'विदेशी गुहार्ने राष्ट्रवादी हुन सक्दैन'-
विराटनगर, पुस ११ (नागरिक)- मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले भारतले नेपालको राजनीतिमा चासो देखाउनु स्वाभाविक भएको बताएका छन्। विदेशी प्रभुको हौवा दिएर मुख्य दलका नेताले दलगत स्वार्थ पूरा गर्न खोजेको आरोप पनि उनले लगाए।
‘मुख्य दलका नेताले दलगत स्वार्थका लागि मुलुकको सार्वभौम सत्ता र राष्ट्रिय अखण्डतामा अघात पुग्ने गरी जथाभावी बोल्ने प्रवृत्ति गैरजिम्मेवार छ’– विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसित कुरा गर्दै फोरम अध्यक्ष यादवले भने।
‘देशको समस्या हामी आफैं समाधान गर्न सक्छौ’, उनले भने- ‘अरु देशलाई गुहार्नु लोकतान्त्रिक पद्दति होइन, गैरजिम्मेवार काम हो।’ एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति फोरम अध्यक्ष यादवको कडा प्रतिक्रिया थियो।
उनले भने- ‘गलत हौवा दिएर विदेशलाई गुहार्ने र छिमेकी राष्ट्रको विरोध गरेर कोही पनि राष्ट्रवादी हुन सक्दैन।’ यादवले छिमेकीको नाताले भारतले नेपालको राजनीतिमा चासो राख्नु स्वाभाविक बताउँदै त्यसलाई हस्तक्षेप भन्नु गलत रहेको पनि बताए।