धरानमा गठबन्धनः तोडिँदै फेरि जोडिँदै
१७ वैशाख २०७९
•
४ मिनेट पाठ
धरानमा गठबन्धनः तोडिँदै फेरि जोडिँदै
धरानमा गठबन्धनबाट मेयरका उम्मेदवार किसोर राई र उपमेयरका उम्मेदवार अइन्द्रबिक्रम बेघा। तस्बिरः नागरिक
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ दलहरुबीचको चुनावी गठबन्धनमा उतारचढाव आइरहेको छ।  




वैशाख ८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी(एस) बीच गठबन्धन भएको पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको थियो। वडाहरु भागबण्डामा असन्तुष्ट कांग्रेसका नेता, कार्यकर्ताहरुले विरोध जनाएपछि पत्रकार सम्मेलनबीचैमा भाँडिएको थियो भने गठबन्धनमा पनि संकट छायो। कांग्रेसभित्रको किचलोका बीच पनि वैशाख १० गते गठबन्धन चार दलबीच संवाद भएको थियो। उक्त संवादमा वडा सदस्यहरुको सिट बाँडफाँडमा असन्तुष्टी जनाउँदै जसपा गठबन्धनबाट बाहिरियो।

सोही दिन बाँकी ३ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले धरानको २० वटा वडामा सदस्यहरुको समेत भागबण्डा गरेका थिए। उक्त सहमतिको धेरै समय टिक्न सकेन। रात नपर्दै कांग्रेसभित्रको अन्तरविरोधले पुनः माओवादीसँग वार्ता भयो, र मेयर उपमेयरबाहेक वडाहरुमा गठबन्धन नगरी आआफ्नै उम्मेदवार उठाएर मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए। धरानको मेयरमा भने कांग्रेस र उपमेयरमा माओवादी केन्द्रले उम्मेदवार उठाउने गठबन्धन दलबीचमा सहमति थियो।

मेयरमा गठबन्धनबाट कांग्रेसका किसोर राई र उपमेयरमा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघाले उम्मेदवारी दर्ता गरे भने वडाहरुमा गठबन्धन दलहरुले आआफ्नै उम्मेदवारहरुको मनोनयन दर्ता गराएका थिए। वडाको गठबन्धन तोडिँदा एउटा मात्र वडा पाएको एकीकृत समाजवादीले त्यो पनि नपाउने भएपछि मेयर र उपमेयरमा पनि उम्मेदवारी दिएको थियो। तर, उम्मेदवारी मनोनयन फिर्ताको दिन शुक्रबार पुनः कांग्रेस र माओवादी केन्द्रले आफ्ना उम्मेदवार फिर्ता गराएर अधिकांश वडाहरुमा गठबन्धन गरेको छ भने एकीकृत समाजवादीले पनि आफ्ना मेयर र उपमेयरको उम्मेदवार फिर्ता गरेर तीन दलीय गठबन्धन कायम गरेको छ।  

मेयरको उम्मेदवारी फिर्ता लिएका नेकपा एस धरानका अध्यक्षसमेत रहेको रेवतीरमण राईले केन्द्रको निर्देशन बमोजिम मेयर र उपमेयरको उम्मेदवारी फिर्ता लिएको र धरानमा गठबन्धन कायमै रहेको बताए। उनले भने, ‘केन्द्रबाट पनि निर्देशन आयो। वडाहरुमा पनि हामीले विभिन्न सिट पायौ, धरानमा गठबन्धन कायमै छ।’ जसपा भने गठबन्धनबाट बाहिर रहेर मेयर, उपमेयरसहित १५ वटा वडामा उम्मेदवारी दिएको छ। जसपा धरानका अध्यक्षसमेत रहेका मेयरका उम्मेदवार ताजुब लिम्बुले कांग्रेस, माओवादीले सम्मानजनक रुपमा आफ्नो पार्टीलाई ग्रहण नगरेको र वडाहरु पनि सम्मानजनक रुपमा बाँडफाँड नभएकोले गठबन्धनमा नरहेको बताए। उनका अनुसार धरानको २० वटा वडामध्ये १५ वटामा जसपाले उम्मेदवारी दिएको छ। वडा १, २, ४, १३ र १४ मा भने उम्मेदवारी नदिएको अध्यक्ष लिम्बुले जानकारी दिए।

धरानको १४ वटा वडामा तीन दलीय गठबन्धन

धरानको २० वटा वडामध्ये १४ वटा वडामा तीन दलीय गठबन्धन भएको छ भने ६ वटा वडामा मैत्रीपूर्ण प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार विभिन्न वडाहरुमा कांग्रेस, माओवादी केन्द्रका उम्मेदवारी फिर्ता भएसँगै वडाहरुमा पनि गठबन्धन कसिलो भएको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले सबै वडामा गठबन्धन गर्ने प्रयास गरेपनि १४ वटामा मात्र सफलता मिलेको बताए। ‘सकेसम्म सबै वडामा गठबन्धन गर्ने प्रयत्न थियो, तर सबैमा भएन। यद्यपी, हामीले १४ वटा वडामा गठबन्धन गरेका छौ,’ उनले भने। कांग्रेसका एक जना वडाध्यक्षले मनोनयन फिर्ता गरे भने गठबन्धनकै लागि माओवादी केन्द्रका ६ जनाले उम्मेदवारी फिर्ता गरेका छन्।

धरानको वडा नं १, २, ३, ६, ७, ९, १०, १२, १३, १४, १५, १६, १८ र १९ वटा वडामा कांग्रेस, माओवादी केन्द्र र नेकपा एसबीच गठबन्धन भएको छ। धरानको वडा नं ४, ५, ८, ११, १७ र २० मा मात्रै एमालेसहित गठबन्धन दलहरुबीचमा पनि मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ।  

उम्मेदवारी फिर्ता लिनेहरुमा वडा नं २ बाट नेकपा माओवादी केन्द्रकी पिंकी अग्रवाल, वडा नं ४ मा नेपाली कांग्रेसबाट गणेश बजगाई, वडा नं ६ मा माओवादी केन्द्रका लोकबहादुर खड्का, वडा नं ९ मा माओवादी केन्द्रका रविन श्रेष्ठ, वडा नं १२ मा माओवादी केन्द्रका गंगा वराल पौडेलले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै, वडा नं १४ मा माओवादी केन्द्रबाट दलबहादुर कठियत, वडा नं १५ मा स्वतन्त्र उम्मेदवार शान्तिराम राई, वडा १५ मा स्वतन्त्र उम्मेदवार गणेश प्रधान, वडा नं १६ मा माओवादी केन्द्रबाट प्रेमबहादुर तामाङले पनि फिर्ता लिएका छन्।

नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेल माओवादी केन्द्र धेरै लचिलो भएकोले अधिकांश वडाहरुमा चुनावी गठबन्धन हुन सकेको बताउँछन्। ‘गठबन्धनको उद्देश्य जित्नु हो। धरानमा माओवादी केन्द्र पनि लचिलो भयो, र अधिकांश वडामा गठबन्धन गर्न सम्भव भयो,’ पोखरेलले भने,‘हाम्रो एक मात्र उद्देश्य जित्नु हो। हामी हाम्रो उम्मेदवार जिताउने गरि लाग्छौ। गठबन्धन नभएको वडामा मैत्रीपूर्ण प्रतिस्पर्धा गछौ।’
अर्को समाचार
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
२६ मिनेट अघि
•
१ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।

पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।

‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।

पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।

पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ



देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस