काठमाडौं- अन्तर्राष्ट्रिय कानुन तथा मूल्य–मान्यताविपरीत नेपाली भू–भाग डुबानमा पर्नेगरी भारतलाई सीमा क्षेत्रमा पूर्वाधार निर्माणको अनुमति दिने दुई उच्च अधिकृतलाई सरकारले कारबाही गर्ने भएको छ।
बाँके जिल्लाका केही क्षेत्र डुबानमा पर्नेगरी पूर्वाधार निर्माण गर्न दिएको भन्दै सरकारले ती अधिकृतलाई कारबाही गर्न सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो। नेपालको भू–भाग डुबानमा पर्नेगरी भइरहेको निर्माण कार्य तत्काल रोक्न भारतलाई पत्राचार गर्नसमेत सरकारले परराष्ट्र मन्त्रालयलाई भनेको छ।
सरकारले डिभिजन सडक कार्यालय बाँकेका तत्कालीन डिभिजन प्रमुख मनोज श्रेष्ठ र नेपालगन्ज नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत लोकबहादुर सुनारलाई कारबाही सिफारिस गरेको हो। सरकारी सेवाबाट अवकाश पाइसकेका बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीलाई भने कुनै कारबाही सिफारिस गरिएको छैन।
'प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कारबाहीसम्बन्धी पत्र आएको छ तर राम्रोसँग हेर्न भ्याएको छैन,' सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले नागरिकसँग भने। सरकारले 'गम्भीर लापरबाही गरी पदीय दायित्व जिम्मेवारीपूर्वक निर्वाह नगर्ने' भन्दै श्रेष्ठ र सुनारलाई विभागीय कारबाही सिफारिस गरेको हो। वली, श्रेष्ठ र सुनारले नेपाली भू–भाग डुबानमा पर्नेगरी बाँके जिल्लाको सीमा क्षेत्रमा भारतलाई सडक निर्माण गर्न स्वीकृति दिएका थिए।
भारतले बाँके जिल्लामा नेपाल–भारत सीमानजिक रुपैडिया मुन्सी पूर्वग्राम श्रीनगरदेखि समतलिया भू–भाग खण्डमा भारतीय पक्षबाट भइरहेको सडक निर्माणका कारण बाँकेका केही भूभाग डुबानमा परेका छन्। जमिनको सतहदेखि करिब चार मिटर उचाइमा निर्माणाधीन सडकका कारण पानी नेपाली भूभागमै फर्किएर दर्जनौं बस्ती डुबाइरहेको छ। भारतले जेठदेखि सडक निर्माण थालेको हो।
भारतले सीमानजिक आफ्नो भूमिमा २५ देखि ३० मिटर चौडाइको १ हजार ६ सय किलोमिटर लामो सडक बनाइरहेको छ। हालसम्म बाँकेको सुइयाबाद्यौडादेखि साईगाउँसम्म सडक निर्माण सकिएको छ, सडकको अधिकांश भाग दशगजासँगै जोडिएको छ। भारतीय पक्षबाट सीमाक्षेत्रमा निर्माण भइरहेको सडकका कारण बाँकेका हिरिमिनिया, पिप्रहवा, भवानीपुरलगायत १० गाविस प्रभावित हुने देखिएको छ।
हेलसिन्की अभिसन्धि र संयुक्त राष्ट्रसंघका विभिन्न महासन्धिअनुसार दुई देशबीचको सीमाक्षेत्रमा भौतिक संरचना निर्माण गर्दा तल्लो र माथिल्लो तटीय क्षेत्रमा कम्तीमा ८/८ किलोमिटर क्षेत्र छोड्नुपर्छ। भारतले यसअघि लक्ष्मणपुर र कलकलवा बाँध पनि एकतर्फी निर्माण गरेको थियो। एक दशकअघि भारतले नेपाली पक्षको विरोधको बाबजुद दशगजानजिकै २२ किलोमिटर कलकलवा बाँध निर्माण गरेको थियो, जसका कारण राप्ती नदी छेकिँदा जिल्लाको होलिया, गंगापुर, फत्तेपुर, मटेहिया, बेतहनी, कम्नीलगायत गाविस डुबानमा परेका छन्।
पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेको भन्दै केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठ र सुनारलाई विभागीय कारबाही गर्ने निर्णय गरेको हो। 'गम्भीर लापरबाही गरी पदीय जिम्मेवारी निर्वाह नगर्ने डिभिजन सडक कार्यालय बाँकेका तत्कालीन डिभिजन प्रमुख मनोज श्रेष्ठ र नेपालगन्ज नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत लोकबहादुर सुनारलाई निजामती सेवा ऐन, २०४९ बमोजिम विभागीय कारवाही गर्ने,' मन्त्रिपरिषदको निर्णयमा भनिएको छ।
भारतले सीमामा सडक निर्माण गर्ने भएपछि सन् २०१४ जुलाई १९ मा बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली र भारतीय अधिकारी मुख्य अभियन्ता एसपी सक्सेनाबीच नेपाल–भारत सीमासम्बन्धी बैठक बसेको थियो। बैठकले निर्माण गरिने भनिएको सडक क्षेत्रको अवलोकन गर्न नेपाल–भारत संयुक्त सीमा निरीक्षण टोली गठन गरेको थियो।
संयुक्त सिमा टोलीमा नेपालको तर्फबाट बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी अधिकारी, डिभिजन सडक कार्यालय बाँकेका तत्कालीन डिभिजन प्रमुख मनोज श्रेष्ठ र नेपालगन्ज नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत लोकबहादुर सुनार थिए। नेपाली पक्षले संयुक्त निरीक्षण टोलीमा जलउत्पन्न प्रकोप नियन्त्रण विभागबाट कसैलाई समावेश गरेको थिएन। भारतका तर्फबाट टोलीमा सक्सेना, उत्तर प्रदेशको पिडब्लुडी बहराइच सीडी ३ का कार्यकारी इन्जिनियर राधेश्याम शर्मा र सहायक इन्जिनियर एसडी कनौजिभा थिए।
संयुक्त सीमा निरीक्षण टोलीले सन् २०१४ जुलाई २३ मा नेपाल–भारत सीमानजिक रुपैडिया मुन्सी पूर्व ग्राम श्रीनगरदेखि समतलिया भू–भाग खण्डमा भारतीय पक्षबाट भइरहेको सडक निर्माणको अवलोकन गरेका थिए। 'भारतीय पक्षबाट भइरहेको सडक निर्माणबाट नेपाली भू–भागतर्फ पर्ने असरका सम्बन्धमा पर्याप्त सावधानी नअपनाई पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेको देखिएको छ,' कारबाही गर्नुको कारण मन्त्रिपरिषदले स्पष्ट खुलाएको छ।
निरीक्षणमा संलग्न नेपाली टोलीले नेपाललाई निर्माणाधीन मार्गबाट असर नपुग्ने भन्दै भारतीय पक्षलाई सडक निर्माण कार्य अघि बढाउन स्वीकृति दिएको थियो। स्वीकृतिपत्रमा वली र सक्सेनाको उपस्थितिमा नेपालको तर्फबाट श्रेष्ठ र सुनार तथा भारतको तर्फबाट शर्मा र कनौजिभाले हस्ताक्षर गरेका थिए। स्वीकृतिपत्र हिन्दी भाषामा लेखिएको थियो। सडक निर्माणले पानीको बहाव र नेपालमा कुनै असर नगर्ने ठहर गर्दै भारतलाई स्वीकृति दिइएको उल्लेख छ तर अहिले सडक निर्माणका कारण नेपाली भूभाग डुबानमा पर्दा त्यहाँ बसोबास गर्ने नेपालीको बिचल्ली भएपछि सरकारले भारतलाई सडक निर्माणको स्वीकृति दिने दुई उच्च अधिकृतलाई कारबाही गर्ने निर्णय गरेको हो।
यस्तै, बाँके जिल्लामा केही क्षेत्र डुबानमा परेको सम्बन्धमा नेपालको भू–भाग डुबानमा पर्नेगरी निर्माण कार्य नगर्न भारतलाई आग्रह गर्ने सरकारको निर्णयअनुसार परराष्ट्रले कुरा अघि बढाएको छ। निर्माण कार्य रोक्न द्विपक्षीय रूपमा कुराकानी भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले बताए। उनले भने, 'सडक निर्माणले नेपाली भूभाग डुबानमा परेको प्रति हामीले भारतसँग चासो व्यक्त गरेका छौं। अहिले त्यस क्षेत्रको प्राविधिक रूपमा अध्ययन भइरहेको छ।'