काठमाडौं- संविधानको प्रारम्भिक मस्यौदामा सर्वसाधारणले दिएका रायसुझाव प्रतिवेदन संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति पुगेको छ।
संविधानसभाले चार दिनभित्र कुन–कुन सुझाव समावेश गर्ने भन्नेबारे प्रमुख राजनीतिक दलसहित संविधानसभाका सबै दलबीच सहमति जुटाउन प्रतिवेदन समितिको जिम्मा लगाएको हो।
प्रतिवेदनमा छलफल गर्न संवाद समितिको बैठक बिहीबार बिहान डाकिएको छ।सहमति कायम हुन नसके संवाद समितिले सहमति भएका र हुन नसकेका विषय छुट्ट्याएर आफ्नो प्रतिवेदन संविधानसभामा पेस गर्नेछ।
'संवाद समितिले आफ्नो समयभित्र जति विषयमा सहमति कायम गर्न सक्छ, ती विषय जस्ताको त्यस्तै संविधानसभामा पेस गर्न सक्छ,' स्रोतले भन्यो, 'सहमति कायम हुन नसकेका विषय यसअघिजस्तै सहमति हुन नसकेको भनेर उल्लेख गरी प्रतिवेदन तयार पार्न संविधानसभाले निर्देशन दिएको हो।'
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा संविधानसभा भवन, नयाँबानेश्वरमा प्रमुख दलका शीर्ष नेता, संवाद समितिका सभापति, मस्यौदा समितिका सभापतिबीच भएको छलफलले संवाद समितिलाई चार दिन समय दिने र संविधानसभामा छलफलपछि मस्यौदा समितिलाई पनि अन्तिम मस्यौदा तयार गर्न चारै दिन समय दिने सहमति गरेको थियो।
संविधानसभा बैठकमा सभाध्यक्षले संवाद समितिलाई चार दिनको समय दिन गरेको प्रस्ताव बहुमतले पारित गरेको थियो।
संवाद समितिले संविधानको पहिलो मस्यौदा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको प्रतिवेदन, ७५ वटै जिल्लाबाट प्राप्त प्रारम्भिक सुझावसहितको प्रतिवेदन, जनताले विभिन्न माध्यममार्फत दिएका करिब २ लाख सुझाव अध्ययन गर्न सक्नेछ।
ती सुझाव केलाएर संविधानमा समावेश गर्ने विषयमा सहमति गर्ने जिम्मा संवाद समितिले पाएको हो।
'संवाद समितिलाई दिइएको समयमा काम सक्ने गरी बिहीबार बिहानै बैठक बोलाइएको छ,' समितिका सभापति बाबुराम भट्टराईले भने, ...जनताले दिएका रायसुझावमाथि छलफल हुन्छ।' संविधानसभा अब संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी/समानुपातिक प्रक्रियाबाट पछि फर्किन नसक्ने उनले औंल्याए।
सुझाव संकलनका क्रममा जनताले हिन्दु धर्म कायम हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने, नेताहरुको योग्यता तय गरिनुपर्नेलगायत सुझाव बढी दिएका थिए।
संविधानसभा अध्यक्ष नेम्वाङले प्रमुख दलको बैठकमा संवाद समितिमा विषयहरु प्रवेश गर्नुअघि पनि आन्तरिक र बहुपक्षीय छलफलमा जुट्न नेताहरुलाई आग्रह गरेका थिए।
'संवाद समितिले पाएको बढीमा चार दिनको समय पूरा नगरी पनि समितिले सहमतिको प्रतिवेदन सभामा पेस गर्न सक्छ,' नेम्वाङले बैठकमा भनेका थिए, ...त्यसका लागि तपार्इंहरु अहिल्यैदेखि छलफलमा जुट्नुस्।'
उनले शीर्ष नेतालाई अब चौबिसै घन्टा संविधान निर्माणका लागि दिन आग्रह गरेका थिए।
मस्यौदा समितिले अन्तिम मस्यौदा तयार पारेपछि दुईवटा नियम निलम्बन गरेर साउन मसान्तभित्रै संविधान जारी गर्न प्रमुख दल सहमत रहेको नेम्वाङले जानकारी दिए।
संविधानको अन्तिम मस्यौदामा विचार गरियोस् भन्ने प्रस्तावमाथि तीन दिनको समय र संविधानको अन्तिम मस्यौदा संशोधनका लागि ७ दिनको समय दिने नियमावलीमा उल्लेख गरिए पनि यी नियम निलम्बन गरेर १/१ दिन दिइने तयारी गरिएको स्रोतले जानकारी दियो।
संघीय समाजवादी फोरम नेपालसहित चार दलका नेताले संविधानको मस्यौदा पुनर्लेखन माग गर्दै बुधबारको संविधानसभा बैठक बहिस्कार गरेका थिए।
यसअघि विभिन्न दलका सभासदले नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले बुझाएको प्रतिवेदनमाथि आआफ्ना धारणा राखेका थिए।
एमाले सभासद भीम रावलले संविधान बन्न नदिनेहरुले संविधानसभालाई नाटकको संज्ञा दिएको बताउँदै कसैकसैले संसार र राजनीतिलाई नै नाटक देख्ने बताए।
उनले जनताको प्रतीक्षा छिटो पूरा हुनुपर्ने धारणा राखे।
एमाओवादीका सुरेन्द्र कार्कीले नेपालबाहिर रहेका नेपाली समुदायलाई १०/१० वर्षमा नवीकरण हुनेगरी विशेष परिचयपत्र दिनुपर्ने माग गरे। कांग्रेसका कमल पंगेनीले मिश्रित निर्वाचन प्रणाली भएको अवस्थामा प्रत्यक्ष कार्यकारी हुन नसक्ने तर्क गर्दै कार्यकारी सरकार प्रमुख भइसकेको व्यक्ति संवैधानिक राष्ट्रपति हुन नहुनेमा जोड दिए।
राप्रपा नेपालका सुशील श्रेष्ठले जनताको रायसुझावका क्रममा ८० प्रतिशत बढीले हिन्दु राज्य माग गरे पनि प्रतिवेदनमा संख्या उल्लेख नगरिएको बताए। फोरम लोकतान्त्रिकका जितेन्द्र देवले नागरिकताबारे अन्तरिम संविधानबमोजिम र प्रस्तावनामा मधेस आन्दोलन थप गर्न माग गरे। उनले संविधानको अन्तिम मस्यौदामा धार्मिक स्वतन्त्रता उल्लेख गरिनुपर्ने धारणा राखे।
एमाले सभासद प्रकाश ज्वालाले सकेसम्म प्रदेशको सीमा निर्धारण गरेर साउनभित्रै संविधान जारी गर्न जनताको दबाब रहेको बताए।
नेकपा माले सभासद सिपी मैनालीले एउटै सूत्रमा रहेका जातजाति भएको मुलुक नेपाल भनेर मस्यौदामा उल्लेख गरिनुपर्ने सुझाव आएको बताए।
सभासद धनराज गुरुङले जनताले दिएका सुझावलाई कर्मकाण्डी रुपमा लिन नहुने धारणा राखे।
उनले जनताले दिएका सुझावहरु मार्गदर्शक भएकाले पनि संविधानको अन्तिम मस्यौदामा समावेश गर्नुपर्ने बताए।
नेकपा–मालेका अईन्द्रसुन्दर नेम्वाङले नागरिकतामा अहिलेकै व्यवस्था ठिक भन्ने सुझाव आएको उल्लेख गर्दै पुर्ण प्रेस स्वतन्त्रता हुनैपर्ने धारणा राखे।
नेपाली कांग्रेसका बद्री पाण्डेले जनताका सुझाव रचनात्मक ढंगले समावेश गरिनुपर्ने बताए।
कांग्रेस सभासद चन्द्रकान्त भण्डारीले संकटकालमा पनि प्रेसका हक अधिकार कुण्ठित गर्न नपाइने व्यवस्था गर्नुपर्ने धारणा राखे। उनले जनताले हिमाल, पहाड र तराई मिलाएर प्रदेश बनाउन सुझाव दिएको धारणा राखे।
एमाओवादीका गणेशमान पुनले सुझावसहितको प्रतिवेदन गोलमोटल भएको उल्लेख गर्दै संवाद समितिले सबै सुझाव हेर्नुपर्ने धारणा राखे।
एमाओवादीकै प्रभु साहले प्रतिवेदनमा जनताले दिएका फरक मत समावेश नगरिएको आरोप लगाएका थिए।