काठमाडौं– नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले संघीयता नदिन नेपालको नंक्सा परिवर्तन हुने अभिव्यक्ति दिएको भन्दै सत्तारुढ नेपाली कांग्रेस र एमालेका सांसदको आपत्ति जनाएका छन् ।मंगलबार बसेको व्यवस्थापिका संसदको बैठकमा सत्तारुढ दलका सांसदले मुलुक टुक्र्याउने अभिव्यक्ति दिने सिंहको अभिव्यक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । आफ्ना माग पुरा नभए मुलुक टुक्र्याउने भनी दिएको अभिव्यक्तिप्रति सांसदहरु आक्रोशित भएका हुन् । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा, एमाले सांसद प्रकाश ज्वाला र रामहरि सुवेदी र नेमकिपाका अनुराधा थापामगरले मुलुक टुक्र्याउने अभिव्यक्ति दिने सिंहलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।
केही दिन अघि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईसँगको अन्तरक्रियामा कांग्रेस सांसद सिंहलगायत मधेसी दलका नेताले संघीयता नदिए मुलुकको नक्सा परिवर्तन हुने चेतावनी दिएका थिए । सांसदहरुले मुलुक टुक्र्याउने घृणित अभिव्यक्ति दिने सांसदलाई कारवाही गर्न माग गरेका हुन ।
कांग्रेस सभासद रामहरि खतिवडाले मुलुक टुक्र्याउने अभिव्यक्ति सामान्य नभएको भन्दै देश टुक्र्याउने अभिव्यक्तिलाई संसदले गंभीर रुपमा लिनुपर्ने बताए । 'प्रधानमन्त्रीको पार्टी, त्यसमा निर्वाचित सभासदले मुलुक टुक्र्याउने अभिव्यक्ति दिँदा संसद चुप लागेर बस्ने होइन,' एमाले सभासद प्रकाश ज्यावाले भने,' यसमा प्रधानमन्त्रीको ध्यानाकषर्ण गराउँछु ।' उनले निन्दनीय र घृणित अभिव्यक्तिबारे संसदले छानविन गर्नुपर्ने र सरकारले जवाफ दिनुपर्ने बताए । केही मधेसी दलका नेताले संविधानको मस्यौदा नसच्याउने र नामाकंन र सिमांकनसहितको संघीयता नआए नेपालको नक्सा परिवर्तन हुने चेतावनी दिँदै आएका छन् ।