‘मिटु’मा जंगिए स्थापित
१६ वैशाख २०७९
•
३ मिनेट पाठ
‘मिटु’मा जंगिए स्थापित
काठमाडौं महानगरपालिका हाँक्न उम्मेदवारी दिएका केशव स्थापित आफूमाथि लागेको ‘मिटु’ आरोपको प्रतिवाद गर्न नसकेर अभद्र रूपमा प्रस्तुत भएका छन्। नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितलाई काठमाडौंको धुम्बाराहीस्थित नेसनल कलेजमा बिहीबार आयोजित एक कार्यक्रममा सहभागीले मिटुबारे प्रश्न सोधेपछि उनी जंगिए।




कार्यक्रम प्रस्तोता भावना राउतले मिटु आरोपबारे प्रश्न सोध्दा स्थापित अभद्र किसिमले प्रस्तुत भए। ‘तपाईंको फेस नाइस छ, थुतुनो भएन,’ प्रश्न सुनेपछि जंगिँदै स्थापितले प्रतिक्रिया दिए। उनको यो अभिव्यक्तिलाई लिएर आम नागरिकले सामाजिक सञ्जालमा आपत्ति जनाइरहेका छन्।

कार्यक्रम प्रस्तोताले निर्दोष छु भनेर कि प्रमाणित गर्नुस् अथवा प्रमाणित गर्न सक्नुहुन्न भने तपाईं यो ठाउँमा बस्ने नैतिकता राख्नुहुन्छ र,’ भन्ने प्रश्नको उत्तरमा स्थापित निकै आक्रोशित बनेका थिए। यसअघि काठमाडौं महानगरपालिकाको मेयर छँदा स्थापितलाई त्यहीं काम गर्ने एक महिला कर्मचारी र एक महिला पत्रकारले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए।

तर, यसबारे कुनै पनि न्यायालयमा मुद्दा परेको थिएन। त्यस बेला स्थापितले आरोप प्रमाणित गर्न चुनौती दिएका थिए। त्यसपछि लामो समयसम्म यो विषय सेलाएको थियो। उनी प्रदेश सांसद हुँदा यो विषय पुनः चर्चामा आएको थियो, त्यसपछि फेरि सेलायो। बाग्मती प्रदेशमा भौतिक पूर्वाधार मन्त्री हुँदा पनि उनी विवादमा परेका थिए।

मुख्यमन्त्री डोरमणि पौडेलसँग झगडा परेपछि उनलाई जिम्मेवारीबाट मुक्त गरिएको थियो। अहिले आएर एमालेले मेयरको उम्मेदवार बनाएपछि स्थापितलाई मिटुबारे प्रश्न सोधिएको थियो। त्यस बेला उनी विवादमा नआउने पनि केशव स्थापित हुन्छ भन्दै हलुका जवाफ दिएर तर्केका थिए।

प्रायः यस्तो प्रश्नमा उनी तर्कने गरे पनि बिहीबार भने कार्यक्रम प्रस्तोता राउतको जवाफमा निकै जंगिएका थिए। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्थापितलाई टिकट दिँदै गर्दा महिला हिंसाप्रति एमाले जिम्मेवार नभएको टिप्पणी गरिएको छ।

यसबारेमा एमालेले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। पोखरा महानगरपालिकामा दीपक पौडेललाई उम्मेदवार बनाउँदा सामाजिक सञ्जालमा विरोध भएको थियो। त्यतिबेला एमालेले मेयरको टिकट खोसेर अर्कैलाई दिएको थियो। तर काठमाडौं महानगरपालिकाका सन्दर्भमा एमाले मौन बसेको छ।

स्थापितलाई २५ वर्षपछि फेरि नगर प्रमुखको टिकट दिएपछि एमालेभित्रकै नेता कार्यकर्ताले पनि प्रश्न उठाएका छन्। उनको अस्थिर स्वभावलाई लिएर पार्टी कार्यकर्ताले प्रश्न उठाइरहेका छन्। विगतमा एमालेकै तर्फबाट महानगरपालिकाको नेतृत्व गरिसकेका स्थापितले काठमाडौंबासीलाई सपनामात्रै बाँडेका थिएनन्, काठमाडौंलाई व्यवस्थित सहर बनाउने काम पनि गरेका थिए।

तर, एमाले विभाजनपछि मालेमा लागेका उनी त्यसपछि राजावादी, प्रजा परिषद्को अध्यक्ष, एमालेबाट विभाजित भएको अशोक राईको पार्टीमा समेत आबद्ध हुँदै पुनः एमालेमा फर्केका थिए। एमालेमा फर्केपछि २०७४ सालमा पनि मेयरको आकांक्षी रहेका स्थापितलाई प्रदेशसभाको टिकट दिइएको थियो।

त्यसपछि उनी बाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्री भए। तर त्यहाँ पनि मुख्यमन्त्रीलाई तथानाम गाली गरेको भन्दै विवाद आएपछि उनलाई राजीनामा दिन लगाइएको थियो। निवर्तमान मेयर विद्यासुन्दर शाक्यलाई स्थानीयले नरुचाएको पाइएपछि एमालेले स्थापितलाई मेयरको टिकट दिइएको थियो। उनी विवादित छन् भन्ने थाहा पाउँदापाउँदै पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थापितलाई उम्मेदवार बनाएका थिए।

उनीमाथि महिला हिंसा तथा यौन दुर्व्यवहारको आरोप यथावत् नै भएको तर अदालत वा प्रहरी प्रशासनमा कहीं पनि उजुरी नपरेपछि आरोपमा मात्रै सीमित भएको थियो। यो विषयमा एमालेले पहिला नै स्पष्टीकरण लिएको बताइए पनि त्यो सार्वजनिक भएको छैन। एमालेले टिकट दिएपछि निकै उत्साहित स्थापित बिहीबार भने निकै तनावमा देखिएका थिए।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
३८ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस