादीका कार्यकर्ता थिए। दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको नेकपा–माओवादीका कार्यकर्ताले योजनाबद्ध रूपमा नाम टिपाई सुझाव दिँदै विरोध पनि जनाए। 'शिक्षा, स्वास्थ्य र रोजगारको दायित्व राज्यले लिनुपर्छ। मस्यौदामा यसबारे साधारण व्यवस्था मात्र गरिएको छ, यो हामीलाई मान्य छैन,' यति सुझाव दिएर नेकपा–माओवादीका कार्यकर्ता बुद्धि नेपालीले संविधानको मस्यौदा च्यातेर फ्याँकेका थिए।
मस्यौदामा सुझाव दिइसकेपछि नेकपा–माओवादीका कार्यकर्ताले संविधानसभा चाहिँदैन भन्दै नाराबाजी गरे। मञ्च रहेका सभासदलाई कालो झन्डा देखाउनसमेत भ्याए। झडपको स्थिति बनेपछि प्रहरीले फकाउँदै नेकपा–माओवादीका कार्यकर्तालाई हल बाहिर पठाएको थियो। त्यसपछि उनीहरूले हल बाहिर सडकमा केहीबेर नाराबाजी गरे।
कार्यक्रममा नेपाली कांग्रेसकी युमना श्रेष्ठले मस्यौदामा धर्मनिरपेक्षता उल्लेख भएकोमा आपत्ति जनाइन्। आफू जनआन्दोलनको घाइते भएको दाबी गर्दै काठमाडौं सतुंगलकी उनले भनिन्, 'दोस्रो जनआन्दोलनमा धर्मनिरपेक्षता भन्ने थिएन। अहिले कहाँबाट मस्यौदामा छिर्योठ।' उनले हिन्दु राष्ट्र हुनुपर्ने माग पनि उठाउँदा धर्मनिरपेक्ष हुनुपर्छ भन्दै एउटा हुल उनीतिर अघि बढेको थियो। त्यसपछि ठेलमठेल भयो। केही बेरमा स्थिति सामान्य बन्यो, तर सर्वसाधारणलाई बोल्न समय दिइएन।
आयोजकले राजनीतिक दल र केही संस्थाका प्रतिनिधिलाई मात्र बोल्न दिने निर्णय सुनाए। सर्वसाधरणलाई भने लेखेर सुझाव बुझाउन भनिएको थियो।
'यो मस्यौदाभित्र के छ गहन अध्ययन गरेर मात्र बोल्दा राम्रो होला। यो पूर्ण रूपमा नकारात्मक पश्चगामी संविधान होइन,' एकीकृत नेकपा माओवादीका प्रतिनिधि कीर्तिपुर नगरपालिका–१७ का शम्भुराम महर्जनले भने, 'शिक्षा, स्वास्थ्य, रोजगारी मौलिक हकमा व्यवस्था गरिएको छ। के यो सकारात्मक परिणाम होइन?'
उनले धर्मनिरपेक्षताको पक्षमा धारणा राख्दा फेरि एकछिन होहल्ला भएको थियो। कांग्रेस र एमालेका कार्यकर्ताबीच हिन्दु राष्ट्र र धर्मनिरपेक्षको पक्ष–विपक्षमा उफ्राउफ्री भयो।
स्थिति सामान्य बनेपछि एमालेका प्रतिनिधि रमेश महर्जनले सुझाव दिए।
'युवालाई बेरोजगारी भक्ताभन्दा रोजगारी दिनुपर्छ। उपराष्ट्रपतिलाई कुनै न कुनै संवैधानिक अधिकार दिनुपर्छ,' उनले भने, 'राष्ट्रिय पार्टी हुन कम्तीमा ३ प्रतिशत थ्रेसहोल्ड राख्नुपर्छ।'
नेपाली कांग्रेसका प्रतिनिधि राजकुमार नकर्मीले राष्ट्रियसभाको निर्वाचन प्रणाली पूर्ण समानूपातिक र प्रतिनिधिसभा पूर्ण प्रत्यक्ष हुनुपर्ने सुझाव दिए। 'पार्टीको भ्रातृसंगठनका रूपमा युनीयन खोल्ने काम रोक्नुपर्छ, यसलाई संविधानमै उल्लेख गर्नुपर्छ,' उनले भने।
नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि नारायण महर्जनले संविधानमा कार्यकारी राष्ट्रपति हुनुपर्ने सुझाव दिए। उनले अपराध गर्नेलाई मृत्युदण्डको व्यवस्थासमेत संविधानमा हुनुपर्ने बताए। चिकित्सा क्षेत्रको प्रतिनिधित्व गर्दै डा. प्रभात सापकोटाले प्रधानमन्त्री, मन्त्रीहरूको उमेरहद तोकिनुपर्ने सुझाव दिए। 'उमेर बढ्दै गएपछि मानिसमा स्वतः विभिन्न रोग देखा पर्छन्। कर्मचारीले ५८ वर्षपछि काम गर्न सक्दैन भन्ने हामी, के त्यो भन्दा बढी उमेरका नेताले चाहिँ देश हाँक्न सक्छन्?' उनले भने।
अखिल नेपाल महिला संघकी बेलीमाया घलेले मस्यौदामा रहेको 'पैतृक सम्पत्ति' लाई हटाएर 'पुर्ख्यौली सम्पत्ति' राख्न सुझाव दिइन्। 'मौलिक हकमा निःशुल्क शिक्षा भनिएको छ, अर्कोतर्फ निजी विद्यालय खोल्न दिने व्यवस्था गरिएको छ। कसरी पाउँछन् जनताले निःशुल्क शिक्षा?' अखिल क्रान्तिकारीका गेहेन्द्र ढकालले भने।
अधिकांशले राष्ट्रिय पार्टी हुन ३ देखि ५ प्रतिशत सम्म थ्रेसहोल्ड राख्न तथा कार्यकारी प्रमुख राष्ट्रपति वा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचनबाट छनोट हुने व्यवस्था गर्न सुझाव दिएका थिए। यस्तै, प्रदेश सकेसम्म कम र सीमांकन उत्तर–दक्षिण हुने गरी गर्न पनि सुझाव आएको थियो। कार्यक्रममा ३१ जनाले मौखिक र १ सय ६ जनाले लिखित सुझाव दिए।