काठमाडौं— सरकारी विदा नै घोषणा गरेर सोमबार र मंगलबार दुई दिन नयाँ संविधानको प्रारम्भिक मस्यौदामा जनताका प्रत्यक्ष सुझाव लिइएको छ। संविधान निर्माण प्रक्रियामा नेपाली जनता आफैँ सहभागी हुँदा त्यसले मुलुकको राष्ट्रिय राजनीतिमा नयाँ उर्जा थपिदिएको छ। अढाइ सय वर्ष लामो आधुनिक नेपालको इतिहासमा पहिलो पटक नेपाली जनताले संविधानमा आफ्नो मत प्रत्यक्ष दिने अवसर पाएका हुन्।संविधानमा जनता आफैँ सहभागी हुने यो ऐतिहासिक अवसरलाई कतिपय दल र समूहले भने निसाना बनाए।
राजधानी काठमाडौं, धनुषा, पर्सा, रौतहट, सिरहा, सप्तरी, ताप्लेजुङ, नुवाकोट, मकवानपुर, भक्तपुरलगायतका जिल्लाहरुमा सुझाव संकलनका क्रममा असन्तुष्ट दलहरूले अवरोध गरे। केही स्थानामा स्थिति तनावपूर्ण बन्यो। मस्यौदा बोकेर गाउँगाउँ पुगेका सभासद, नेता र कर्मचारीसँग मस्यौदाको प्रति खोस्ने, छलफल स्थलमा आक्रमण गर्ने, नाराबाजी र हुलहुज्जत गर्ने जस्ता हर्कतहरू भए।
मुख्यतः सप्तरीदेखि रुपेन्देहीसम्मका तराईका जिल्लामा असन्तुष्ट दलले सुझाव संकलनमा अवरोध पुर्याेए। रौतहटमा त स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु पर्यो।
प्रमुख दलका शीर्ष नेता उपस्थित सुझाव संकलनस्थललाई केन्द्रमा राखेर असन्तुष्ट दलले अवरोध पुर्याथएका थिए। रौतहटको गौरमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सिरहाको मिर्चैयामा पुष्पकमल दाहाल सहभागी सुझाव संकलन केन्द्रमा असन्तुष्ट दलका कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दै तोडफोडमा उत्रे।
कांग्रेस महामन्त्री कृष्ण सिटौलालाई झापा र अर्थमन्त्री रामशरण महतलाई नुवाकोटमा भौतिक आक्रमण प्रयास भएको थियो।
संघीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई–मधेस सद्भावना पार्टीले तराई–मधेसको सुझाव संकलनमा अवरोध गरे। हिन्दु राज्य तथा संवैधानिक राजतन्त्रको माग गर्दै कमल थापा नेतृत्वको राप्रपा नेपालले राजधानी र अन्य केही जिल्लामा जनमत संकलनमा अवरोध गर्योा।
संविधानसभामा सहभागी नै नभएको मोहन वैद्य नेतृत्व र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीसहित संविधानसभामा प्रतिनिधित्व गर्न नसकेका विभिन्न जातीय, क्षेत्रीय दल र संगठनहरुले पनि नयाँ संविधानको मस्यौदा जलाए।
राजनीतिक दाउपेचका लागि भएका यी सानातिना घटनाबाहेक नयाँ संविधानप्रति जनताको चासो उल्लासपूर्ण देखिएको छ। संनविधान सभा सचिवालयले छिटफुट घटनाबाहेक सबै निर्वाचन क्षेत्रमा सुझाव संकलन कार्य उत्साहजनक भएको बतायो।
लामो समयसम्म राजनीति अस्थिर हुँदा आर्थिक सम्वृद्धिको विषय मुलुकको मुख्य मुद्दा बन्न सकेको छैन। नयाँ संविधानले राष्ट्रिय राजनीतिलाई स्थायित्व दिँदै मुलुकलाई आर्थिक सम्वृद्धितर्फ उन्मुख गराउने सर्वसाधारणको विश्वास छ। त्यही विश्वास सोमबार र मंगलबार मुलुकभरि प्रतिविम्बित भएको हो।
भिडियो रिपोर्ट