सुझाव समितिको प्रतिवेदन आजै संवाद समितिमा पठाइने
१३ साउन २०७२
•
२ मिनेट पाठ
सुझाव समितिको प्रतिवेदन आजै संवाद समितिमा पठाइने
काठमाडौं–नागरिक सम्बन्ध तथा सुझाव समितिको प्रतिवेदनमाथिको छलफल सकेर आजै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने तयारी भएको छ । बुधबार बसेको संविधानसभाको बैठकमा समितिको प्रतिवेदनमाथिको छलफल जारी छ ।प्रतिवेदनमाथिको छलफललाई नाटक भन्दै चार मधेस केन्द्रित दलले भने बहिष्कार गरेका छन् । संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टीले भने संविधानसभा बहिष्कार गरेका छन् ।

प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष भीम रावलले जनताको सुझावलाई सम्बोधन गर्दै चाँडो संधिवान जारी गर्नुपर्ने बताए । 'जनताको आकाक्षालाई पुरा गर्दै चाँडो संविधान जारी गर्नुको विकल्प छैन,' उनले भने ।एमाओवादी सभासद राम कार्कीले नेपाल बाहिर शरणार्थीको रुपमा रहेका नेपालीलाई दश वर्षमा रिन्यू गर्ने गरी विषेश परिचय पत्रको व्यवस्था गर्न माग गरे ।

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका सभासद जितेन्द्र देवले अन्तरिम संविधानमा भएजस्तै नागरिकताको व्यावस्था गर्न माग गरे ।राप्रपा नेपालका सुशील श्रेष्ठले ८० प्रतिशत भन्दा बढी हिन्दु रहेको र अधिकांश जनतालेपनि हिन्दु राज्य बनाउन सुझाव दिएकाले नयाँ संविधानमा धर्म निरपेक्ष शब्द हटाउन माग गरे । प्रतिवेदनमाथिको छलफल अहिले जारी छ ।
अर्को समाचार
समितिको प्रतिवेदन आजै पारित गरी संवैधानिक समितिमा पठाइने
२० माघ २०६६
•
४ मिनेट पाठ
समितिको प्रतिवेदन आजै पारित गरी संवैधानिक समितिमा पठाइने
काठमाडौं, माघ २१ (नागरिक)- एकीकृत मस्यौदा तयारीका लागि संवैधानिक समितिमा पठाउनका लागि प्रतिवेदन अध्ययन समितिले संविधानसभाका अध्यक्षलाई हस्तान्तरण गरेको छ।

प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजश्व बाँडफाँड समितिको प्रतिवेदनलाई सुझाव र निर्देशनसहित संवैधानिक समितिमा पठाउन सभाध्यक्षसमक्ष बुझाइएको हो।

समितिको प्रतिवेदन सुझाव र निर्देशनसहित बिहीबार नै पारित गरी संविधानसभामा पठाउने जानकारी संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दिए। उनले भने, 'प्रतिवेदन अध्ययन समितिको पहिलो प्रतिवेदन संविधानसभालाई प्राप्त भएको छ, अब संविधान निर्माणको अर्को महत्वपूर्ण प्रक्रिया सुरु भएको छ। शुक्रबारै राज्य पुनसंरचना समितिको प्रतिवेदनमाथिको छलफल सकिंदैछ। एक महिनाको समय संवैधानिक समितिले संविधानको मूल मस्यौदा तयार पार्न कार्यतालिकाको नवौ संशोधनमा छुट्याइएको छ। जुन संविधान निर्माणको दोस्रो चरण हो।

अध्ययन समितिका संयोजक अग्नि खरेलले विभिन्न फरकमतहरूलाई आफ्नो समितिको दायराभित्र रहेर हल गर्न प्रयत्न गरेको बताउँदै भने, 'दलले राखेका अडानसँग जाडिएका विषय हाम्रो पहुँचभन्दा बाहिर छन्, त्यसको निम्ति दल-दलबीच छलफलको आवश्यकता छ।'

संविधानसभाले गत जेठ १३ गते संविधानसभाबाट गठित १५ सदस्यीय उक्त समितिको जिम्मेवारीभित्र 'सभामा भएको छलफल र समितिका सभापतिले दिएको जवाफका आधारमा प्रतिवेदनमा परिमार्जन गर्नुपर्ने आवश्यकता भए सोको सुझावसहित सभाध्यक्ष' समक्ष प्रतिवेदन पेश गर्न तोकेको छ। सबै समितिका मस्यौदा एकीकरण गर्दा संवैधानिक समितिले ध्यान दिनुपर्ने विषय पनि सो प्रतिवेदनमा उल्लेख गर्नुपर्ने तोकिएको छ।

प्राकृतिक स्रोत आर्थिक अधिकार तथा राजस्व बाँडफाँट समितिमा विवाद भएको भूमिसुधारका लागि जग्गा अधिग्रहण गर्दा क्षतिपूर्ति दिने कि नदिने भन्ने विषयमा माओवादी र एमाले-कांग्रेस-मधेशी दलहरूबीच मत बाझिएको थियो। नयाँ संविधानमा 'मौलिक हक' अन्तर्गत 'सम्पत्तिको हक' मा हदबन्दीभन्दा बढी जमीन बिनामुआब्जा अधिग्रहण गर्नसक्ने पक्षमा माओवादी र मुआब्जा दिएरमात्र अधिग्रहण गर्नुपर्ने पक्षमा एमाले-कांग्रेस र मधेशवादी दलहरू विभाजित छन्। गत असोज २ गते मतदान गरी समितिद्वारा पारित प्रस्तावमा भनिएको छ, 'राज्यले वैज्ञानिक/क्रान्तिकारी भूमिसुधार कार्यक्रम लागू गर्दा कुनै पनि व्यक्ति वा संस्थाको हदबन्दीभन्दा जमिन कानूनबमोजिम अधिग्रहण गर्न वा प्राप्त गर्न सक्नेछ।'

सोमबार संविधानसभा भवन नयाँ बानेश्वरमा दलका प्रतिनिधिहरूबीच भएको छलफलमा भूमिसुधारको मुद्दा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको क्षेत्राधिकारमा पर्ने समितिको ठहर छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस