धादिङको थाक्रे गाउँपालिका अध्यक्षमा नेकपा एमालेले रामकुमार आचार्यलाई आधिकारिक उम्मेदवार बनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीबाटै पत्र ल्याएर आचार्यले आफ्नो उम्मेदवारी सुनिश्चित गराएका हुन्।
ओलीले आचार्य एमालेको आधिकारिक उम्मेदवार भएको जानकारी पत्र निर्वाचन आयोगमा पठाएपछि एमालेकै अर्का उम्मेदवार कृष्ण पन्तको मनोनयन रद्द भएको छ। आचार्य र पन्त दुबै जनाले एमालेको आधिकारिक टिकटबाटै अध्यक्ष पदमा मनोनयन दर्ता गरेका थिए।
आचार्यको नाममा एमालेले पठाएको पत्रमा अध्यक्ष ओलीले नै हस्ताक्षर गरेका छन्। ‘निर्वाचन आयोगको निर्णय र एमालेले पठाएको पत्र अनुसार कृष्ण पन्तको मनोनयन रद्द हुन्छ’ थाक्रेका निर्वाचन अधिकृत महेन्द्र शाखीले भने। कुनै राजनीतिक दलबाट २ वटा मनोनयन परेको अवस्थामा सम्बन्धित पार्टीको आधिकारिक पत्रको आधारमा उम्मेदवार आधिकारिक बनाउने निर्वाचन आयोगले निर्णय गरेको छ।
यहाँ पनि रोचक के छ भने, पन्तले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउने बेला निर्वाचन अधिकृत महेन्द्र शाखीले निर्वाचन आयोगमा एमालेले पठाएको आधिकारिक हस्ताक्षर भएका एमाले बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेलाई टेलिफोनमा सोधेका पनि रहेछन्। ‘तपाईँको हस्ताक्षर भएको पत्रसहित कृष्ण पन्तको अध्यक्षमा मनोनयन आएको छ, यो हस्ताक्षर तपाईँको आधिकारिक हो की होइन? उहाँको मनोनयन दर्ता गर्न के गर्ने?’ भन्दा प्रदेश अध्यक्ष पाण्डेले ‘आधिकारिक हो गरिदिनुस्’ भनेका रहेछन्। निर्वाचन अधिकृत शाखी भन्छन्,‘सुरुमा मैले हस्ताक्षर रुजु गर्ने क्रममा कृष्ण पन्तको नाम पनि सोधेकै थिएँ, हो भन्नुभएको थियो। तर पन्तले मनोनयन दर्ता गरेको हल्लाखल्ला भइसकेपछि पाण्डे सरले एमालेको उम्मेदवार आचार्य हो, तपाईँले गलत गर्नुभयो भन्दै फोन गर्नुभयो, त्यतिबेला पन्तको नाम सफ्टवयरमा चढिसकेको थियो।’
आधिकारिक टिकटबाटै पहिलो मनोनयन दर्ता भएका पन्तको टिकट रद्द गराएर रजिस्टर दर्ता भएका आचार्यलाई आधिकारिकता दिएपछि एमालेभित्र फेरी अर्काे गुट सिर्जना भएको छ। जिल्ला अध्यक्ष भुमी त्रिपाठी र केन्द्रिय सदस्य खेम लोहनीबीच टकराव देखा परेको छ। आचार्यले गुटको राजनीति र युवा संघका केन्द्रीय नेता समेत रहेका आफ्नै छोरा रमेश आचार्यको बलमा आधिकारिक पत्र ल्याएको भन्दै पन्त समर्थक कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
मनोनयन रद्द भएका पन्तले केन्द्रसम्म पावर भएकै कारण आफ्नो टिकट खोसीएको बताए। नेतृत्वले टिकट रद्द गराएपछि पन्तले थाक्रे गाउँपालिका कमिटिको अध्यक्षबाट राजीनामा दिएका छन्। ‘मेरो नाममा जिल्ला कमिटिले बकाइदा निर्णय गरेर टिकट लिएको हुँ, मनोनयन नै रद्द गराएपछि नैतिकताको आधारमा पनि म पदमा बसिरहन मिल्दैन, त्यसैले राजीनामा दिएँ’ पन्तले भने। पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएपछि पन्तले स्वतन्त्र उम्मेदवार गोकर्ण रुपाखेतीलाई सहयोग गर्ने घोषणा गरेका छन्।
टिकट चोर आरोपित पनि आधिकारिक
टिकट चोरेर मनोनयन दर्ता गरेको आरोप लागेका नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का नेपाली कांग्रेसबाट वडाअध्यक्षमा मनोनयन दर्ता गराएका राजन बराइली कांग्रेसको आधिकारिक उम्मेदवार बनेका छन्।
बराइलीले पनि नेपाली कांग्रेस बागमती प्रदेश कोषाध्यक्ष दीर्घमान श्रेष्ठबाट पत्र लिएर पार्टीबाटै उम्मेदवारी कायम राखेका हुन्। निर्वाचन आयोगमा कांग्रेसकोतर्फबाट आधिकारिक हस्ताक्षर श्रेष्ठको नै थियो। बराइली आधिकारिक बनेपछि कांग्रेसले यसअघि आधिकारिक भन्दै आएको रामहरि लम्सालको मनोनयन रद्द भएको छ।
बराइली र लम्सालबीच पनि गुटकै राजनीति हावी भएको छ। लम्साल जिल्ला सभापति रामनाथ अधिकारी लाइनका हुन्। बराइली नेता भीमप्रसाद ढुंगाना लाइनका हुन्। गुटकै पावरमा आधिकारिकता पाएको भन्दै समर्थकहरुले असन्तुष्टी जनाएका छन्।