३५ करोडको लागतमा १५ वर्षअघि निर्माण भएको भौतिक संरचनालाई प्रयोग गरी पूर्वाञ्चल विश्वविद्यालयको सम्पूर्ण प्रशासनिक काम मोरङको गोठगाउँबाट गर्ने व्यवस्था मिलाउने नेपाली काँग्रेसको चुनावी संकल्पपत्रमा सार्वजनिक गरेको छ।
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मोरङ सुन्दरहरैँचामा नेपाली काँग्रेसले संकल्प पत्र सार्वजनिक गर्दै विश्वविद्यालयको सम्पूर्ण प्रशासनिक काम गोठबाट गर्ने व्यवस्था मिलाउने उल्लेख गरेको छ। सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँ क्षेत्रमा निर्माण पूरा भएको पूर्वाञ्चल विश्वविद्यालयका भौतिक संरचना अहिलेसम्म पूर्णरुपमा प्रयोगमा आउँन सकेको छैन। पछिल्लो समय विश्वविद्यालयको केन्द्रीय कार्यालयसँग सम्बन्धित काम हुने व्यवस्था भने मिलाइको छ। यस्तै, यहाँ डिप्लोका नर्सिङ्, कृषि, वन विज्ञान र जनस्वास्थ्य विषयका पढाई पनि हुने गरेको छ।
स्थानीय बासिन्दाले विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँबाटै सञ्चालन गर्नुपर्ने एक सुत्रीय माग राखेर झन्डै एक दसकदेखि बेला–बेलामा आन्दोलन चर्काउने गरेका छन्। त्यहाँ निर्माण भएका भवन प्रयोग नहुँदा खण्डहर हुने अवस्थामा पुगेका छन्।
सरकारले ठूलो लगानी लगाएर पूर्वाञ्चल विश्वविद्यालयका लागि भौतिक पूर्वधार निर्माण गरेपनि ती प्रयोगमा नआउँदा दुरुपयोग त भएकै छ। अर्कातिर संरक्षण नहुँदा विश्वविद्यालय क्षेत्रका प्राकृतिक स्रोत र साधन पनि समेत नास हुने क्रम बढ्दो छ।
सुन्दरहरैँचा क्षेत्रको आठ सय पाँच विघा क्षेत्रफलमा पूर्वाञ्चल विश्वविद्यालयका भौतिक पूर्वाधार निर्माण भएका छन्।
संकल्पपत्रमा पूर्वाञ्चल विश्वविद्यालयबाट अध्ययन/अध्यापन हुने विभिन्न संकायमा स्थानीय कोटा निर्धारण गरी विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने पनि उल्लेख छ। यस्तै, एक वडा एक डाक्टर र एक टोल एक नर्स उत्पादनका लागि नगरपालिकाले छात्रवृति मार्फत डाक्टर र नर्स उत्पादन गर्ने योजना संकल्प पत्रमा राखिएको छ।
संकल्पत्रमा इन्द्रपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने समेटिएको छ। १९ विघा सात कट्ठामा नेपालकै सवैभन्दा ठूलो बहुउद्देश्यीय रंगशाला पाँच वर्षभित्रमा गर्ने उल्लेख छ। यस्तै, हरेक विद्यालयलाई जिडिटल विद्यालयका रुपमा रुपान्तरण गरीने पनि उल्लेख छ।
संकल्प पत्रमा भर्खरै सञ्चालनमा रहेको सुन्दरहरैँचा नगर अस्पताललाई ५० वेडमा स्तरोन्नति गरीने उल्लेख गरीएको छ। यस्तै, नगरको लगानी कृषकको ल्याण्ड, केरा खेती सुन्दरहरैँचाको ब्राण्ड भन्ने नारासहित वडा नं. ६ र ७ लाई नगदे बाली केरा पकेट क्षेत्र तथा वडा नं. २ र ८ लाई तरकारी पकेट क्षेत्र बनाइने उल्लेख छ।
गछीयामा निर्माण सुरु गरीएको चिस्यान केन्द्रलाई आधुनिक ढंगले निर्माण गरी स्थानीय उत्पादनको भण्डारण विशेष सहुलियतमा गरिने र सिटी सफारीमा लाग्ने सम्पूर्ण कर मिनाहा गरीने उल्लेख छ।
संकल्प पत्रमा सुशासन र पारदर्शीतालाई प्रमुख मुद्दाको रूपमा प्राथमिकता दिइएको छ। यस्तै, पूर्वाधार विकास, स्वास्थ्य, रोजगारी, डुबानको समस्या समाधान, सहरी सौन्दर्यीकरण कृषि, भाषा संस्कृतिको संरक्षण, फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
संकल्पत्रमा सहकारी क्षेत्र, सुकुम्बासी तथा भूमिहीन, विपद व्यवस्थापन, सूचना तथा सन्चार, शान्ति सुरक्षा र आय श्रोतमा वृद्धि गर्ने विषयलाई पनि समेटिएको छ। संकल्प पत्रमा नगरमा भएका जेष्ठ नागरीकहरुलाई निःशुल्क स्वास्थ्य सेवा र भत्तामा पहिलो मुद्दा बनाउदै आगामी दिनमा समुन्नत सुन्दरहरैँचाको निमार्ण गर्ने मेयर पदका उम्मेदवार शिवप्रसाद ढकालले बताए।