कांग्रेसका दुई बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
१६ वैशाख २०७९
•
२ मिनेट पाठ
कांग्रेसका दुई बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
उम्मेदवारी फिर्ता लिँदै कांग्रेसका बागी उम्मेदवारहरु ऋषिराम सापकोटा (दायाँ), नन्दप्रसाद तिवारी (बायाँ)। तस्बिरः सन्देश/नागरिक
पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका दुई बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन्। उनीहरुले आज अपराह्न ४ः१५ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन्।




उम्मेदवारी फिर्ता लिएका दुबैले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन्। यसअघि उनीहरुले गठबन्धनको विरोध गर्दै उम्मेदवारी दिएका थिए।

गठबन्धन गर्दा पोखरा महानगर नेकपा एकीकृत समाजवादीको पोल्टामा गएको थियो। समाजवादीले पोखराको मेयर पदमा धनराज आचार्यलाई उम्मेदवार बनाएको छ। पोखराको मेयर पद नपाएपछि रुष्ट भएका कांग्रेसका ऋषिराम सापकोटा, नन्दप्रसाद तिवारी र विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएका थिए। जसमध्ये शुक्रबार निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न दिएको समयसीमा भित्र सापकोटा र तिवारीले उम्मेदवारी फिर्ता लिएका हुन्। कार्कीले भने उम्मेदवारी फिर्ता लिएनन्।

उम्मेदवारी फिर्ता लिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै ऋषिराम सापकोटाले आफ्नो कारणले गठबन्धन धरापमा पर्न लागेपछि उम्मेदवारी फिर्ता लिएको बताए। उम्मेदवारी दिँदै गर्दा सापकोटाले कांग्रेसलाई बचाउन आफूले विद्रोह गरेर उम्मेदवारी दिएको बताएका थिए। तर शुक्रबार उम्मेदवारी फिर्ता गर्दै उनले भने,‘मैले सांकेतिक विद्रोह स्वरुप उम्मेदवारी दिएको थिएँ तर मान्छे परिस्थितिको गुलाम हुन्छ। मेरो कारणले परिस्थिति बिग्रने देखेपछि पार्टीको ईमान्दार कार्यकर्ताको नाताले उम्मेदवारी फिर्ता लिएँ।’

उम्मेदवारी फिर्ता लिएका अर्का नेता नन्दप्रसाद तिवारीले मुलुक र गठबन्धनको आवश्यक्तालाई ध्यानमा राखेर उम्मेदवारी फिर्ता लिएको बताए। ‘अघिल्लो ओली सरकारले संविधान मास्न खोजे, संसदमाथि प्रहार गरे। त्यसकाविरुद्ध मुलुकको आवश्यक्ता अनुसार गठबन्धन भयो। अहिलेपनि त्यसको आवश्यक्ता महशुष गर्दै पार्टीको निर्णय र निर्देशन अनुसार उम्मेदवारी फिर्ता लिएँ,’ उनले भने।

कांग्रेसका अर्का बागी उम्मेदवार विमलबहादुर कार्कीले भने उम्मेदवारी फिर्ता गरेनन्। उनले कांग्रेसको गलत निर्णयविरुद्ध डटेर सामना गर्न उम्मेदवारी फिर्ता नगरेको बताए। ‘कांग्रेसले कांग्रेसलाई भोट हाल्न नपाउने कस्तो निर्णय हो? कांग्रेस नेतृत्वको यस्तो गलत निर्णय र निर्देशन मान्न म बाध्य छैन। त्यसैले नेतृत्वको गलत निर्णयविरुद्ध उम्मेदवारी कायम राखेको हुँ,’ उनले भने।
अर्को समाचार
जनकपुरमा कांग्रेसका बागी उम्मेदवारले फिर्ता लिएनन् उम्मेदवारी
१६ वैशाख २०७९
•
१ मिनेट पाठ
जनकपुरमा कांग्रेसका बागी उम्मेदवारले फिर्ता लिएनन् उम्मेदवारी
जनकपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार बनेका मनोज साह उम्मेदवारी फिर्ता लिएका छैनन्। शीर्ष नेताहरुको दवावका बाबजुद उनले आफ्नो उम्मेदवारी कायमै राखेका छन्।




निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको निर्धारित समयमा उनले उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। सत्तारुढ गठबन्धनले जसपा का लाल किशोर साहलाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट भएर नगर सभापतिसहित पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

गठबन्धनको साझा उम्मेदवारलाई सहयोग गर्न पार्टीले बारम्बार दबाब दिएपनि आफूले पार्टी साधारण सदस्यबाट राजीनामा दिइसकेको हुनाले पार्टी निर्देशन मान्न आवश्यक नभएको भन्दै ब्याक नभएको मनोज साहले बताए।

दुई मेयर पदका उम्मेदवारसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। उनका अनुसार उम्मेदवारी फिर्ता लिनेमा मेयर पदका स्वतन्त्र उम्मेदवार बैधनाथ साह र नन्दकुमार भगत रहेका छन्। भने, उपमेयरबाट विश्वनाथ साह सुडीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस