'राम्रा सुझाव' छानिँदै, प्रतिवेदन लेख्न १० दिन माग
०६ साउन २०७२
•
१२ मिनेट पाठ
'राम्रा सुझाव' छानिँदै, प्रतिवेदन लेख्न १० दिन माग
काठमाडौं- संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका सबै सुझाव ग्रहण नगरिने भएको छ। सुझाव जनमतसंग्रहको परिणाम नभएकाले आवश्यक मात्रै ग्रहण गर्ने तयारी भइरहेको छ।संविधानको मस्यौदामा विभिन्न माध्यममार्फत लाखौं सुझाव प्राप्त भएका छन्। तर, संविधान सहमतिको दस्तावेज भएकाले प्राप्त सबै सुझाव समावेश गर्ने सम्भावना निकै कम रहेको स्रोतले जनाएको छ।




'यो जनमतसंग्रहको परिणाम होइन,' स्रोतले भन्यो, 'त्यसैले यो बाध्यकारी होइन। संविधानका लागि राम्रो सुझाव छ भने त्यो बहुमतको छ कि छैन भनेर हेर्नु पनि पर्दैन। सोझै समावेश गर्न सकिन्छ।'

संविधानमा हिन्दु धर्म वा धार्मिक स्वतन्त्रता राखिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था हुनुपर्ने, संघीयतामा जाँदा उत्तर–दक्षिण मिलाएर बढीमा पाँच प्रदेश मात्र बनाउनुपर्ने, नेताको शैक्षिक योग्यता तोकिनुपर्ने, थ्रेसहोल्ड पाँच प्रतिशतसम्म राख्नुपर्ने लगायतका सुझाव बढी प्राप्त भएका छन्।

जिल्ला–जिल्लामा सुझाव संकलन गरेर फर्किएका सभासदले समेत यी विषय नै बढी उठेको बताएका छन्।

संविधानसभा सचिवालयमा टोल फ्री, इमेल, वेबसाइट, फ्याक्स र नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिमा सोझै गरी ३३ हजार १६ वटा सुझाव प्राप्त भएका छन्।

जिल्ला–जिल्लामा पनि यसै गरी सुझाव प्राप्त भएका छन्। सचिवालयका अनुसार टोल फ्रीमार्फत २ हजार ४ सय ७१, इमेलमार्फत ८ हजार ८ सय, वेबसाइटमार्फत २० हजार ७ सय २२, फ्याक्समार्फत १ हजार ८० र हुलाक वा समितिमा सोझै प्राप्त २ सय ४३ गरी ३३ हजार १६ वटा सुझाव प्राप्त भएका छन्।

सुझाव संकलनका लागि जिल्ला पुगेका टोलीले समितिमा प्रतिवेदन बुझाउन थालेका छन्। काठमाडौंबाट मात्रै ७ हजार ५ सय ७८ वटा लिखित सुझाव प्राप्त भएका छन्।

यस्ता सुझावलाई हेरेर प्रतिवेदन तयार पारिए पनि संविधानको अन्तिम मस्यौदामा सबैलाई समावेश गर्न नसकिने स्रोत बताउँछ। संवाद समितिका सभापति बाबुराम भट्टराईले पनि केही दिनअघि पत्रकारसँग प्राप्त सबै सुझाव समावेश गर्न नसकिने बताउँदै यसलाई जनमतसंग्रहका रूपमा नलिन आग्रह गरेका थिए।

'सुझाव संकलन मतको आधारमा हुने होइन, सुझाव संकलनलाई जनमतसंग्रहका रूपमा लिनु हुँदैन,' भट्टराईले भनेका थिए, 'कोही व्यक्तिका सुझाव र विचार धार्मिक स्वतन्त्रताका पनि हुन सक्छन्। तर, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी/समानुपातिकबाट पछि फर्कन सकिन्न।'

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले जनताको उत्साहपूर्ण सहभागिताबाट सुझावको ओइरो लागेकाले तिनीहरूलाई संविधानको अन्तिम मस्यौदामा सकेसम्म समावेश गर्नुपर्ने बताए।

'जनताले संविधान निर्माणको यो प्रक्रियालाई समर्थन र अनुमोदन गरेका छन्,' नेम्वाङले भने, 'जनताले अब ढिला नगरी संविधान जारी गर भन्ने सन्देश पनि दिएका छन्। यही सुझावका आधारमा अघि बढेर साउन मसान्तभित्रै संविधान जारी गर्नुपर्छ।'

स्रोतले मस्यौदाको प्रारम्भिक सुझाव दलीय दस्तावेजका आधारमा आएकाले पनि सबै समावेश हुन गाह्रो हुने जनाएको छ। 'प्रमुख दलले नै जिल्ला तहमा घोषणापत्रअनुसार सुझाव राख्न सर्कुलर जारी गरेका समाचार सार्वजनिक भएका छन्,' स्रोतले भन्यो, 'धेरै सुझाव त्यहीअनुसार आएका छन्। तर, संविधान सहमतिको दस्तावेजका रूपमा तयार हुँदैछ भन्ने कुरा पनि भुल्नु भएन। त्यसैले जनताका सुझाव जस्ताको त्यस्तै संविधानको अन्तिम मस्यौदामा समावेश गर्न गाह्रो छ।'

स्रोतका अनुसार संविधानसभा अब संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशी सिद्धान्तभन्दा पछि फर्कन सक्दैन। तर, जनताका अधिकांश सुझाव यिनै विषयसँग सम्बन्धित छन्।

संविधान सुझाव समितिकी सभापति प्रमिला राणाले सुझाव संकलनको काम सकिएकाले प्राप्त सुझावलाई प्रतिवेदनमा ढालेर संविधानसभा अध्यक्षलाई बुझाउने जानकारी दिइन्।

'जिल्लाजिल्लाबाट सुझाव प्राप्त हुन थालेका छन्,' राणाले भनिन्, 'धर्मसम्बन्धी सुझाव बढी देखिएका छन्। त्यसपछि प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने सुझाव प्राप्त भएको छ। हाम्रो समितिमा जनताले दिएका सुझावमाथि छलफल हुँदैन। सुझाव जस्ताको त्यस्तै बुझाउँछौं।'

समितिले प्रतिवेदन लेखनका लागि थप १० दिन समय मागेको छ। संविधानसभा अध्यक्ष नेम्वाङलाई भेटेर समितिले प्रतिवेदन लेखनका लागि समय थप्न आग्रह गरेको हो।

सभाध्यक्ष नेम्वाङले भने समय नहेरी सकेसम्म छिटो प्रतिवेदन लेख्न सुझाएका छन्। 'तपार्इंहरूको कार्ययोजनामा ७ गतेभित्र प्रतिवेदन तयार गर्ने उल्लेख छ,' नेम्वाङले समितिलाई जवाफ दिएका थिए, 'तर, पहिले २ र ३ गते जिल्लामा सुझाव संकलन गर्ने र ७ गते प्रतिवेदन बुझाउने भनिएको थियो। इद पर्वका कारण ४ र ५ गते सुझाव संकलन गरिएको छ। त्यसैलाई आधार मानेर छिटो प्रतिवेदन तयार गर्नुहोला।'

जिल्लाका सुझाव आउन थाले

२ सय ४० वटै निर्वाचन क्षेत्रमा संकलन गरिएका सुझाव संविधानसभा सचिवालयमा प्राप्त हुन थालेका छन्। सबैभन्दा पहिले काभ्रेले सुझावको प्रतिवेदन समितिकी सभापति राणालाई बुझाएको छ।

सुझाव संकलनमा खटिएका नेता स्वयं उपस्थित भएर जनताका सुझाव बुझाएका हुन्। उनीहरूले जनताले दिएका सुझावको भिडियो र अडियोसहितको सिडी तथा जनताका लिखित सुझावसहित छोटकरीमा तयार पारिएको प्रतिवेदन बुझाएका छन्।

काभ्रेमा १ हजार २ सय १४ वटा सुझाव प्राप्त भएको एमाले सभासद विदुर सापकोटाले जानकारी दिए। उनले जिल्लामा धार्मिक स्वतन्त्रता, प्रत्यक्ष निर्वाचित कार्यकारी, स्थानीय तहमा पनि प्रत्यक्ष निर्वाचितको व्यवस्था, नेताहरूको शैक्षिक योग्यता निर्धारणका विषयमा बढी सुझाव प्राप्त भएको जानकारी दिए।

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको सुझाव समेटेर तयार पारिएको प्रतिवेदन समितिलाई बुझाइएको छ। काठमाडौंका सुझाव बोरामा ल्याएर बुझाइएको थियो।

कांग्रेस नेता ध्यानागोविन्द रन्जितले काठमाडौंमा ७ हजार ५ सय ७८ वटा लिखित सुझाव प्राप्त रहेको जनाउँदै ती सबै सुझाव समितिमा बुझाएका थिए।

त्यस्तै, भक्तपुरले पनि प्रतिवेदन बुझाएको छ। जिल्लामा प्राप्त सबै सुझाव जस्ताको त्यस्तै बुझाइएको नेताहरूले जनाएका छन्।

जिल्लामा खटिएका कर्मचारी र सभासद बुधबार बिहानसम्म संविधानसभा सचिवालयमा उपस्थित भएर प्रतिवेदन बुझाउने सुझाव समितिले जनाएको छ।

अब के हुन्छ?

संविधानको प्रारम्भिक मस्यौदामा विभिन्न माध्यममार्फत प्राप्त सुझाव संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले संकलन गरिरहेको छ।

जिल्लाबाट तथा संविधानसभा सचिवालयमा विभिन्न माध्यमले प्राप्त सुझाव जस्ताको त्यस्तै समेटेर समितिले प्रतिवेदन तयार पार्छ। त्यसपछि समितिले प्रतिवेदन सबैभन्दा पहिले संविधानसभाअध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाउनेछ। समिति सभापति राणाले उक्त प्रतिवेदन संविधानसभाको अबको बैठकमा पेस गर्नेछिन्। संविधानसभामा प्रतिवेदनमाथि संविधानसभामा सामान्य छलफल भएपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पठाइनेछ।

संवाद समितिले छलफल गरी संविधानको अन्तिम मस्यौदामा समेट्नुपर्ने विषय टुंगो लगाउँछ। समितिले विषय छुट्ट्याएर प्रतिवेदन तयार पार्नेछ। उक्त प्रतिवेदन फेरि संविधानसभामा पठाइनेछ। संविधानसभाले त्यसमा सामान्य छलफल गर्दै अन्तिम मस्यौदाका लागि मस्यौदा समितिमा पठाउनेछ।

मस्यौदा समितिले जनताका सुझावका आधारमा अन्तिम मस्यौदा तयार पार्नेछ। अन्तिम मस्यौदा संविधानसभामा पेस भएपछि सभासदलाई अध्ययनको समय दिइनेछ। सभासदले अध्ययन गरेपछि संशोधनका लागि फेरि समय दिइन्छ। सभासदहरूका संशोधन प्रस्तावमाथि छलफल गर्दै संविधान पारित प्रक्रियामा जानेछ। संशोधनका विषय बहुमतले पारित या अस्वीकृत गर्न सकिनेछ। संविधानसभाले पारित गरेको अन्तिम मस्यौदाको विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गर्नेछन्। यी सबै विषय साउन मसान्तभित्रै सक्ने तयारी रहेको संविधानसभा अध्यक्ष नेम्वाङको भनाइ छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस