काठमाडौं- संविधान मस्यौदामा सुझाव संकलनका लागि जिल्ला पुगेका सभासदले समयमा प्रतिवेदन नबुझाउँदा प्रतिवेदन लेखनमा ढिलाइ भएको छ। संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको कार्ययोजनामा साउन ६ गते नै जिल्लाबाट प्राप्त सुझाव संकलन गरेर छोटकरी प्रतिवेदन बुझाउने उल्लेख छ। तर, शुक्रबार बेलुकासम्म जम्मा ३७ वटा जिल्लाको मात्रै प्रतिवेदन आएको संविधानसभा सचिवालयले जनाएको छ।जिल्लाबाट काठमाडौं आइपुग्न समय लागेकाले प्रतिवेदन लेखनमा ढिलाइ भएको एक कर्मचारीले बताए। 'हामी जिल्लामा रहँदा पनि काम रोकेनौं,' उनले भने, 'फुर्सदको समयमा पनि काम जारी राख्यौं तर वर्षाका कारण काठमाडौं आइपुग्नै ढिला भयो, प्रतिवेदन लेखनको काम जारी छ, शनिबारसम्म बुझाउँछौं।'
७५ वटै जिल्लाका २ सय ४० निर्वाचन क्षेत्रमा सुझाव संकलन गरिएको थियो। सबै जिल्लामा दलहरूले संयोजक तोकेर सुझावको प्रतिवेदन बुझाउने भनिए पनि आधाजसो जिल्लाका सुझाव प्राप्त भएका छैनन्। काठमाडौं नजिकका जिल्लाको समेत प्रतिवेदन नआएको समिति स्रोतले जनाएको छ।
'६ गते नै प्रतिवेदन बुझाउत तयार छौं भने पनि अहिलेसम्म जिल्लाको प्रतिवेदन नआउँदा मूल प्रतिवेदन लेखन कार्य रोकिएको छ,' स्रोतले भन्यो, 'समयमा प्रतिवेदन तयार पार्न सकियोस् भनेर हामीले शनिबार पनि काम सुचारु गर्ने भनेका छौं।'
अहिलेसम्म काभ्रे, काठमाडौं, कैलाली, ओखलढुंगा, पाल्पा, अर्घाखाँची, हुम्ला, बैतडी, बाग्लुङ, पर्वत, गोरखा, सोलुखुम्वु, लमजुङ, भक्तपुर, खोटाङ, दैलेख, रसुवा, भोजपुर, गुल्मी, दोलखा, दार्चुला, मनाङ, डडेल्धुरा, मुगु, अछाम, बर्दिया, उदयपुर, रुकुम, रुपन्देही, तेह्रथुम, इलाम, सिन्धुली, बाजुरा, प्युठान, जाजरकोट, मोरङ र बाँकेले मात्रै प्रतिवेदन बुझाएका छन्।
जिल्लामा सर्वसाधारणले दिएका सुझावको भिडियो, अडियो, लिखित, मौखिक सबै सुझाव समेटेर प्रतिवेदन तयार पारिएको छ। 'हामीले सुझाव प्राप्त गर्न सकेको भए मूल प्रतिवेदन लेखनको काम सहज हुन्थ्यो,' स्रोतले भन्यो, 'तर अहिलेसम्म जनताका सुझाव नै नबुझाएपछि लेखन कार्यमा ढिलाइ भएको छ।'
प्रतिवेदन लेखन उपसमितिका संयोजक प्रेम गिरीले जिल्लाबाट आउन केही ढिलाइ भएका कारण सबै सुझाव प्राप्त नभएको बताए। 'जिल्लाबाट आउने सुझाव मूल प्रतिवेदनको अंश हो,' उनले भने, 'सवै सुझाव नआएसम्म मूल प्रतिवेदन तयार गर्न सकिँदैन। हामीले शनिबारसम्म सबै आइसक्ने अनुमान गरेका छौं।'
उनका अनुसार सबै जिल्लाको प्रतिवेदन प्राप्त भएपछि मूल प्रतिवेदन तयार पार्न ३ दिनको समय आवश्यक पर्छ। 'शनिबारसम्म सबै प्रतिवेदन प्राप्त भयो भने मंगलबारसम्म हामीले प्रतिवेदन तयार गरिसक्छौं,' गिरीले नागरिकसँग भने, 'तर शनिबार आएन भने थप ढिला हुन सक्छ।'
उनले अहिलेसम्म प्राप्त सुझावका आधारमा प्रतिवेदन लेखनको काम जारी रहेको बताए। 'आएका विषय डम्प भएका छैनन्,' उनले भने, 'यसमा पनि काम भइरहेको छ।'