आसन्न स्थानीय तहको निर्वाचनका लागि इटहरीमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच गठबन्धन भएको छ। तीन दलीय गठबन्धन भएसँगै भागबण्डा पनि टुंगिएको छ।
केन्द्रको निर्णय अनुसार पाँच दलीय गठबन्धन गर्ने भनिएपछि यहाँ भने भागबन्डा नमिलेर जनता समाजवादी पार्टी बाहिरिएको छ। राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट मेयरमा उम्मेदवारी परेपनि गठबन्धनमा संवाद गर्न कोही पनि नआएको नेपाली काँग्रेस इटहरी उपमहानगर सचिब विक्रम घिमिरेले बताए। ‘जनमोर्चा पार्टीका कोही पनि गठबन्धनसँग संवाद गर्न सम्पर्कमै आएनन,’ उनले भने, ‘जनता समाजवादी पार्टीसँग सौहार्दपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ।’
तीन दलीय गठबन्धनमा इटहरीमा माओवादी केन्द्रले दुईवटा वडाको नेतृत्व गर्ने अवसर पाएको छ। जसमा वडा नं. १० र १८ को वडाअध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ। यस्तै, अन्य वडामा १७ जना सदस्य पनि माओवादीले पाएको छ।
नेकपा एकीकृत समाजवादीले भने उपमेयरसहित र एक वडा अध्यक्ष पाएको छ। समाजवादीले वडा नं. १४ को वडाअध्यक्ष पाएको छ। शुक्रबार सहमति भएपछि माओवादी र समाजवादीले पाएको वडाबाट नेपाली काँग्रेसका उम्मेदवारी फिर्ता लिए सकेका छन्। मेयर र उपमेयरमा भने शुरुवातमा मनोनयन दर्ता गर्दा नै सहमति भएको थियो।
यहाँ तीन दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेल मेयरका उम्मदेवारी हुन भने उपमेयरमा एकीकृत समाजवादीका केशवकुमार विष्ट छन्। इटहरीमा एमालेका तर्फबाट मेयर याम सुब्बा र उपमेयरमा संगीता चौधरी उम्मेदवार रहेका छन्।
यहाँ मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्व अञ्चल प्रशासक भएका नेता रामकुमार सुब्बा छोरा आकाशहाङ् रहेका छन् भने उपमेयरममा वविताकुमारी चौधरी छन्। राप्रपाका नेता सुब्बाको इटहरीमा प्रभाव रहेको छ। तरपनि तीन दलीय गठबन्धन र एमालेबीच नै यहाँ प्रतिस्पर्धा हुनेछ।
पूर्वकै उदाउँदो शहर इटहरी उपमहानगरपालिकामा अहिलेसम्म काँग्रेसले नेतृत्व लिन सकेको छैन्। २०७४ सालको निर्वाचनमा एमालेका मेयरमा द्दारिकलाल चौधरी र उपमेयरमा लक्ष्मी गौतम बिजयी भएकी थिइन्।
चौधरीले २२ हजार ६८९ मत ल्याएर बिजयी भएका थिए भने गौतमले २१ हजार ८४२ मत ल्याएर बिजयी भएकी थिइन्। त्यो बेला नेपाली काँग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९८५ र उपमेयरमा बिमला ढकालले १८ हजार ३५२ मत ल्याएकी थिइन्।
२०७४ सालको निर्वाचनमा इटहरीमा एमालेले मेयर–उपमेयरसँगै आठवटा वडा २, ४, ५, ९, १८, १९, १३ र १४ मा जितेको थियो। नेपाली काँग्रेसले वडा नं. १, ३, ६, ७, ८, ११, १२, १५, १६, १७ र २० मा जितेको थियो। त्यो बेला लोकतान्त्रिक फोरम नेपालका तर्फबाट वडा नं. १० मा जितेका वडाअध्यक्ष काँग्रेसमा समायोजन भएका थिए। इटहरीमा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले एक जना मात्र जनप्रतिनिधी जितेको थियो।
यहाँ २०७४ सालको निर्वाचनमा ७७ हजार ६ सय ७७ जना मतदाता रहेका थिए। यसपटक भने मतदाता बढेर एक लाख चार हजार ६२६ जना पुगेका छन्। जसमा महिला ५४ हजार सात सय र पुरुष ४९ हजार ९२५ छन्।
इटहरी नगरपालिका छँदा २०५४ को निर्वाचनमा एमालेका सर्वध्वज साँवाले मेयर जितेका थिए। त्यो निर्वाचनमा उपमेयरसहित आठ वटा वडामा पनि एमालेले नै जितेको थियो। वडा नं. ७ मा भने नेपाली काँग्रेसले जितेको थियो।