मत बदर हुन नदिन के गर्ने?
१९ वैशाख २०७९
•
४ मिनेट पाठ
मत बदर हुन नदिन के गर्ने?
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचनमा भाग लिने मतदाताको संख्या उल्लेखनीय रूपमा हुने देखिन्छ। तर मतदान गर्ने क्रममा मत बदर हुँदा परिणाम उल्टो पनि आउने सम्भावना रहन्छ। 




यसपटक पनि मत बदर हुन सक्ने प्रबल सम्भावना भएकाले यसबारे सम्बन्धित दलहरू र निर्वाचन आयोगले ध्यान दिनुपर्ने बेला आएको छ। मतदातालाई मतदानमा सहभागी गराउने र मतदान गर्न सक्षम बनाउने दुबै कार्य बराबर रूपमा भएमा मात्र वास्तविक रूपमा लोकतन्त्र बलियो बन्ने विश्वास गरिन्छ।

स्थानीय तहको निर्वाचन २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो। पहिलो चरणको निर्वाचनमा ७१ प्रतिशत, दोस्रो चरणको निर्वाचनमा ७० दशमलव ५ प्रतिशत, तेस्रो चरणको निर्वाचनमा ७७ प्रतिशत मत खसेको थियो। तर २०७४ को स्थानीय निर्वाचनमा समग्रमा ३ दशमलव १८ प्रतिशत बदर भएको थियो। मत बदरलाई न्यूनीकरण गर्न भनेर त्यो साल निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहको गरी मतदाता शिक्षामा १ अर्ब ५० करोड खर्च गरेको थियो।

प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचन २०७४ मा झन्डै १० प्रतिशत मत बदर भएको थियो। प्रतिनिधिसभामा समानुपातिकतर्फ १० लाख ४२ हजारभन्दा बढी मत बदर भएको थियो। यसरी बदर भइ मतदाता शिक्षाको नतिजा अपेक्षाकृत नआएपछि मतदाता शिक्षाबारे प्रश्न उठेको छ।

यसपालि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम अघि बढाएको छैन, यसपटकको निर्वाचनमा पहिलो पटक मतपत्र हरियो मसीले छपाई गरिएको छ भने यसपटक विद्युतीय प्रणालीबाट मतदान पनि नहुने भएको छ। यसकारण पनि मत बदर संख्या बढ्न सक्ने विश्लेषण छ।

‘मतपत्रमा कसरी मतदान गर्ने भन्ने विषयमा शिक्षा नपाउँदा मत अवैध बन्ने क्रम झन् बढी देखिन्छ’ एक विश्लेषकले भने। मतदाता शिक्षा नपाएपछि अहिले जनतालाई पार्टीहरूबाटै मतदान गर्न सिकाउने बेला आएको छ। हुन त पाँच दलीय गठबन्धनमा उठेको साझा उम्मेदवारलाई कुनकुन चिह्नमा मतदान गर्ने भन्नेबारे उनीहरू आफैले प्रचारप्रसार गरिरहेको अवस्था छ भने अर्काको निर्वाचन चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवारले पनि सामाजिक सञ्जालबाट स्पष्ट पार्ने प्रयास गरिरहेको अवस्था छ। सामाजिक सञ्जालको पहुँच नपुगेका स्थानमा भने समस्या पर्न सक्ने देखिन्छ।

बहुदलीय व्यवस्था आएपछिका हरेक निर्वाचनमा सरदर ५ प्रतिशत मत बदर हुने गरेको निर्वाचन आयोगको रेकर्डले देखाउँछ। मत बदर हुनुको प्रमुख कारण मतदाता शिक्षा प्रभावकारी नहुुनु नै हो भन्ने कुरा आयोगका पूर्वपदाधिकारीहरू नै स्वीकार गरे पनि मतदाता शिक्षामा सुधार गर्नुपर्ने विषयमा आयोगले धेरै ध्यान दिएको अवस्था छैन।

बदर मतलाई विश्लेषण गर्दा स्वस्तिक छाप सही रूपमा नलगाएर, एउटै चुनाव चिह्नमा धेरैपटक स्वस्तिक चिह्नको प्रयोग गरेर, स्वस्तिक चिह्नको सट्टा औंठा छाप लगाएर, चुनाव चिह्नमा डटपेनको प्रयोग गरेर, तोकिएको घेराभित्र बाहिर स्वस्तिक छाप पारे, एउटै पदमा धेरै उम्मेदवारलाई मतदान गरेर मत बदर भएको देखिन्छ। एउटै पानामा लामो मतपत्र र थरीथरी चुनाव चिह्नका कारण पनि मतदाता अलमलमा परेर मतपत्र बदर हुने गरेको छ।

स्थानीय तहमा अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य, वडा सदस्य दुईजना गरी सात जनालाई मतदान गर्नुपर्ने हुन्छ। एउटै पार्टीको व्यक्तिलाई मतदान दिने हो भने कुनै समस्य पर्ने छैन। तर गठबन्धनमा रहेका नेतालाई मतदान गर्दा निर्वाचन चिन्ह तलमाथि रहेकाले मत बदर हुने सम्भावना उत्तिकै रहेको छ।  

नागरिकलाई मतदान गर्नका लागि मतपत्रको हातहातमा व्यवस्था गरी मतदान गर्न लगाउने एउटा तरिका हो। तर फरक दलका फरक फरक चुनाव चिह्न भएकाले आफूले मत माग्दा आआफ्नो चुनाव चिह्नमा मतदान गर्न सिकाउने गर्दछन्। जसबाट सर्वसाधरण जनता दोधारमा पर्ने गरेका छन्। यस्तो अवस्थामा कि अन्य ठाउँमा मत जान सक्छ, कि मत बदर हुन सक्छ। आगामी वैशाख ३० गते हुन गइरहेको चुनावमा तीब्र प्रतिस्पर्धा हुने अवस्था छ। राजनीतिक दलका नेताहरू चुनावी प्रचारप्रसार तीब्र रूपमा अघि बढाउन थालेका छन्।

स्थानीय तहको निर्वाचनमा ३५ हजार २२१ पदका लागि कूल एक लाख ५३ हजार २२० जनाले उम्मेदवारी दिएका छन्। ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडामा निर्वाचन हुँदै छ। निर्वाचनका लागि १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ। यस निर्वाचनमा आयोगले सबै उम्मेदवारले प्रचारप्रसारलगायत चुनावी खर्च गर्न पाउने सीमासमेत निर्धारण गरेको छ।

तीमध्ये महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई सात लाख ५० हजार, महानगरका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई तीन लाख, उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई पाँच लाख ५० हजार, उपमहानगरपालिकाका वडाध्यक्ष र सदस्यलाई दुई लाख ५० हजार खर्चको सीमा निर्धारण गरिएको छ।

त्यस्तै नगरपालिका प्रमुख र उपप्रमुखलाई चार लाख ५० हजार, नगरपालिकाका वडाध्यक्ष र सदस्यलाई दुई लाख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई तीन लाख ५० हजार, गाउँपालिका वडाध्यक्ष र सदस्यलाई एक लाख ५० हजारको खर्च सीमा निर्धारण गरिएको छ ।
अर्को समाचार
खोटाङका २ स्थानीयतहमा नमूना मदतान
२२ कार्तिक २०७९
•
३ मिनेट पाठ
खोटाङका २ स्थानीयतहमा नमूना मदतान
उदयपुरको कटारीमा आयोजित नमूना मतदान कार्यक्रम। तस्बिर: महेश्वर/नागरिक
आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी खोटाङका दुई स्थानीयतहमा नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ। जिल्लाका जन्तेढुंगा र बराहापोखरी गाउँपालिकामा सोमबार नमूना मतदान सम्पन्न गरेको निर्वाचन कार्यालय खोटाङले जनाएको छ। निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले मतदातालाई मतदानबारे सुक्ष्म जानकारी गराउन तथा मत बदर हुन नदिन नमूना मतदान कार्यक्रम गरिएको बताए। 




उनका अनुसार कर्मचारी, सुरक्षाकर्मी, नागरिक अगुवामार्फत सर्वसाधारणलाई मतदान गर्ने तरिका सिकाउन ‘मतदाता शिक्षा कार्यक्रम’ अन्तर्गत नमूना मतदान कार्यक्रम आयोजना गरिएको हो। महिला, पुरुष र अशक्त, अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टाछुट्टै लाईन बनाएर मतदाता परिचयपत्र तथा मतदान अधिकृतको हस्ताक्षर रुजु र गोप्य कोठामा मत हाल्नेलगायत सबै मतदानको प्रक्रिया अपनाइएको थियो।

त्यसैगरी सर्वसाधारणलाई स्वस्तिक छाप लगाउन र मतपत्र पट्याएर मत पेटिकामा खसाल्ने विधिसमेतबारे जानकारी दिइएको निर्वाचन कार्यालयले जनाएको छ। नमूना मतदान गर्दा जन्तेढुंगा गाउँपालिकामा १ सय ३५ मत खसेको थियो भने बराहपोखरी गाउँपालिकामा १ सय ६० मत खसेको थियो। खसेका मतमध्ये जन्तेढुंगामा ५ मत र बाराहापोखरीमा १२ मत बदर भएको राईले बताए। सूचना अधिकारी राईले स्थानीयतह र प्रतिनिधिसभा तथा प्रदेशको चुनावमा चुनाव चिन्ह फरक हुने भएकाले मतदाता झुक्किएर बदर मत भएको अनुमान गरे।  

स्थानीयतहको चुनावमा ७ वटा चुनाव चिन्हमा मत हाल्नुपर्ने तर, प्रतिनिधिसभा र प्रदेशसभामा फरक फरक मतपत्रमा एक/एकवटा मात्र हाल्नुपर्ने भएकाले मतदाता झुक्किएको उनको भनाई छ। यो चुनावमा मतपत्रको आकार, रङ, चुनाव चिन्ह, मतदान गर्ने तरिका र बदर हुन नदिन अपनाउनुपर्ने सचेतनाबारे नमूना मतदानमा सिकाइएको उनले बताए।  

आगामी चुनावमा सकेसम्म मत बदर हुन नदिन जिल्लाव्यापी नमूना मतदान कार्य गर्ने योजना रहेको कार्यालयले जनाएको छ। खोटाङमा २ नगर र ८ गाउँपालिका गरी १० वटा स्थानीयतह रहेका छन्। सदरमुकाममा दिक्तेल रुपाकोट मझुवागढी र पश्चिम भेगमा हलेसी तुवाचुङ नगरपालिका रहेका छन् भने बाँकी गाउँपालिका छन्। निर्वाचन कार्यालयले १० वटै स्थानीयतहमा नमूना मतदान गर्ने क्रम चलिरहेको जनाइएको छ।

चुनाव हुन १२ दिन बाँकी रहँदासम्म निर्वाचन कार्यालयले मतपेटिका, आयोगबाट प्राप्त भएको समानुपातिकतर्फको मतपत्र मतदान केन्द्र पठाउने तयारी गरेको छ। खोटाङमा १ सय ३६ मतदानस्थल र १ सय ९४ मतदान केन्द्र तथा २ अस्थायी मतदान केन्द्र रहेका छन्। त्यसका लागि ७ सय ९२ थान मतपेटिका पठाउने तयारी गरेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार प्रत्येक मतदान केन्द्रका लागि ५ वटा मतपेटिका र २ अस्थायी मतदान केन्द्रमा १/१ वटा मतपेटिका प्रयोग हुने छ। प्रत्यक्ष र समानुपातिक मत खसाल्न प्रत्येक मतदान केन्द्र ४/४ वटा मतपेटिका प्रयोग हुने भए पनि थप १ थान मतपेटिका भईपरी आउनसक्ने भन्दै जगेडाका लागि मतदान केन्द्र पठाउन लागिएको हो।

खोटाङमा यो चुनावमा १ लाख ४२ हजार ७ सइ ९२ जनालाई मताधिकार रहेको छ। यसअघि मतदाता नामावलीमा दर्ता गराएका तर, परिचयपत्र पाउन बाँकी मतदातालाई पनि निर्वाचन आयोगले मतदान गर्न पाउने व्यवस्था मिलाएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए। गौतमका अनुसार मतदाता नामावलीमा नाम रहेको तर परिचयपत्र नभभएका मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र तथा नेपाल सरकारद्वारा जारी परिचय खुल्ने अन्य कुनै कागजातको आधारमा पनि मतदान गर्न पाउने छन्।  

गत वैशाख ३० मा सम्पन्न स्थानीयतह चुनावमा फोटोसहितको मतदाता नामावलीमा नाम भए पनि मतदाता परिचयपत्र नभएकालाई मतदान गर्न दिइएको थिएन। त्यस्तो व्यवस्थाले मताधिकार हनन् भएको ठहर गर्दै मंसिर ४ को चुनावमा यो व्यवस्था गरिएको उनले बताए।
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस