काठमाडौं–सत्तारुढ दल नेकपा एमालेभित्र जनताको सुझावलाई समेटेर साउन मसान्तभित्रै संविधान जारी गर्नुपर्ने आवाज उठेको छ ।आइतबारदेखि सुरु केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले साउन मसान्तभित्र संविधान जारी गर्ने कार्यतालिकालाई असर नपर्ने गरी जनताका राय सुझाव सम्बोधन गर्नुपर्ने आवाज उठेको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जानकारी दिए ।बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्षले प्रतिवेदनमा संविधान निर्माणलगायतका पाँच वटा एजेण्डा प्रस्तुत गरेको सुनुवारले जानकारी दिए ।
बैठकमका बोल्ने अधिकांश सदस्यले संविधान एमालेको एजेण्डा अन्य दलको नहोस भन्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका थिए । 'संविधान निर्माणमा नेतृत्वले खेलेको भूमिका प्रशंषायोग्छ छ तर संविधान एमालेको एजेण्डा अरु दलको हुने खतरातर्फ सदस्यहरुले सचेत गराएका छन,' सुनुवारले नागरिकन्युजसँग भने ।
सदस्यहरुले पछिल्लोसमयमा पार्टीभित्र देखिएको विवादका विषयमा पनि आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अन्य दलको तुलनामा एमालेभित्र कम विवाद भएको भएपनि पछिल्लो समयमा नेतृत्वले पेलेर जाने रणनीति लिएको भन्दै सेचत गराएकी थिइन ।
आज बोल्ने सदस्यले जनतबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा एमालेले अडान राख्नु पर्ने सुझाव दिएका थिए । उनीहरुले प्रतिनिधिसभा प्रत्यक्ष र राष्ट्रिय सभालाई पुर्णसमानुपातिक बनाउनसमेत नेतृत्वलाई सुझाव दिएका थिए ।
बैठकमा सदस्यहरुले पार्टीले पहिला पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अडान राखेको र त्यसैलाई पुष्टि हुने गरी जनताको सुझाव आएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा लविङ गर्न सुझाव आएको केन्द्रीय सदस्य सुनुवारले जानकारी दिए ।
'आज बोल्ने अधिकांश सदस्यले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा सुझाव दिनु भएको छ,' उनले भने,'एमालेले पहिला पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा अडान राखेका थियो । अब पनि त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने सुझाव आएको छ ।'
राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आफ्नो दलको दुई तिहाइ बहुमत नभएका कारण कतिपय एजेण्डा छोड्नु परेको बताएका थिए । 'हामीले भनेजस्तो संविधान जारी गर्न हामीसँग दुई तिहाइ बहुमत छैन,' ओलीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने,' त्यही भएर कतिपय कुरामा 'गिभन टेक' गर्नु परेको हो ।'
उनले यो वा त्यो वहानामा संविधान जारी गर्न ढिला गर्न नहुने भन्दै जनताबाट आएका सुझावलाई सम्बोधन गर्दा पनि साउन मसान्तभित्रै संविधान जारी गर्ने बताएका थिए ।बैठक साउन १२ गतेसम्मका लागि स्थगित भएको छ ।