दुर्गम गाउँका चुनावी अजेन्डाः हेलिकोप्टरबाट बीउ छर्ने र सिँचाइ गर्ने
२० वैशाख २०७९
•
३ मिनेट पाठ
दुर्गम गाउँका चुनावी अजेन्डाः हेलिकोप्टरबाट बीउ छर्ने र सिँचाइ गर्ने
सोमबार फेसबुक ट्विटर लगायतका सामाजिक सञ्जाल एउटा एकपाने चुनावी घोषणापत्रले रंगिए। घोषणापत्रमा रहेका आठबुँदालाई लिएर गम्भीर संवादको साटो बढी हाँसिमजाक चलिरहेको थियो। धेरैले त्यसमा भएका अजेन्डालाई उडाइरहेका थिए।




सो घोषणापत्र प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका एक उम्मेदवारको हो। जिल्लाको भागेश्वर गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका खडक ठकुराठीले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा ‘हर हर ठकुराठी, घरघर ठकुराठी’ नारा दिएका छन्। सो घोषणापत्रको पहिलो बुँदामा दुई वर्षभित्रमा भागेश्वर गाउँपालिकाका जनताहरूको आधारभूत आवश्यकताको पूर्ति गरी आवश्यक संरचना बनाएर नगरपालिका घोषणा गर्ने उल्लेख छ।

दोस्रो बुँदामा चारवर्ष भित्रमा गैरीबगडदेखि परशुराम नगरपालिकासम्म महाकाली नदीमा सुख्खा बन्दरगाह निर्माण गरी नेपाली झण्डावाहक पानी जहाज चलाइने राखिएको छ भने, तेस्रो बुँदामा जनताहरूलाई सुख, समृद्धि र शान्तिको पूर्ण प्रत्याभूति दिलाई ३६५ दिन नै दसैं मनाउने वातावरण मिलाउने उल्लेख छ।

यस्तै नम्बर बुँदा सबैभन्दा बढी रोचक छ। जसमा उल्लेख गरिएको छ, ‘कृषिलाई महत्वपूर्ण प्राथमिकतामा राखी भागेश्वर गाउँपालिकाको खेतीयोग्य जमिनमा मौसम अनुसार हेलिकोप्टरबाट बीउ छर्ने र हेलिकोप्टरबाटै सिँचाइको व्यवस्था मिलाइनेछ।’

पाँचौ नम्बर बुँदामा जनताको स्वास्थप्रति प्रतिवद्ध रही पशुपालन तथा कृषिमा टेवा पुग्ने उद्देश्यले गाईभैसी तथा बाख्राहरूलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था गरिने उल्लेख छ। भने छैठौं बुँदामा केबुलकारको अजेन्डा राखिएको छ। जसमा ‘टप्वाको डाँडादेखि भागेश्वर मन्दिरसम्म भक्तजनहरूलाई लक्षित गरी केबुलकार निर्माण गरिने’ उल्लेख छ। यस्तै घोषणापत्रको आठौं बुँदामा बेरोजगार युवाहरूलाई भत्ताका साथै निःशुल्क सीपमुलक तालिमको व्यवस्था गर्ने कुरा राखिएको छ।

अन्तमा उनेले ‘पटक–पटक अरूलाई हेर्‍याैँ, अब वौद्धिक इन्जिनियर खडक ठकुराठीलाई हेरौं,’ भनेर भोट मागेका छन्।

उनले सो घोषणापत्र आफूले पूर्ण ज्ञानका साथ तयार पारेको र त्यसमा भएका बुँदाहरू नै आफ्ना मुख्य अजेन्डा रहेको उनले बताए। ‘मलाई सबै जानकारी छ। जानेर नै लेखेको हुँ,’ उनले भने,‘हेलिकप्टरबाट बीउ छर्ने कुरा विदेशमा चीन र कंगोमा पनि छ। यहाँ नगर्न सकिने भन्ने हुन्न ।’ अन्नबालीका साथै बोटबिरुवा, सालसल्ला र उतिसको बीउ छर्ने काममा हेलिकोप्टरबाट गर्न मिल्ने उनले बताए।

परशुराम नगरपालिकासम्म महाकाली नदीको बहाव शान्त र सम्म रहेकाले यो नदीमा सुख्खा बन्दरगाह पनि बनाउँन समस्या नहुने उम्मेदवार ठकुराठीले बताए। उनले भने, ‘पारी उत्तराखण्डको तामोली बोर्डर छ। त्यहाँबाट जोड्ने झोलुंगे पुल हुन्छ। तल डुंगा चलाउन पनि सकिन्छ।’

आफ्नो गाउँपालिका दुर्गम रहेको र देउवा पाँचपाँचपल्ट प्रधानमन्त्री भएर पनि विकास पनि गर्न नसकेको र सपना पनि देखाउन नसकेका कारण आफूले जनतामा यस्तो सपनाको जागरण गरेको उनले बताए। ‘हाम्रो जिल्लाबाट पटक–पटक देउवाजी प्रधानमन्त्री हुनुभयो। उहाँले न सपना देखाउनुभयो न विकास,’ उनले भने, ‘त्यसैले युगअनुसारको विकास गर्नुपर्छ भनेर स्वतन्त्र उठेको हुँ।’

आफ्नो घोषणापत्रका अजेण्डा सार्वजनिक भएपछि स्थानीयबासीले आफूलाई निकै महत्व दिइरहेको उनले सुनाए। उनले भने, ‘युवाहरूको त भीड नै लाग्न थालेको छ।’

आफू निर्वाचित भए पाँचवर्षमैं आफ्ना अजेन्डा पूरा गर्ने उनले दाबी गरे। ‘म सब गर्नसक्छु, पाँच वर्षमैं। राज्यले गर्नुपरेन, जनप्रतिनिधिले वाचा गरेको कुरा,’ उनले थपे।

उनले आफूलाई इञ्जिनियर पनि बताउने गरेको स्थानीय बताउँछन्। नागरिकसँगको कुराकानीमा उनले आफू पढेको इञ्जिनियरभन्दा पनि काम गरेर इञ्जिनियर भएको बताए। उनले भने, ‘म सशस्त्र प्रहरीमा हुँदा मेसिनरी सामान मर्मतको काम गर्थे, अहिले पनि गरिरहेको छु ।’ सशस्त्र प्रहरीमा हवल्दारसम्म भएर जागिर खाएको र अहिले अवकाशप्राप्त गरेर गाउँमैं बसिरहेको उनले बताए।

उनी नेकपा एमालेका कार्यकर्ता पनि हुन्। एमाले नेता भीम रावलनिकट मानिने स्थानीयबासीले बताएका छन्। ‘मेरो उहाँसँग पारिवारिक सम्बन्ध पनि छ। उहाँ ससुरा हो,’ उम्मेदवार ठकुराठीले भने, ‘तर एमालले टिकट दिएन, स्वतन्त्र लडेँ।’
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
२७ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस