वीरका गुरुयोजना बन्दै, थन्कँदै
१२ साउन २०७२
•
११ मिनेट पाठ
वीरका गुरुयोजना बन्दै, थन्कँदै
काठमाडौं-बहुतले र सुविधासम्पन्न भवन। पर्याप्त शऒ्ढया र पार्किङ। बिरामी र कुरुवाका लागि सहज संरचना। हरेक वर्ष मन्त्री र व्यवस्थापकले सबैभन्दा पुरानो केन्द्रीय अस्पताल वीरका चिकित्सक र कर्मचारीमाझ बाँडिरहने सपना हुन् यी।
करिब ३० वर्षदेखि कम्तीमा प्रत्येक साउन १२ गते (वार्षिक उत्सव) यी विषय नबिराई उठ्छन्। तर, वर्ष फेरिँदै जान्छ, गुनासा र प्रतिबद्धता यथावत रहन्छन्।

१ सय २६ वर्ष पुरानो सरकारी अस्पतालसँग जोडिएको 'वीर कम्प्लेक्स' को सपना पूरा गर्ने नाममा मात्र ३० वर्षमा करिब ५ भन्दा बढी गुरुयोजना बनिसकेका छन्। गुरुयोजना निर्माणमा मात्रै लाखौं सकिएको छ, तर वीरको अवस्था जहाँको त्यहीँ छ।

मंगलबार १२६ औं वार्षिक उत्सव समारोहमा पनि वीरका पदाधिकारीले उस्तै गुनासा र मन्त्री खगराज अधिकारीले उस्तै प्रतिबद्धता दोहोर्यागए। तर, कम्तीमा आगामी आर्थिक वर्षमै पछिल्लो गुरुयोजनाअनुसार काम हुनेमा यकिन आधार यसपटक पनि भेटिएको छैन।

सुविधासम्पन्न भवन, अत्याधुनिक सुविधासहितको बहुविशेषज्ञ केन्द्रीय अस्पतालका रूपमा स्वास्थ्य मन्त्रालयको नेतृत्व, प्रतिष्ठान र अस्पतालका पदाधिकारीपिच्छे गुरुयोजना बने पनि सपना पूरा गर्न नसकिएको प्रतिष्ठानका पूर्वरजिस्ट्रार डा.मुकुन्दराज पन्थीले बताए।

२०४८ सालमा ४ सय ८५ शऒ्ढया स्वीकृत भए पनि भूकम्पअघिसम्म ४ सय ६० वटा सञ्चालनमा थियो। भूकम्पका कारण ट्रमामा सर्नुपर्दा ७५ सिट अझै घटेको छ। क्यान्सर, मिर्गौला प्रत्यारोपण विभागसहित विभिन्न वार्ड रहेको पुरानो भवन भूकम्पका कारण भत्किएपछि ट्रमा सेन्टरमा सारिएको छ। 'कुरा हुन्छ, योजना पनि बन्छ, तर नेतृत्वमा लगनशीलता र यो चाहिन्छ भन्ने भावना अन्तर्आत्माबाट आएकै देखिन्न,' डा.पन्थीले भने।

पन्थीको अनुभवमै यो अवधिमा पदाधिकारीपिच्छे कुनै न कुनै रूपमा वीर सुधारका नाममा योजना बनेका छन्। 'मैले नै कम्तीमा पाँचवटा गुरुयोजनाको रिपोर्ट भेटेको थिएँ,' उनले भने, 'गुरुयोजना मात्रै बने काम भएन।' गत वर्षको गुरुयोजना बनाउन मात्रै १६ लाखको टेन्डर भएको थियो, त्यसअघिका गुरुयोजनामा कति खर्च भयो रेकर्डै छैन।

पहिलोपटक सन् १९८५ मा वीरको ओपिडी भवन भत्काएर नयाँ भवन बनाउने प्रस्ताव तयार पारिएको थियो। करिब ७५ वर्षअगाडि अमेरिकी सहयोग नियोग (युएसएआइडी) ले बनाइदिएको सो भवनमा तीन वर्षअघि नै भत्काउनुपर्ने सुझाव प्राविधिक टोलीको थियो। तर, यतिका वर्षसम्म सो भवन नै वीरको अन्तरंग र विभिन्न विभागको भरोसा बनिरह्यो। पछिल्लोपटक भूकम्पका कारण भवनमा क्षति पुगेपछि पनि सोही भवन मर्मत गरेरै चलाउने तयारी हुँदैछ। नयाँ आइसियु राखिएको भवन भएको स्थानमा समेत नयाँ ६ तले भवनका लागि नयाँ योजना र भवनको नक्सासमेत बनिससकेको छ।

१९८५ मा स्वास्थ्य सचिव डा. चन्द्रकला किरणले सो प्रस्तावलाई स्वीकृत गरेकी थिइन्। उनले सो प्रस्तावका आधारमा अमेरिकी सरकारले बनाइदिएको भवन भत्काउन अनुमतिसमेत मागेकी थिइन्। सो भवन भत्काएर बनाउन युएसएआइडीसँग अनुमतिसमेत लिइसकिएको थियो।

युएसएआइडीले भवन भत्काउन अनुमति दिएको पत्र अझै प्रतिष्ठानमा सुरक्षित छ। तर, उनको प्रत्यत्नले समेत सार्थकता पाएन।

त्यसैगरी, १९९८ मा वीरमा डा. पुण्य सत्याल मेडिकल सुपरिटेन्डेन्ट हुँदा यो प्रक्रिया अगाडि बढेको थियो। दोस्रो, सोही पुरानो भवन भत्काएर नयाँ भवन बनाउने नयाँ गुरुयोजना बन्यो। त्यसपछि सिपी मास्के प्रतिष्ठानको उपकुलपति भए पनि कार्यकारी परिषद बैठकले नै गुरुयोजना बनाएर नवनिर्माण थाल्ने निर्णय गर्यो्।

दुई वर्षअघि सरकारले आर्थिक वर्षको बजेट कार्यक्रममा नै गुरुयोजनाअनुसार काम गर्नका लागि पुराना भवन भत्काउन २ करोड छुट्ट्यायो । तर, रकम फ्रिज भयो। पुनः गत आर्थिक वर्षमा समेत सरकारले वीरमा भिभिआइपी र भिआइपी वार्ड बनाउने कार्यक्रम राख्यो। उल्टै वीर प्रशासनले भत्काउनुपर्ने भवनमा १७ लाख खर्च गरेर भिभिआइपी वार्ड बनायो। सोही वर्ष अर्को गुरुयोजना बन्न सुरु गर्योप।

पछिल्लोपटक गत वर्ष मात्रै हाल नर्सिङ क्याम्पस र कर्मचारी आवास रहेको ठाउँमा १५ सय बेड अट्ने गरी १५ तले भवन बनाउने गुरुयोजना बनेको थियो। तर, कतिपय विज्ञले भवन बनाउन प्रस्ताव गरिएको करिब १४ रोपनी क्षेत्रमा र हाल वीर रहेको स्थानमा १५ सय शऒ्ढया चलाउन असम्भव हुने तर्क गरेपछि नयाँ पदाधिकारीले त्यसलाई परिमार्जन थाल्यो। गुरुयोजनालाई अन्तिम रूप दिएर अर्थको सहमतिका लागि पठाइसकिएको अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले बताए।

पण्डितका अनुसार हाल नर्सिङ कलेज र आवास रहेको क्षेत्रमा ६ सय शऒ्ढयाको ६ तले भवन बनाउन तयारी हुँदैछ। हाल ट्रमाको २ सय शऒ्ढया र नयाँ बन्ने भवनमा ६ सय ५० गरी ८ सय शऒ्ढयासम्म चलाउन सकिन्छ भन्ने सोचमा आधारित भएर नयाँ गुरुयोजना बनेको पण्डितले बताए। उनले त्यसका लागि करिब २ अर्ब ८६ करोड लाग्ने अनुमान भवन विभागको प्राविधिक टोलीले समेत गरेको बताए। उनले यसपटक पनि स्वास्थ्य मन्त्रालयले तत्काल टेन्डर थालेर बहुवर्षीय योजनामा भवन बनाउन थालिहाल्न सुझाव दिएको भन्दै अर्थको सहमति आएपछि टेन्डर हुने बताए।

पन्थीले राजनीतिक नेतृत्व यसमा सकारात्मक भए पनि अस्पतालका पदाधिकारीले नै योजना बढाउन चुकेको बताए। 'मन्त्रिपरिषदका अध्यक्षसहित त्यतिबेलाका सबै मन्त्री भएका ठाउँमा यो प्रस्ताव राख्दा पनि तत्काल थालिहालौं भन्नुभएको थियो,' पन्थीले भने, 'वीरलाई पैसा दिन कोही पछि हट्दैन, तर काम गर्न पनि नदिने र आफू पनि नगर्ने प्रवृत्ति वीरमा व्याप्त छ।'

स्वास्थ्यमन्त्री खगराज अधिकारीले पनि सरकारको स्वास्थ्य सेवाको अनुहार नै वीर अस्पताल भएकाले त्यहाँ काम गर्नका लागि पैसाको अभाव नहुने बताए। 'यहाँ व्यवस्थापन गर्न चुकेकै हौं,' उनले भने, 'गत वर्ष पनि यहाँ पैसा दिन खोज्दा पनि खर्च गर्न नसकेर धुलिखेलतिर डाइभर्ट गर्नुपर्यो ।'

अहिले वीरमा बिरामीका लाथि शऒ्ढया थप गर्नदेखि न्याम्सको कार्यालय, चिकित्सक, विद्यार्थीलाई छात्रावासको समेत अभाव छ। अहिले अस्पतालमा करिब प्रत्येक दिन २ हजार बिरामी आउँछन्। अस्पतालमा चिकित्सक र कर्मचारी गरी १ हजार ७ सय कार्यरत छन्। बिरामीका कुरुवा र अन्य सरोकारवालासमेत गरी हजारौंको ओहोरदोहोर हुने अस्पतालका भवन आफैंमा अपुग र जीर्ण बन्दा सेवाप्रतिका विश्वासमा समेत असर परेको पण्डित बताउँछन्। 'पुरानो भवन जति पुछे पनि सफा नै देखिन्न, ठाउँ नै साँघुरो छ,' पण्डितले भने, 'पुरानै सेवालाई व्यवस्थापन गर्न धौधौ छ, नयाँ सेवा र आवश्यकता पूरा कसरी गर्ने?'

प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङले निजी र ठूला अन्य अस्पतालसँग प्रतिस्पर्धा गर्नका लागि प्रतिष्ठानले गुरुयोजना कार्यान्वयन गर्न आवश्यक रहेको बताए। 'अहिलेको अवस्थामा गुरुयोजना कार्यान्वयन गर्नु मेरो सपना हो,' उनले भने।

 
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस