वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानको मेयर र उपमेयरमा उम्मेदवारी दिएको जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनकै उम्मेदवारलाई सघाउने भएको छ।
पार्टीको केन्द्र र उच्चस्तरीय पाँच दलीय गठबन्धनको संयन्त्रले गठबन्धन कार्यान्वयन गराउन निर्देशन दिएपछि जसपाले आफ्ना उम्मेदवार निष्कृय बनाएर मेयर र उपमेयरमा गठबन्धनको उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको हो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच भएको ७ बुँदे सहमतिलाई मंगलबार लोकतान्त्रिक वाम गठबन्धनले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। जसपाले अब गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राई र उपमेयरमा अइन्द्र बिक्रम बेघालाई नै समर्थन गर्दै सहयोग गर्नेछ। धरानमा गठबन्धन दलहरुबीच मेयर नेपाली कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई दिने सहमति भएको थियो।
वडाको सिट बाँडफाँटमा सहमति जुट्न नसक्दा जसपा गठबन्धनबाट बाहिर रहेर मेयर, उपमेयरसहित १५ वटा वडामा उम्मेदवारी दर्ता गराएको थियो। मेयर र उपमेयरमा गठबन्धनलाई सघाउने भएपनि वडाहरुमा आफ्नो पार्टीको उम्मेदवारी कायमै रहने पनि जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए। उनले अब आफ्नो पार्टीको सम्पूर्ण शक्ति मेयर र उपमेयरमा गबठन्धनको उम्मेदवार जिताउन लाग्ने पनि बताए। एकीकृत समाजवादीले पनि मेयर र उपमेयरमा उम्मेदवारी दिएको थियो। एकीकृत समाजवादीले भने अवधिभित्रै उम्मेदवारी मनोनयन फिर्ता लिएर गठबन्धनमा सामेल भएको थियो।
गठबन्धनमा रहेको चार दलीय गठबन्धनबीच भएको ७ बुँदे सहमतिमा नगर प्रमुखमा कांग्रेसका किशोर राई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघालाई सघाउने उल्लेख छ। यस्तै, धरानको वडा नं ४ मा गठबन्धन दलहरुले नेकपा एकीकृत समाजवादीलाई सघाउने सहमति भएको छ भने सबै दलले आफ्नो उम्मेदवारी नदिएको वडाहरुमा गठबन्धनका उम्मेदवारहरुलाई सघाउने र गठबन्धन नभएको वडाहरुमा मित्रवत प्रतिस्पर्धा गर्ने पनि सहमति छ।
यसैगरि, गठबन्धन दलका उम्मेदवारले जितेको वडा र नगरमा गठबन्धन दलको राजनीतिक संयन्त्र निर्माण गरी साझा नीति तथा कार्यक्रम बनाउने र वडा तथा नगरमा बन्ने विभिन्न बिषयगत समिति, उपसमितिहरुमा सम्मानजनक सहभागिता गराएर वडा तथा नगर सञ्चालन गर्ने सहमति भएको छ। यस्तै, जसपाले नगर प्रमुख र उपप्रमुख पदमा दिएको उम्मेदवारलाई निष्कृय पार्ने साथै वडाहरुभमा दिएको उम्मेदवारीहरुलाई पनि सबै दलले सम्भव भएसम्म समझदारीमा ल्याउन पहल गर्नेलगायत सहमति भएको छ भने विगतमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसँग् वडामा गठबन्धन गर्दाको सहमतिको स्वामित्व ग्रहण गर्ने पनि सहमति भएको छ।
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।
पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।
‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।
पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।
‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।
पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...