भक्तपुर नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका अधिवक्ता सत्यराम त्वायनाले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आइतबार पत्रकार सम्मेलन गरी मेयरका उम्मेदवार त्वायनाले २४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।
सार्वजनिक प्रतिबद्धता पत्रको पहिलो नम्वरमा नगरको खानेपानी समस्या समाधान गरिदिने रहेको छ। आफू मेयर पदमा विजयी भए दुई महिनाभित्र नगरभित्रको खानेपानीको समस्या समाधान गरिदिने उल्लेख छ। साथै भूकम्पले भत्केका व्यक्तिगत घरहरु बनाउन सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका छन्। अहिले नगरपालिकाले साँंस्कृतिक सम्पदाहरु मात्रै जोगाउनतिर लागेको भन्दै दुःख व्यक्त गरे।
सम्मेलनमा त्वायनाले भक्तपुर नगरपालिकाबाट पीडितहरुको तर्फबाट आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताए। विशेष गरेर नगरपालिकाबाट गरेको देको मिवा इतापाके जग्गा एकीकरण आयोजना पीडित संघर्ष समितिको तर्फबाट आफूले उम्मेदवारी दिएको उनले बताए। यो क्षेत्रमा जग्गा पीडितहरु विशेष गरेर भक्तपुर नगरपालिका वडा नं २ व्यासी र वडा नं ६ महाकाली क्षेत्रका रहेकाले आफूसहित उक्त दुई वटा वडामा वडाध्यक्षहरु पनि संयुक्त रुपमा उम्मेदवारी दिएको उनले बताए।
उनले आफूहरुको मागहरु कुनै राजनीतिक दलले पूरा गरिदिने लिखित प्रतिबद्धता जनाए आफू पछि हट्न सक्ने पनि बताए। उनले यसका लागि नेपाली कांग्रेस, एमाले, राष्टिय प्रजातन्त्र पार्टीलगायतका ठूला दलहरुसँंग वार्ता चलिरहेको बताए। नगरमा प्रभुत्व रहेको नेपाल मजदुर किसान पार्टीसँंग भने यस विषयमा कुराकानी नभएको उनले जानकारी गराए।