काठमाडौं- एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली कम्युनिस्टको एजेन्डा नभएको बताएका छन्।
आफैंले आयोजना गरेको 'प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली' विषयक अन्तरक्रियात्मक कार्यक्रममा दस्तावेज प्रस्तुत गर्दै भट्टराईले सो एजेन्डा 'माओवादी' वा 'कम्युनिस्ट' को नभएको प्रस्टाएका हुन्।
'प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली कुनै माओवादी वा कम्युनिस्ट एजेन्डा हु"दै होइन,' भट्टराईले भने, 'किनकि आजसम्मका कुनै पनि कम्युनिस्ट मुलुकमा यो प्रणाली प्रयोगमा छ"दै छैन।' कुनै व्यक्ति विशेष नै यो प्रणालीबाट निर्वाचित हुन्छ भन्ने आशंका हो भने संविधानमा अहिल्यै विशेष व्यवस्था गरेर उसलाई उम्मेदवारीबाट वञ्चित गर्ने हो वा के गर्ने हो भन्ने सोच्न पनि भट्टराईको आग्रह थियो।
'तर देश, जनता र भावी पुस्ताको निम्ति नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकै व्यवस्था गरौं, चन्द्रमामा (अब त प्लुटोमा) पुग्ने लक्ष्य राख्ने हो भने बयलगाडा होइन अन्तरिक्षयान नै प्रयोग गरौं,' भट्टराईको जोड छ। भट्टराईले संसदीय शासन प्रणालीले मुलुकको हित नहुने भन्दै आलोचनासमेत गरे।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईले संविधानको प्रारम्भिक मस्यौदा जनतासमक्ष सुझावका लागि पुर्यासएर फर्केको पाँच दिनपछि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा जनमत जुटाउने प्रयासस्वरूप उक्त कार्यक्रम आयोजना गरेका हुन्।
संविधानको पहिलो मस्यौदामा सुझाव संकलन क्रममा अधिकांशले प्रत्यक्ष कार्यकारी प्रणालीको पक्षमा मत दिएका छन्। 'प्रत्यक्ष निर्वाचित कार्यकारी वा संसदीय शासकीय प्रणालीको मुद्दा कुनै ठूलो वैचारिक वा दार्शनिक नभएर विशुद्ध व्यावहारिक र उपयुक्तताको मुद्दा हो, यी दुवै पुँजीवादी लोकतन्त्रकै भिन्न–भिन्न शासकीय मोडेल मात्र हुन्,' भट्टराईको प्रस्टोक्ति छ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले राजनेता जन्माउने उनको दाबी छ। 'निश्चित रूपमा यो प्रणालीमा पार्टीका केही नेताको मात्र हालिमुहाली रहन सक्दैन, पार्टी प्रमुख भएर वा उसको निकट रहेर मात्रै कोही कार्यकारी प्रमुख बन्न सक्दैन, ऊ आफैंमा सक्षम र लोकप्रिय पनि हुनु अनिवार्य हुन्छ,' भट्टराईको भनाइ छ, 'तसर्थ यो प्रणालीले पार्टीहरुको आन्तरिक लोकतन्त्रीकरण पनि गर्छ र 'पार्टी नेता' मात्र होइन वास्तविक 'राजनेता' जन्माउँछ।' सबै जाति र क्षेत्रको समर्थनबिना कार्यकारी पदमा पुग्न सक्दैन।
प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा लबिङ गर्दै आएको माओवादीले १६ बुँदे सहमतिमार्फत आफ्नो सो एजेन्डा छाडेेको थियो तर भट्टराईले राष्ट्रपति वा प्रधानमन्त्री कुन मोडेलमा जाने हो, त्यो प्रस्ट्याएका छैनन्। 'नेपाली इतिहासमा पहिलोचोटि संविधानसभामार्फत नया" संविधान बन्न लागेको सन्दर्भमा नया" शासकीय प्रणाली अपनाउनु नै श्रेयस्कर हुन्छ र त्यसनिम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) नै उपयुक्त हुन्छ भन्ने सुझाव अहिले व्यापक रूपमा आएको छ।' अन्तरिम संविधान बनेलगत्तै ७–७ जना प्रधानमन्त्री फेरिएको उदाहरण दिँदै भट्टराईले मुलुकको कार्यकारी हुन रोलक्रममा बस्नुपर्ने बाध्यता हट्ने उनको भनाइ छ।
'कार्यकारीले बिना राजनीतिक किचलो विकासलाई गति दिन सक्छ, आमरूपमा लोकतन्त्रको जरो देशका कुनाकाप्चामा विस्तारित हुनेछ, यसका अतिरिक्त नया" पुस्ताले राजनीतिक नेतृत्वको अवसर पाउने छन्,' भट्टराईको दाबी छ, 'दलको रोलक्रमको प्रधानमन्त्री हुने पालो कुर्दा ८० वर्ष नाघ्ने नौवतबाट नया" पुस्ताले मुक्ति पाउनेछ।' संसदीय प्रणालीमा रकम चलखेल, प्रभावको चलखेल हुने हुँदा साँचो अर्थमा जनताको मत प्रकट नहुने उनको भनाइ छ।