इलाम- २०४८ यताका चुनावमा इलामे जनताबाट चारपल्ट चुनिएर प्रधानमन्त्रीसम्म भइसकेका एमाले वरिष्ठ नेता झलनाथ खनाल मंगलबार भन्दै थिए, 'राजनीतिप्रति जनता बहुत सुझबुझ भएछन्, संविधानप्रतिको अभूतपूर्व उत्साह देख्दा जीवनमै ठूलो खुसी मिल्यो।'
इलाम–१ बाट निर्वाचित खनाल फिक्कलमा आयोजित संविधान मस्यौदाबारे सुझाव संकलन कार्यक्रममा जागरूक जनताको भीड देखेर चकित भएका हुन्। स्थानीय लेप्चा भवनमा चार घन्टा चलेको कार्यक्रममा उपस्थित सयौं स्थानीय मस्यौदामाथि टिप्पणी गर्न निरन्तर उत्साही र देशको मूल कानुन आफूअनुकूल बनाउन लालायित देखिन्थे। 'सबैको मुद्रा आक्रोशित थियो तर सुझाव दिने पारा प्रजातान्त्रिक,' खनालले सञ्चारकर्मीस"ग भने, 'लोकतन्त्र स्थापनापछि जनता सचेत भएको प्रस्टै देखियो।'
१२ गाविस र एक नगरपालिका रहेको खनालको क्षेत्रमा १ सय ८७ जनाले 'संविधान जनमुखी बनाउन' सुझाएका थिए। गाविसमार्फत ७३ र सार्वजनिक सुनुवाइमार्फत १ सय १४ सुझाव प्राप्त भएको जनाउ"दै खनालले 'ती सबै अर्थपूर्ण र मननयोग्य' रहेको बताए। सबै सुझावमाथि छलफल गरी संविधानमा समेटिने जनाउ"दै उनले भने, 'कसैले निराश हुन पर्दैन।'
१४ गाविस र एक नगरपालिका रहेको इलाम–२ को सार्वजनिक सुनुवाइ अध्यक्षता गरेका सभासद नगेन्द्र कुमाल पनि संविधानप्रति जनताको उत्साह देखेर अचम्मित भए। संविधानसभा अध्यक्ष सुवास नेम्वाङले तीनपल्ट जितेको त्यस क्षेत्रमा नेम्वाङको अनुपस्थितिमा कुमालले मस्यौदामाथि सुझाव सुन्ने कार्यक्रमको अध्यक्षता गरेका थिए जहा" १ सय ६ सुझाव प्राप्त भए।
'सुनुवाइमा सुझाव दिने ५७ मध्ये १२ महिला, १७ जनजाति, सात दलित र दुई अपांग थिए,' आदिवासी जनजाति महासंघका अध्यक्षसमेत रहेका कुमालले भने, 'भएमध्येको ठूलो सभाकक्ष दिनभर खचाखच रह्यो, त्यहा" संसद भवनको झल्को देखियो।'
त्यही क्षेत्र पुगेर जनताका सुझाव सुनेका अर्का सभासद मनकुमार गौतमले 'जनतामा छाएको राजनीतिक चेतना अत्यन्त कडा पाएको' उल्लेख गर्दै त्यसलाई बिर्सेर अघि बढ्न नसकिने बताए। 'संविधानमाथि सदनमा हुने चर्काचर्की गाउ"मै देखिन थालेको छ,' झापालाई राजनीतिक थलो बनाउ"दै सभासद भएका गौतमले भने, 'कतिपय सुझाव अकाट्य छन्, जसलाई समेटेर संविधान हृष्टपुष्ट बनाउ"छौं।'
१७ गाविस र एक नगरपालिका रहेको इलाम–३ का जनताबाट मस्यौदामाथि झनै धेरै सुझाव प्राप्त हु"दा त्यस क्षेत्रका सभासद केशव थापा उत्तिकै हर्षित देखिए। एक सय २३ सुझाव प्राप्त भएको जनाउ"दै उनले 'आठ बर्षसम्म संविधान नबन्दा आक्रोशित जनता राजनीतिक सुझबुझले उच्च रहेको र त्यसलाई कम आंकलन गर्न नहुने' मूल्यांकन गर्दै सम्भव भएसम्मका सुझाव समेट्ने बताए।
'जिल्लाकै सबैभन्दा ठूलो सभाहल पा"च घण्टासम्म खचाखच हुनु र सबैले बोल्ने पालो पाउन मुस्किल हुनु राजनीतिक चेतनाको उदाहरण हो,' त्यहा"को सुनुवाइमा अध्यक्षता गरेका थापाले भने, 'संकलित सबै सुझाव उच्च राजनीतिक महत्वका छन्, तिनलाई आत्मसात् गर्दै संविधान ल्याउनु जरुरी छ।' सभासदद्वय सूर्यवाला राई र सुजाता परियारले पनि जनताको सक्रियताको सम्मान गर्नुपर्ने बताए।
जनताको सुझाव संकलननिम्ति जिल्लामा स्थापित 'संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव उपसमिति'का सचिव अधिराज राईका अनुसार, मस्यौदामाथि इलाममा ६ सय १ सुझाव प्राप्त भएका छन्। 'संकलित सुझाव केन्द्रमा पठाइसकिएको छ, तीमाथि संविधासभामा छलफल हुनेछ,' सुझाव संकलन गर्ने क्रममा १० दिन इलाम बसेका राईले भने, 'कसैको सुझाव त्यत्तिकै थन्किँदैन।'
