मस्यौदामा दुई लाखको अभिमत
११ साउन २०७२
•
२० मिनेट पाठ
मस्यौदामा दुई लाखको अभिमत
काठमाडौं- संविधानको प्रारम्भिक मस्यौदामा सर्वसाधारणले दिएका सुझाव समेटेर तयार पारिएको प्रतिवेदन नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएको छ।




समितिले तयार पारेको ९२ पृष्ठ लामो प्रतिवेदनअनुसार करिब २ लाख जनताले मस्यौदामा सुझाव दिएका छन्। उनीहरूका सुझाव मिश्रित खालका भएकाले कुन समावेश गर्ने र कुन नगर्ने निर्क्योल गर्न समस्या पर्ने देखिएको छ।

'समितिको प्रतिवेदन हेर्दा सबै प्रकारका सुझाव देखिएका छन्,' संविधानसभा सचिवालय स्रोतले भन्यो, 'कुन समावेश गर्ने र कुन नगर्ने भन्ने अन्योल बढेको छ।' तर, कुन विषयमा कति जनाले सुझाव दिएका हुन् प्रतिवेदनमा उल्लेख गरिएको छैन।

संविधानको प्रस्तावनादेखि भाग ३७ मा रहेको संक्षिप्त नाम, प्रारम्भ र खारेजीसम्मका विषयमा जनताबाट प्राप्त सुझाव समावेश गरेर प्रतिवेदन तयार पारिएको छ।

प्रस्तावना धेरै लामो भएको, भाषा सरल, शुद्ध गरी पुनर्लेखन गर्नुपर्ने, संविधानका अन्तरवस्तु सबै प्रस्तावनामा समेट्न आवश्यक नभएको, प्रस्तावनामा 'सगरमाथा, बुद्धको जन्मभूमि, वीर योद्धा, शान्तिप्रिय, गोर्खालीको हिन्दु राष्ट्र नेपाल' समावेश गर्नुपर्ने सुझाव प्राप्त भएको समितिको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी प्रस्तावनामै जनताको अभूतपूर्व बलिदान साथै माओवाद भन्ने शब्द थपिनुपर्ने, समाजवादका विषयमा जनतालाई प्रस्ट पार्नुपर्ने, समाजवादको सट्टा 'समतामूलक समाज' राखिनुपर्ने, प्रस्तावनामा 'सनातन हिन्दु धर्म' भन्ने शब्द समावेश गर्नुपर्ने लगायतका ४६ प्रकारका सुझाव छन्।

प्रारम्भिक भागमा हिन्दु राज्य हुनुपर्ने, धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र हुनुपर्ने, सेरेमोनियल राजसंस्था र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र हुनुपर्ने, नेपाल अखण्ड, भू–परिवेष्ठित, बहुभाषा, बहुभाषिक, सनातन हिन्दु गणराज्य भन्ने व्यवस्था राख्नुपर्ने, बौद्ध राज्य हुनुपर्ने, धर्मनिरपेक्ष हुनुपर्ने, प्रारम्भिक भागमा धर्मनिरपेक्षता उल्लेख गर्न नहुने, राष्ट्रिय जनावर गाई नै राख्नुपर्ने, गाई राख्न नहुने, राष्ट्रिय जनावर गैंडा, कस्तुरी, रेडपान्डा, याक राख्नुपर्ने लगायतका सुझाव पनि सर्वसाधारणले दिएका छन्।

संविधानमा नेपालका सिमाना उल्लेख गर्नुपर्ने लगायतका प्रारम्भिक भागसँग सम्बन्धित विषयमा ४४ प्रकारका सुझाव प्राप्त भएका छन्।

संविधानको प्रारम्भिक मस्यौदामा सबैभन्दा बढी बहसको विषय बनेको नागरिकतासम्बन्धी व्यवस्थामा ५८ प्रकारका सुझाव आएका छन्। प्रतिवेदनमा उल्लेख छ, 'जन्मका आधारमा नागरिकता दिने व्यवस्था गर्नुपर्छ। आमा वा बाबुको नामबाट नागरिकता दिने व्यवस्था गर्नुपर्ने, वंशजको आधारमा नागरिकता प्राप्त गर्न बाबु र आमा दुवै नेपाली हुनुपर्ने, आमाको नामबाट पनि नागरिकता प्राप्त गर्ने व्यवस्था हुनुपर्ने, नेपाली महिलाको विदेशी श्रीमान्लाई १५ वर्ष पुगेपछि अंगीकृत नागरिकता दिनुको सट्टा १५ वर्षमा नवीकरण हुँदै जाने अस्थायी बसोबास गर्ने प्रमाणपत्र व्यवस्था हुनुपर्ने।'

त्यसैगरी, अंगीकृत नागरिकताको सट्टा आप्रवासी नागरिकता दिने, ५–६ वर्ष लगातार नेपालमा बसे र विदेशी नागरिकता त्यागेको प्रमाण पेस गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था हुनुपर्ने सुझाव पनि जनताले दिएका छन्।

'प्रादेशिक पहिचानसहितको नागरिकता दिनुपर्ने, नागरिकताको प्रमाणपत्रमा आमा र बाबु दुवैको नाम कायम गराउने व्यवस्था हुनुपर्ने,' प्राप्त सुझाव प्रतिवेदनमा उल्लेख गरिएको छ, 'भारतीय नागरिकलाई पनि नेपाल प्रवेश गर्दा भिसा चाहिने व्यवस्था गर्नुपर्ने, नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सुरुमा अस्थायी नागरिकता दिनुपर्ने, वादी र देउकीबाट जन्मिएका सन्तानले वंशजको आधारमा नागरिकता पाउने व्यवस्था हुनुपर्ने।'

भाग ३ अन्तर्गत रहेको मौलिक हक र कर्तव्यमा ९७ प्रकारका सुझाव प्राप्त भएका छन्। 'कुनै धर्मबाट अलग रहने स्वतन्त्रता हुनेछ,' सुझाव समेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ, 'स्वेच्छिक मृत्युवरण गर्न पाउने मौलिक हक हुनुपर्ने, संकटकालीन अवस्थामा पनि प्रेस स्वतन्त्रता र अरू मौलिक हक निलम्बन नहुने व्यवस्था हुनुपर्ने, जातका आधारमा नभई वर्गका आधारमा विशेष व्यवस्था गर्नुपर्ने, बेरोजगार भत्ता पाउने हक हटाउनुपर्ने, सबै नागरिकलाई भूमिको हक हुनुपर्ने, आरक्षण कोटा १ पटकका लागि मात्र तोकिनुपर्ने, धारा ५० मा देश निकाला नगरिने व्यवस्था हुनुपर्ने, विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनुनपर्ने।'

विवाह गर्ने पक्षको इच्छाविपरीत वा पूर्ण र स्वतन्त्र सहमतिबिना विवाह गर्न नपाउने व्यवस्था समावेश गर्न पनि जनताले सुझाव दिएका छन्।

संविधानको प्रारम्भिक मस्यौदाको भाग–४ को राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत ३८ प्रकारका सुझाव प्राप्त भएका छन्। 'राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व राम्रो छ,' जनताको सुझावमा भनिएको छ, 'राज्यका प्रमुख उद्देश्य उल्लेख हुनुपर्छ। शिक्षा नीतिको व्यवस्था थप हुनुपर्ने र कृषिको व्यवसायीकरण र औद्योगिकीकरण गर्नुपर्ने व्यवस्था हुनुपर्छ।'

जनताले संघीयताअन्तर्गत बढीमा ७ प्रदेशमा मात्रै जान सुझाव दिएका छन्। प्रमुख राजनीतिक दलहरूबीच भएको १६ बुँदे सहमतिमा ८ प्रदेश बनाउने उल्लेख गरिएको छ। तर, सर्वसाधारणको सुझाव संकलनका क्रममा एक जनाले पनि ८ प्रदेश हुनुपर्ने बताएका छैनन्। बरु नगन्य मात्रामा रहेको सुझावमा १४ प्रदेश हुनुपर्ने उल्लेख छ। 'प्रदेशको संख्या बढीमा पाँच बनाउनुपर्ने सुझाव बढी देखिएको छ,' समिति स्रोतले भन्यो, 'कतै कतै ८ देखि १४ प्रदेश भन्ने पनि आएको छ। तर, त्यो संख्या निकै कम छ।'

समितिले विभिन्न माध्यममार्फत करिब २ लाख सर्वसाधारणको सुझाव संकलन गरेको थियो। जिल्लाबाट प्राप्त सुझाव १ लाख ८४ हजार ६ सय ४७ वटा छन् भने वेबसाइट, इमेल, फोन, फ्याक्स र समितिमा सोझै प्राप्त सुझाव संख्या ३३ हजार ७ सय ५३ छ।

संविधानको प्रारम्भिक मस्यौदाको भाग ५ मा रहेको 'राज्यको संरचना र राज्य शक्तिको बाँडफाँट' सँग सम्बन्धित ३८ प्रकारका सुझाव प्राप्त भएको समितिको प्रतिवेदनमा उल्लेख छ।

'संघीय व्यवस्था आवश्यक छैन,' प्रतिवेदनमा सुझाव उल्लेख गरिएका छन्, 'संघीयताको विषयमा जनमतसंग्रहपछि मात्रै उपयुक्त संवैधानिक व्यवस्था गर्नुपर्छ, एकात्मक राज्यको व्यवस्था हुनुपर्छ, प्रदेश संख्या घटाएर ३, ४, ५, ६, ७ बनाउनुपर्छ, संघीयताका सम्बन्धमा जनमतसंग्रह गर्नुपर्छ।'

समितिले पनि संघ र प्रदेशको अधिकार सूचीमा जनताको बढी चासो रहेको उल्लेख गर्दै सम्बन्धित विषयका विज्ञहरूको संलग्नतामा थप छलफल आवश्यकता महसुस गरेको छ।

संविधानको प्रारम्भिक मस्यौदाको भाग–७ मा उल्लेख गरिएको राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्थामा पनि त्यसैगरी मिश्रित प्रतिक्रिया प्राप्त भएका छन्।

यस भागसँग सम्बन्धित विषयमा २३ प्रकारका सुझाव आएका छन्।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने, राष्ट्रपतिको व्यवस्था नराख्ने, राष्ट्रपति नभनी राष्ट्राध्यक्ष भनिनुपर्ने, राष्ट्रपति र उपराष्ट्रपतिको उमेरको हद तोकिनुपर्ने, संघीय प्रतिनिधिसभाको सभामुखमा निर्वाचित व्यक्ति स्वतः उपराष्ट्रपति हुने व्यवस्था गरिनुपर्ने, राष्ट्रपति र उपराष्ट्रपतिको सट्टामा संवैधानिक राजतन्त्र हुने व्यवस्था राख्नुपर्ने लगायतका सुझाव प्राप्त भएका छन्।

संघीय कार्यपालिका अन्तर्गतको भागमा २८ प्रकारका सुझाव प्राप्त भएको समितिको प्रतिवेदनमा उल्लेख छ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्था गर्ने, संसदबाट निर्वाचित कार्यकारी अधिकारसहितको प्रधानमन्त्री व्यवस्था हुनुपर्ने, कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था हुनुपर्ने, प्रत्यक्ष निर्वाचित सभासद मात्र प्रधानमन्त्री वा मन्त्री बन्न पाउने व्यवस्था गर्नुपर्ने लगायतका सुझाव प्राप्त भएका छन्।

त्यसैगरी भाग ८ मा रहेको संघीय व्यवस्थापिकाअन्तर्गत ५० प्रकारका सुझाव प्राप्त भएका छन्। सबै सभासदको न्यूनतम शैक्षिक योग्यताको व्यवस्था हुनुपर्ने, संसदको संख्या बढी भयो, कम गर्नुपर्ने, सांसद संख्या जनसंख्याको ०.०००५ प्रतिशत मात्र हुने व्यवस्था हुनुपर्ने, सांसदको उमेरको हद र कार्यकालको सीमा व्यवस्था हुनुपर्ने, सबै तहमा प्रत्यक्ष निर्वाचन मात्र हुनुपर्ने, नो भोटिङको व्यवस्था गर्नुपर्ने, प्रतिनिधिसभा पूर्ण समानुपातिक हुनुपर्ने, सबै जनप्रतिनिधिले नेपाली भाषामा शपथ लिनुपर्ने, राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति हुनुपर्ने सुझाव पनि जनताले दिएका छन्।

संविधानको प्रारम्भिक मस्यौदामा संघीय व्यवस्थापन कार्यविधि र संघीय आर्थिक प्रणालीअन्तर्गतका धारामा भने कम सुझाव प्राप्त भएका छन्।

भाग ११ मा रहेको न्यायपालिकासम्बन्धी व्यवस्थामा ८३ प्रकारका सुझाव प्राप्त भएका छन्। संवैधानिक अदालत आवश्यक छैन, सर्वोच्च अदालतमा अस्थायी वा अतिरिक्त न्यायाधीश नराख्ने व्यवस्था गर्नुपर्छ, सबै तहका अदालतका न्यायाधीशको उमेर र नियुक्ति प्रक्रिया एउटै हुनुपर्छ भन्ने सुझाव आएका हुन्।

भाग १२ मा रहेको प्रादेशिक कार्यपालिकामा १० प्रकारका सुझाव प्राप्त भएका छन् भने भाग १३ मा रहेको प्रादेशिक व्यवस्थापिकामा १८ प्रकारका सुझाव आएका छन्। तर, भाग १४ मा रहेको प्रादेशिक व्यवस्थापन कार्यविधि, भाग १५ मा रहेको प्रादेशिक आर्थिक प्रणालीमा कुनै पनि सुझाव प्राप्त भएका छैनन्।

भाग १६ मा रहेको स्थानीय कार्यपालिकामा १४, भाग १७ मा रहेको स्थानीय व्यवस्थापिकामा ९ सुझाव प्राप्त भएको तथा भाग १८ मा रहेको स्थानीय आर्थिक प्रणालीमा कुनै सुझाव प्राप्त नभएको समितिको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी, भाग १९ मा रहेको संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धमा २, भाग २० मा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २२ प्रकारका सुझाव प्राप्त भएका छन्।

भाग २१ मा रहेको महालेखा परीक्षकमा पनि ९ प्रकारका सुझाव जनताले दिएका छन्। भाग ३१ मा रहेको राजनीतिक दलसम्बन्धी व्यवस्थामा २६ प्रकारका सुझाव प्राप्त भएका छन्। त्यसैगरी भाग ३७ मा रहेको संक्षिप्त नाम, प्रारम्भ र खारेजीमा ११ प्रकारका सुझाव प्राप्त भएका छन्।

नेपालको संविधान, २०७२ भन्ने नाम ठिक रहेको, नेपालको संघीय गणतान्त्रात्मक संविधान, २०७२ नाम हुनुपर्ने, जनताद्वारा अनुमोदित नेपालको संविधान, २०७२ नाम हुनुपर्ने लगायतका सुझाव आएका छन्। त्यसैगरी संविधानका धारा सयभन्दा बढी राख्न नहुने पनि सुझाव प्राप्त भएको छ।

नेपालको राष्ट्रिय झन्डा बनाउने तरिका, नेपालको राष्ट्रिय गान, नेपालको निशान छाप, संघको अधिकार सूची कस्तो बनाउने भन्नेमा पनि जनताले आफ्नो सुझाव दिएका छन्।

प्रदेशको अधिकार सूची, संघ र प्रदेशको साझा अधिकारको सूची, स्थानीय तहको अधिकार सूचीमा पनि सुझाव प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।

समितिले संविधानको मस्यौदाका विषयमा जनताबाट प्राप्त भएका राय सुझाव एवं प्रतिक्रियालाई थप अध्ययन आवश्यक रहेको औंल्याएको छ।

'संविधानको मस्यौदाका विषयमा जनताबाट प्राप्त भएका राय सुझाव एवं प्रतिक्रिया अध्ययन गर्दा विशेष गरी संघको अधिकार सूची, प्रदेशको अधिकार सूची, संघ र प्रदेशको साझा अधिकार सूची र स्थानीय तहको अधिकार सूची र यसको प्रयोगका सम्बन्धमा सम्बन्धित विषयका विज्ञको संलग्नतामा थप छलफलको आवश्यकता समितिले महसुस गरेको छ,' समितिको निष्कर्षमा भनिएको छ।

समितिकी सभापति प्रमिला राणाले सोमबार बेलुका सभाध्यक्षलाई प्रतिवेदन बुझाएकी हुन्। उक्त प्रतिवेदन मंगलबार बेलुका ५ बजे बस्ने संविधानसभा बैठकमा पेस गरिनेछ।

संविधानको प्रारम्भिक मस्यौदामा प्राप्त सुझावसहितको प्रतिवेदन बुझ्दै सभाध्यक्ष नेम्वाङले ऐतिहासिक चरण पूरा भएको प्रतिक्रिया दिए। उनले जनताले दिएका सुझाव सकेसम्म समावेश गर्ने र समावेश हुन नसकेका केही सुझाव अभिलेखका रूपमा राखिने बताए। 'हामीले ऐतिहासिक चरण पार गरेका छौं,' नेम्वाङले भने, 'संविधानसभाबाट केही प्रक्रिया पूरा गरेर संविधान जारी गर्ने अवस्थामा पुगेका छौं। संविधानसभाबाट संविधान बनाउने प्रक्रिया जटिल र घुमाउरो हो। यो १५ दिनको समय आफैंमा छोटो थियो। तर, यो समयमा प्राप्त सबै सुझावलाई संविधानमा जस्ताको त्यस्तै राख्ने प्रक्रिया तय भएको छ। यो संविधानमा नपरेका सुझाव संविधानसभाको अभिलेखमा सुरक्षित रहनेछन्। साउन महिनाभित्र संविधान जारी गर्ने ठोस अठोटका साथ अघि बढेका छौं।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस