काठमाडौं–संसद सचिवालयले जनतको राय सुझाव संकलनका क्रममा ८ करोड ५० लाख ७६ हजार ५ सय रुपैंया खर्च भएको प्रारम्भिक अनुमान गरेको छ । उक्त रकम सभासद र सचिवालय कर्मचारी सुझाव संकलनका क्रममा जिल्ला जाँदा खर्च भएको हो ।संसद सचिवालयका अनुसार एक सभासदलाई जिल्ला जाँदा सात दिनसम्मको दैनिक २५ सयका दरले भत्ता उपलब्ध गराएको थियो। ५ सय ९८ सभासद सुझाव संकलनका क्रममा जिल्ला गएका थिए। यसैगरी सचिवालयले प्रतिकर्मचारी दैनिक १८ सय भत्ताको व्यवस्था गरेको थियो।

सचिवालयबाट ३ सय कर्मचारी सुझाव संकलनका क्रममा जिल्लामा खटिएका थिए। सभासद र खटिएका कर्मचारीका लागि फुटकर खर्च भन्दै सचिवालयले प्रतिव्यक्ति हजार रुपैयाँ उपलब्ध गराएको थियो।
जनताको सुझाव संकलनको लागि भन्दै अर्थमन्त्रालयसँग एक अर्बभन्दा बढी निकासा गरेको थियो। त्यसका आधापनि खर्च नभएको सचिवालय स्रोतले जनाएको छ। सचिवालयले २ लाख ५० हजार प्रति गोरखापत्र, पाँच हजार राजपत्र, २ लाख २० हजारप्रति मस्यौदा र १ लाख प्रति सारांश छापेको थियो । यसको लागत मूल्य भने सचिवालयले सार्वजनिक गरेको छैन।
सुझाब संकलनमा ५६ लाखको चिया बिस्कुट
सचिवालयले सार्वजनिक सुनुवाई लगायतका कार्यक्रममा गर्न संसद सचिवालय कर्मचारीले खाजा, चिया तथा पानीका लागि भन्दै ५६ लाख २५ हजार लिएर गएका थिए। सुझाब संकलनमा गएका सभासदहरुले चिया पानीको व्यवस्था कर्मचारीले राम्रोसँग नगरेको गुनासो गरेका छन्। अधिकांश जिल्लामा सुझाव दिन आएका जनतालाई पानीको व्यवस्था गरिएको थिएन।
'कर्मचारीले पानीको व्यवस्था नगरेपछि कास्कीका प्रमुख जिल्ला अधिकारीले पानीको व्यवस्था गरिदिए', सभासद कुमार खड्काले नागरिकन्युजसँग भने ।हल भाडाका लागि सचिवालय कर्मचारीले ४८ लाख रुपैयाँ पेस्की बुझे पनि सो शीर्षकमा कतिपय जिल्ला सुको पनि र्खच गर्न नमानेको सभासदले गुनासो गरेका छन् ।
ताप्लेजुङका जनताले सुझाव दिने बेलामा कलम र कापी दिन माग गरेका थिए। कर्मचारीले त्यसका लागि बजेट नभएको भन्दै जनतालाई उपलब्ध नगराएको समाचार नै बन्यो। स्टेशनरीका लागि कर्मचारीले चिया बिस्कुटकै शीर्षकमा कर्मचारीले ५६ लाख पेस्की लगेका थिए।
सभासद र सचिवालयका कर्मचारीका लागि काठमाडौंबाट जिल्ला र जिल्लाबाट काठमाडौं आतेजाते हवाई भाडास्वरुप प्रतिव्यक्ति २० हजार रुपैंया उपलब्ध गराएको थियो। सबैले प्लेन चढेनन्। कतिपय सभासद गाडीमार्फत् नै जिल्ला गएका थिए । सचिवालयले ८ सय ९८ जनालाई हवाई टिकटबापत १७ लाख ९६ हजार उपलब्ध गराएको जनाएको छ।
एक दिनको मोबाइल रिचार्ज खर्च १ हजार, इन्टरनेटको २५ सय रुपैयाँ
सुझाब संकलनमा खटिएका कर्मचारीले एक दिनमा कति रुपैयाँको टेलिफोन गरे होलान्? २४० निर्वाचन क्षेत्रमा खटिएका उनीहरुले एक दिनको मोबाइल रिचार्ज खर्च १ हजार रुपैयाँ बुझेका थिए। मोबाइल रिचार्जका लागि कूल २ लाख ४० हजार उनीहरुलाई दिइएको थियो।
सुझाब संकलनमा गएका कर्मचारीले एक दिनमा १ लाख ८७ हजार ५ सय रुपैयाँको इन्टरनेट खर्चको रुपमा बुझेका थिए। एक दिनको लागि एक जनालाई २५ सय रुपैयाँको इन्टरनेट खर्च दिइएको थियो।
होटल खर्च सुरुमा एक हजार ७ सय, पछि २ हजार ४ सय पुर्याइयो
सुझाब संकलनका लागि गएका सभासदलाई सुरुमा एक दिनको १ हजार ७ सय रुपैयाँ होटल खर्च दिइएको थियो। कर्मचारीका लागि प्रतिदिन ९ सय रुपैयाँ छुट्याइएको थियो। यो अपुग भएको भन्दै पछि सभासदलाई ८ सय रुपैयाँ दैनिक थपेर २४ सय रुपैयाँ पु¥याइयो भने संसद सचिवालय कर्मचारीले दैनिक १ हजार रुपैयाँ थपेर १ हजार ९ सय पु¥याए। यसरी सभासदले जिल्लाका होटलमा बस्दा खर्च हुने भनेर १ करोड ४ लाख ६५ हजार रुपैयाँ बुझेका थिए। कर्मचारीहरुले भने सोही शीर्षकका लागि ७९ लाख ८० हजार रुपैयाँ लगेका थिए।
हिसाब पादर्शी बनाउँछौं: गौतम
संसद सचिवालयका प्रवक्ता भरत गौतमले कतिपैसा खर्च भयो र कति बाँकी छ भन्ने हिसाब गर्न बाँकी भएकाले अहिले नै यति खर्च भयो भनेर भन्न नसकिने बताए। 'भर्खर जिल्लाबाट माननीय र सचिवालयका कर्मचारी काठमाडौं आइपुग्नु भएको छ,' उनले भने, 'कति रकम खर्च भयो र कति बाँकी छ भन्ने कुराको हिसाब निकाल्नै बाँकी छ।' उनले सबै खर्चको विवरण पारदर्शी रुपमा उपलब्ध गराउने उल्लेख गरे।