काठमाडौं-प्रमुख चार राजनीतिक दलबीच साउन २५ गते संविधान जारी गर्ने सहमति भएकाे सार्वजनिक भएकाे भाेलीपल्ट संविधानसभा अध्यक्ष सुवास नेम्वाङले साउन ३१ गते संविधान जारी गर्न प्रस्ताव गरेका छन् ।
शनिबार प्रमुख चार राजनीतिक दल र संविधानसभा अध्यक्ष सुवास नेम्वाङबीच भएकाे छलपफलमा नेम्वाङले साउन ३१ गते संविधान जारी गर्न प्रस्ताव गरेका हुन् । जुन मितिलाई प्रमुख दलले सहमति जनाएका छन् । अध्यक्ष नेम्वाङले असन्तुष्ट दललाईसमेत सहमतिमा ल्याएर संविधान जारी गर्न नेम्वाङले प्रस्ताव गरेका हुन् । प्रमुख चार राजनीतिक दलबीच शुक्रबार भएकाे बैठकमा साउन २५ मा संविधान जारी गर्ने सहमति भएकाे थियाे ।
बैठकमा नेम्वाङले जनताले एेतिहासिक राय सुझाव दिएकाे भन्दै संवाद समितिमा प्रतिवेदन पठाउनु अघि जनताका रायसुझावमा गंभीर छलफल गर्न अाग्रह गरेका थिए । 'जनताका राय सुझाव एेतिहासिक भएकाले ती विषयमाथि संवाद समितिमा जानुपूर्व नै छलफल गर्न शीर्ष नेतालाई अाग्रह गरेकाे छु, उनले भने ।
एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहालले जनताका राय सुझावका विषयमा छलपफल गर्न अाजै साँझ पाँच बजे प्रमुख दलका शीर्ष नेताकाे बालुवाटारमा बैठक बस्ने जानकारी दिए ।
संविधानसभा अध्यक्षसंग भेट गर्न प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, कांग्रेस उसपभापति रामचन्द्र पौडेल नेम्वाङसँग छलफल गर्न सिंहदरवार पुगेका थिए।