आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि इटहरीमा तीन दलीय गठबन्धनको मेयर र उपमेयरका उम्मेदवारलाई जनता समाजवादी पार्टीले पनि सघाउने घोषणा गरेको छ।
नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको तीन दलीय गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारलाई जसपाले सघाउने घोषणा गरेको हो। जसपाका नेता तथा मेयरमा उम्मेदवारी दिएका डिल्ली सुब्बाले पार्टीको केन्द्रीय सकुर्लर अनुसार मेयर र उपमेयरको उम्मेदवारी निष्क्रिय पारेर तीन दलीय गठबन्धनलाई सघाउने विज्ञप्तिमा उल्लेख गरेका छन्।
केन्द्रको निर्णय अनुसार पाँच दलीय गठबन्धन गर्ने भनिएपछि यहाँ भने भागबन्डा नमिलेर जनता समाजवादी पार्टीले आफ्नै ढंगले उम्मेदवारी दर्ता गरेको थियो। जसपाबाट मेयरमा डिल्ली सुब्बा र उपमेयरमा योशा गुरागाईको उम्मेदवारी निष्क्रिय हुने बताएपनि वडामा दिएको उम्मेदवारी भने कायमै रहेको विज्ञप्तिमा उल्लेख छ।
गुरागाईंका अनुसार जसपाले वडा नं. ११ र वडा नं. १८ मा वडाध्यक्षसहित सदस्यको पूरै टीमले उम्मेदवारी दिएर अहिले घरदैलो अभियानमा सक्रिय छन् भने अन्य केही वडामा पनि वडा सदस्यमा उम्मेदवारी परेको छ।
गठबन्धनमा इटहरीमा काँग्रेसले मेयरसहित १७ वटाको नेतृत्व गरेको छ। माओवादी केन्द्रले दुईवटा वडाको नेतृत्व गर्ने अवसर पाएको छ। जसमा वडा नं. १० र १८ को वडाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ। यस्तै, अन्य वडामा १७ जना सदस्य पनि माओवादीले पाएको छ।
नेकपा एकीकृत समाजवादीले भने उपमेयरसहित र एक वडाध्यक्ष पाएको छ। समाजवादीले वडा नं. १४ को वडाध्यक्ष पाएको छ।
यहाँ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेल मेयरका उम्मदेवारी हुन भने उपमेयरमा एकीकृत समाजवादीका केशवकुमार विष्ट छन्। इटहरीमा एमालेका तर्फबाट मेयर याम सुब्बा र उपमेयरमा संगीता चौधरी उम्मेदवार रहेका छन्।
यहाँ गठबन्धनका मेयरका पौडेल र एमालेकाा सुब्बाबीच प्रतिस्पर्धा हुने देखिएको छ भने उपमेयरमा गठबन्धनका विष्ट र एमालेकी चौधरी बीचमै प्रतिस्पर्धा हुने देखिएको छ।
पूर्वकै उदाउँदो शहर इटहरी उपमहानगरपालिकामा अहिलेसम्म काँग्रेसले नेतृत्व लिन सकेको छैन। २०७४ सालको निर्वाचनमा एमालेका मेयरमा द्दारिकलाल चौधरी र उपमेयरमा लक्ष्मी गौतम विजयी भएकी थिइन्।
चौधरीले २२ हजार ६८९ मत ल्याएर विजयी भएका थिए भने गौतमले २१ हजार ८४२ मत ल्याएर विजयी भएकी थिइन्। त्यो बेला नेपाली काँग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९८५ र उपमेयरमा बिमला ढकालले १८ हजार ३५२ मत ल्याएकी थिइन्।
यहाँ २०७४ सालको निर्वाचनमा ७७ हजार ६ सय ७७ जना मतदाता रहेका थिए। यसपटक भने मतदाता बढेर एक लाख चार हजार ६२६ जना पुगेका छन्। जसमा महिला ५४ हजार सात सय र पुरुष ४९ हजार ९२५ छन्।