मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्छ: मुख्यमन्त्री पोखरेल
१८ वैशाख २०७९
•
१ मिनेट पाठ
मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्छ: मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्नेमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मजदुरको आर्थिक हैसियत उठाउन सके मात्र लोकतन्त्रको उपादेयता सार्थक हुने बताएका छन्।

'रातदिन श्रम गरेर जीविकोपार्जन गर्ने श्रमजीवीको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास मैले लिएको छु', शुभकामना सन्देशमा भनिएको छ।

विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग नै विराटनगर मजदुर आन्दोलन रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसको जननिर्वाचित सरकारले विसं २०१६ मा कारखाना र मजदुरसम्बन्धी कानुन तर्जुमा गरेर मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरेको स्मरण गरेका छन्।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रपङ्क्तिमा रही सङ्घर्ष गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै उनले मुलुकमा समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरुप लिन सकेमात्र यो वर्ग लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।

शासन व्यवस्था संस्थागत हुने क्रममा नेपाली श्रम क्षेत्रमा अझै पनि धेरै समस्या रहेको उल्लेख गर्दै उनले सन्देशमा उनीहरुको हक, हित सुरक्षाका लागि प्रदेश सरकार सदा प्रतिबद्ध रहेको जनाउँदै सबै मजदुर वर्गमा शुभकामना व्यक्त गरेका छन्।
अर्को समाचार
अन्तर्राष्ट्रिय मजदुर दिवस: श्रमिकको ज्यालाले धानेन महँगी
१९ वैशाख २०८१
•
३ मिनेट पाठ
अन्तर्राष्ट्रिय मजदुर दिवस: श्रमिकको ज्यालाले धानेन महँगी
बाँकेको राप्तीसोनारी–५, सुनटेपरीकी ४२ वर्षीया सत्ररानी थारु नेपालगन्जमा दैनिक ज्यालादारी काम गर्छिन्। करिब दुई वर्षदेखि उनले सात सय रुपैयाँ दिनको ज्याला पाउँछिन्।

यसबाट नेपालगन्जमा कोठा भाडा र घरपरिवारको रेखदेखमा खर्चिन्छिन्। उनको ज्याला नबढे पनि गत वर्षभन्दा यस वर्ष कोठाको भाडा पाँच सय रुपैयाँ बढेर दुई हजार पाँच सय पुगेको छ।

विद्युत् र पानी शुल्क एक सयबाट बढेर दुई सय पुगेको छ। दैनिक उपभोग्य सामानको मूल्य आकाँसिदो छ तर, उनको ज्याला भने कछुवाको गतिमा बढ्छ। दैनिक ज्यालादारी काम गर्ने श्रमिकको अवस्था यस्तै हो।

ज्याला नबढ्ने र दैनिक उपभोग्य सामानको मूल्य आकासिँदै जाँदा श्रमिकहरुलाई दैनिकी चलाउन हम्मेहम्मे भएको छ। सत्ररानीका श्रीमान् घरमा खेती किसानी गर्छन। छोराहरु पढ्छन्। उनीले दैनिक कमाएको पैसाले घर खर्च चल्छ। ‘एक दिनको सात सय रुपैयाँ ज्याला पाउँछु,’ उनले भनिन्, ‘यसबाट बढ्दो महँगी थेग्न मुस्किल छ।

सोही गाउँकी ३४ वर्षीया बेफनी थारुको पनि समस्या उस्तै हो। दैनिक काम गरेको ज्यालाले घर परिवार धान्न मुस्किल हुने उनको भनाइ छ।

‘महिनाको ३० दिन काम पाइँदैन,’ उनी भन्छिन्, ‘पाइएको दिनको ज्यालाले पनि पुग्दैन।’ श्रमिकले धेरै मिहिनेत गर्नु परे पनि ज्याला भने धेरै कम भएको उनको भनाइ छ। श्रमिकको परिश्रमको मूल्य ज्यालाले धान्न नसक्ने भन्दै उनले भनिन्, ‘महँगी थेग्न सक्ने ज्याला भए हाम्रो पसिनाको कमाइमा सन्तोष हुन्थ्यो।’

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ। विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा यसलाई पर्वको रुपमै मनाइन्छ। तर, यतिबेला राज्यले श्रमिकका लागि उचित कार्यक्रम ल्याउन नसक्दा भने पर्व मनाउने श्रमिक चिन्तित छन्।

१९ औँ शताब्दिको औद्योगिकीकरणमा युरोपका उद्योगपतीहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रम शोषण गरिरहेको कहाली लाग्दो परिस्थितिका बीच त्यहाँका मजदुरहरूले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता, उपयुक्त श्रमज्वाला, उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोष गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माग गरे।

उनीहरु आन्दोलनमा उत्रिएका थिए। केही हिंसात्मक गतिविधिसमेत भएका थिए। सुरुमा न्यून पारिश्रमिकले श्रम शोषण भएको भन्दै आन्दोलन सुरु भए पनि आजको युगमा पनि श्रमिकहरुले त्यही न्यूनतम ज्याला पाइरहेका छन्। काम गरेवापत पाउने ज्यालाले महँगीसँग प्रतिस्पर्धा गर्न नसकेको श्रमिकहरुको भनाइ छ।

‘हामीले पाउने ज्याला सम्मानजनक छैन,’ नेपालगन्जमा दैनिक ज्यालादारी काम गर्ने हर्कबहादुर सुनारले भने, ‘जसले जति ठूला भाषण गरे पनि हाम्रो पसिनाको मूल्य पाउन सकेका छैनौं।’ जब श्रमिकले न्यायोचित पारिश्रमिक पाउछन् तब मात्र मजदुर दिवस र त्यस दिनमा दिने भाषणले सार्थकता पाउने उनको भनाइ छ।

दैनिक रुपमा जिल्ला प्रशासन कार्यालयका ३० देखि ५० जनासम्मले राहदानी लिने गर्छन्। नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकाबाट मात्र रोजगारीका लागि भारतका विभिन्न ठाउँ जानेको संख्या उच्च छ। यहाँबाट दैनिक एक हजारभन्दा बढी नेपाली रोजगारीकै लागि भारत जाने गरेका छन्। यदि यहाँ पाउने पारिश्रमिकले घरपरिवार चलाउन समस्या हुन्थ्येन भने रोजगारीका लागि विदेशिनेको संख्या कम हुने श्रमिक नेताहरुको भनाइ छ।

श्रमिक दिवस मनाएर मात्रै श्रमिकको हित हुँदैन। सरकारले औद्योगिकीकरणमा ध्यान दिए सम्मानजनक पारिश्रमिकको व्यवस्था गरे आफ्नो श्रमको न्याय हुने र दिवसले सार्थकता पाउने उनीहरुको भनाइ छ।

सरकारले २०८० साउन १ गतेदेखि लागु हुने गरी २०८०/०८१ लागि श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको थियो। जसमा चिया बगान बाहेकका श्रमिकको मासिक आधाभूत पारिश्रमिक १० हजार आठ सय २० र महँगी भत्ता ६ हजार चार सय ८० गरी १७, हजार तीन सय रुपैयाँ निर्धारण गरेको थियो।

त्यस्तै चिया बगानका श्रमिकको हकमा मासिक न्यूनतम आठ हजार नौ सय ३४ र महँगी भत्ता चार हजार नौ सय ५९ गरी जम्मा १३ हजार आठ सय ९३ रुपैयाँ निर्धारण गरेको थियो।  

जिल्ला प्रशासन कार्यालयहरुले पनि सार्वजनिक खरिद नियमावली २०६४ को परिच्छेद १५ को नियम १४८ (१) बमोजिम जिल्ला दररेट निर्धारण समितिको बैठकबा ज्यालादर कायम गर्छन। जुन ज्यालादरमा श्रमिक खुसी हुन सकेका छैनन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस