राष्ट्रिय जनमुक्ती पार्टीका ठाकुर रोका २०७० मा भएको पछिल्लो संविधानसभा निर्वाचनमा उम्मेदवार बने। एमालेका शंकर पोख्रेल, कांग्रेसका बुद्धिराम भण्डारीसंग दाङ क्षेत्र नम्बर ३ मा भिडेका रोकाले जम्मा १ सय २७ मत मात्रै पाए। त्यो बेला यो क्षेत्रबाट कांग्रेसका भण्डारी निर्वाचित भएका थिए।
संविधानसभा निर्वाचनमा जनमुक्ती पार्टीको उम्मेवार बनेका रोका ४ वर्षपछि फेरि चुनावी मैदानमा उत्रिए। दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सभा सदस्यको उम्मेदवार बनेका रोकाले अघिल्लो ४ वर्षको भन्दा १ सय बढी मत पाए। माओवादीका कृष्णबहादुर महरासंग चुनावमा भिडेका रोकाले २ सय २९ मत पाए।
९ वर्षको अवधिमा संविधानसभा, प्रतिनिधिसभामा दुईपटक चुनावी मैदानमा होमिएका रोका चुनावी हारले थाकेका छैनन्। झिनो मत प्राप्त गर्दै आएका उनी चुनावी प्रतिष्पर्धामा निरन्तर होमिइरहेका छन्। अहिले उनी घोराही उपमहानगर पालिकाको मेयरको उम्मेदवार बनेका छन्। रोकालाई अहिले पनि चुनाव जीत्ने आत्म विश्वास छैन।
तर पहिलेको तुलनामा मत बढाउने आशा राखेका रोकालाई आफ्नो दलको अस्तित्व जोगाउन चुनावमा भिड्नु अर्को प्रमुख अभिभारा छ। ‘म संविधानसभा र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेँ, थोरै मत प्राप्त गरेँ र हारेँ,’ रोकाले भने, ‘तर म हारले थाकिनँ, किनकी राजनीतिमा हरेश खानु हुँदैन, हारले नै सफता दिलाउने हो।’ ठूला दलहरु प्रतिको वितृष्णाका कारण उनले अहिले आफ्नो मत बढ्ने अपेक्षा राखेका छन्।
मेयरको रेसमा रहेका रोकाले चुनावी प्रचारलाई निरन्तरता दिइरहेका छन्। जिल्लामा कार्यकर्ताको सानो पंक्ती रहेको जनमुक्ती पार्टीको यही शक्तिलाई उनले चुनावमा प्रयोग गरिरहेका छन्। ‘म चुनावी प्रचारमै छु,’ उनले भने, ‘हाम्रो पार्टीको जनशक्ति जति छ, त्यही शक्ति चुनावमा प्रयोग भएको छ।’
रोकाले आफ्नो चुनावी लडाईलाई मेयरमै टुंग्याउने पक्षमा छैनन्। स्थानीय तहको निर्वाचनमा पराजित भए आगामी प्रतिनिधिसभाको निर्वाचनमा पुनः उम्मेदवार बन्ने योजना बनाईसकेका छन् उनले। उनले भने, ‘अहिले हार भयो भने प्रतिनिधिसभाको उम्मेदवार बनेर फेरि चुनावमा भिड्छु।’
नेकपा मालेका जिल्ला अध्यक्ष नेत्रप्रकाश पाण्डे पनि अहिले घोराही उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका छन्। यो चुनावी लडाई उनको पहिलो हैन, उनी तेस्रो पटक अहिले भिड्दैछन्। २०७० मा भएको पछिल्लो संविधानसभा निर्वाचनमा भिडेका पाण्डेले त्यो बेला १ हजार बढी मत पाए। संविधानसभा निर्वाचनमा पहिलो चुनावी लडाई लडेका पाण्डे गत स्थानीय तहको निर्वाचनमा फेरि भिडे। गत स्थानीय तहको निर्वाचनमा पनि घोराही उपमहानगरपालिकाको मेयर पदमा भिडेका पाण्डेले ५ सय मत कटाए। अहिले पुनः यही उपमहानगरकै मेयर पदमा भिडेका पाण्डे आफ्नो मत बढ्नेमा पूरापुर आशावादी छन्।
उनले भने, ‘ठूला दलहरुले गरेका गलत कदमका कारण मतदाताहरुमा वितृष्णा उत्पन्न भएको छ, यसर्थ ती मतदाताहरुको रोजाईमा हाम्रो दल पर्छ भन्नेमा कुनै शंका छैन।’ चुनावी जीतको ठूलो आशाभन्दा पनि आफ्नो दलको अस्तित्व जोगाउनुलाई उनले आफ्नो उम्मेदवारीको प्रमुख लक्ष्य बनाएका छन्।
एमसिसी प्रकरण लगाएत ठूला दलहरुबाट भएका अन्य गलत कदमहरुलाई चुनावी अजेण्डा बनाएको नेकपा मालेले ठूला दलहरुको भोट खोस्ने विश्वासमा छ। ‘ठूला दलहरुले गरेका राष्ट्रहित विपरितका कदमहरुलाई हामीहरुले मतदाता सामु प्रष्ट पार्ने गरेका छौँ,' पाण्डेले भने, ‘पक्कै पनि मतदाताहरुले यस्ता गलत कदमहरुलाई बुझ्नु भएको छ भन्ने लागेको छ।’
हरेक निर्वाचनमा थोरै मत पाउँदा पनि निरन्तर चुनावमा भिडिरहने साना दलहरुका लागि आफ्नो अस्तित्व बचाउने माध्यम भनेकै निर्वाचन हो। फलतः थोरै मत प्राप्त गरेर निर्वाचनमा पराजित हुँदा पनि उनीहरु चुनावी प्रतिष्पर्धामा हरेक पटक सहभागी हुने गर्दछन्। घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतम भन्छन्, ‘साना दलहरुका लागि चुनाव हार जीतको लडाईभन्दा पनि पार्टीको अस्तित्व जोगाउने अवसर बनेको हुन्छ।’ उनका अनुसार पार्टीलाई जीवन्तता दिने भनेको पार्टीको अधिवेशन र अद्यावधि निर्वाचननै हुन्। दलहरुले निर्वाचनमा भाग नलिएको खण्डमा कार्यकर्ताहरु परिचालित हुँदैनन् र पार्टीलाई जीवन्त राख्न समस्या रहन्छ। ‘दलहरुले निर्वाचनमा भाग लिएनन् भने कार्यकर्ताहरु परिचालित हुँदैनन्,’ गौतमले भने, ‘जब कार्यकर्ताहरु परिचालित हुँदैनन्, तब पार्टी जीवन्त रहँदैनन्, किनकी कार्यकर्ताहरुमा उर्जा रहन्न र कार्यकर्तामा उर्जा नभए पार्टीको अस्तित्व मेटिँदै जान्छ।’