हराएका राहदानी विवरण इन्टरपोलमा
१४ साउन २०७२
•
८ मिनेट पाठ
हराएका राहदानी विवरण इन्टरपोलमा
काठमाडौं- सरकारले १ लाख २० हजार नेपाली राहदानीको विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को केन्द्रीय डाटाबेस प्रणालीमा राखेको छ। साढे ४ वर्षमा नेपालभित्र र बाहिर हराएका तथा चोरी भएका नेपाली राहदानीको विवरण सरकारले इन्टरपोललाई उपलब्ध गराएको हो। इन्टरपोलले हराएका राहदानी दुरुपयोग नहोस् भनेर सातै दिन चौबीसै घन्टा निगरानी राख्ने गरेको छ।'जानकारीमा आएको हराएका नेपाली राहदानीको संख्या एकदमै ठूलो छ। हराएका सबै नेपाली राहदानीको विवरण इन्टरपोलको डाटा बैंकमा राखिसकेका छौं,' नेपाल प्रहरी इन्टरपोल शाखाकी डिएसपी बसुन्धारा खड्काले भनिन्, 'अहिले हराएका राहदानीमाथि निगरानी भइरहेको छ। हराएका नेपाली राहदानी दुरुपयोग भएको छिटपुट भेटिएको छ।'




चोरी तथा हराएका राहदानी अन्तरदेशीय अपराधमा प्रयोग हुने गरेको प्रमाण धेरैपटक भेटिएपछि यसलाई रोक्न इन्टरपोलले यस्ता राहदानीको विवरण सदस्य राष्ट्रसँग माग्ने र उपलब्ध गराउने गरेको छ। खासगरी पुरानो हस्तलिखित राहदानीमा तस्बिर र अन्य विवरण परिवर्तन गरी दुरुपयोग गरेका घटना बढेपछि परराष्ट्र मन्त्रालयको राहदानी विभागले देशभित्र र बाहिर हराएका तथा चोरी भएका राहदानीको विवरण संकलन गरी इन्टरपोललाई बुझाएको हो। इन्टरपोलको सदस्य रहेका विश्वका १ सय ९० राष्ट्रको अध्यागमनले यस्ता हराएका राहदानी बोकेका यात्रु भेटाए पक्राउ गरी कारबाही अघि बढाउन सक्नेछन्।

'अन्य देशका हराएका राहदानीको विवरण हामीसँग छ र हाम्रा हराएका राहदानीको विवरण उनीहरूसँग,' खड्काले भनिन्। नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा इन्टरपोलमा राखिएका हराएका राहदानी जाँच गर्ने 'डिभाइस' राखिएको छ।

सरकारले मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) जारी गरेदेखि हराएकाको विवरण संकलन गरी इन्टरपोललाई उपलब्ध गराएको हो। २०६७ फागुन १२ देखि २०७२ असार १५ सम्म १ लाख २० हजार राहदानी हराएको विवरण राहदानी विभागले तयार पारेको छ। यति छोटो अवधिमा यति ठूलो संख्यामा राहदानी विश्वका कुनै पनि देशमा नहराउने तथा चोरी नहुने जानकार बताउँछन्।

'राहदानी हराएको तथा चोरी भएको हाम्रो आँकडा अविश्वसनीय छ। अन्य कुनै पनि देशमा यति ठूलो संख्यामा राहदानी हराउने तथा चोरी हुने हुँदैन,' राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले भने, 'कसैले दुरुपयोग गर्ने उद्देश्यले राहदानी हराएको तथा चोरी गरेको हो भने त्यो निकै डरलाग्दो हुन्छ। त्यसैले दुरुपयोग कसैले गर्न नसकोस् भनेर हामीले हराएका तथा चोरी भएका सबै राहदानीको विवरण इन्टरपोललाई उपलब्ध गराएका हौं।'

हराएका तथा चोरी भएका अधिकांश राहदानी हस्तलिखित छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार सन् २०१५ नोभेम्बर २४ सम्म मात्र हस्तलिखित राहदानी प्रयोग गर्न पाइन्छ। त्यसपछि अनिवार्य रूपमा एमआरपी प्रयोग गर्नुपर्छ। इन्टरपोलमा राखिएको राहदानीको विवरण नयाँ बनाउन आउनेहरूबाट लिइएको हो।

'राहदानी हराउँदा तथा चोरी हुँदा पनि नयाँ बनाउन नआउनेको संख्या पनि ठूलो हुन सक्छ। अहिले हामीले इन्टरपोललाई उपलब्ध गराएको विवरण हराएर तथा चोरी भएर नयाँ बनाउन आउनेहरूको मात्र हो,' थापाले भने।

हराएका तथा चोरी भएका मध्ये हस्तलिखित राहदानीको संख्या एक लाख १२ हजार ५ सय र मेसिनले पढ्नसक्ने राहदानी (एमआरपी) को संख्या साढे ७ हजार छ। वितेको करिव साढे ४ वर्षको अवधिमा दैनिक औसत ७४.४४ वटा राहदानी हराउने गरेको छ।

विभागका अनुसार सन् २०११ मा १३ हजार ७ सय ९, २०१२ मा १९ हजार ४ सय ३४, २०१३ मा ३५ हजार ८ सय १७, २०१४ मा ४७ हजार ९ सय ४ र सन् २०१५ जनावरी यता ३ हजार १ सय ४५ पासपोर्ट हराएका छन्।

साढे चार बर्षको अवधिमा सबैभन्दा बढि पासपोर्ट काठमाडौंबाट जारी भएका हराए तथा चोरी भएका छन्। यो अवधिमा काठमाडौंबाट जारी भएका १९ हजार पासपोर्ट हराएका छन्। काठमाडौंपछि पासपोर्ट बढि हराउने जिल्लामा सिराहा (५,०००), महोत्तरी (३,५००), मोरङ (२,५०२), झापा (२,३००), दाङ (२,२७५), रुपन्देही (२,१०१), सप्तरी (२,००९), नवलपरासी (१,८९५) र गोर्खा (१,८११) छन्।

सबैभन्दा कम पासपोर्ट हराउने जिल्लामा मुगु परेको छ। साढे चार बर्षको अवधिमा मुगुबाट जारी भएका जम्मा दुई वटा मात्र पासपोर्ट हराए तथा चोरी भएको रिपोर्ट परेको छ। कर्णाली अञ्चलका पाँच वटा जिल्ला सबैभन्दा कम राहदानी हराउने जिल्लाको सूचीमा छन्। मुगुपछि कम पासपोर्ट हराउने जिल्लाको पहिलो १० को सूचीमा डोल्पा (५), जुम्ला (६), हुम्ला (९), बझाङ (१३), बाजुरा (२४), कालिकोट (२९), अछाम (३५), डोटी (३९) र मनाङ (४६) रहेको छ।

कर्णालीका पाँच वटै जिल्लामा सबैभन्दा थोरै जनसंख्या रहेको जिल्ला मनाङमा भन्दा पनि कम पासपोर्ट हराएका छन्। कणार्लीको पाँच जिल्लामा करिव साढे ४ बर्षमा जम्मा ५१ वटा राहदानी हराएका छन् भने मनाङमा ४६। सुदुर पश्चिमाञ्चला र मध्य पश्चिमाञ्चलका जिल्लामा सबैभन्दा कम राहदानी हराएका छन्। सुदुरपश्चिम क्षेत्रमा मानीसहरु रोजगारीको लागि खाडी तथा मलेसिया भन्दा छिमेकी राष्ट्र भारतमा बढि जाने भएकोले त्यहाँ कम पासपोर्ट बन्ने र त्यही अनुपातमा हराएको रिपोर्ट पर्ने बुझाई सरोकारवाल निकायको छ।
अर्को समाचार
अठार हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा
०६ माघ २०७८
•
२ मिनेट पाठ
अठार हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा
राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)मा दर्ता गराएको छ। राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा दर्ता गराएको हो।




नियमावलीअनुसार हराएका राहदानीबारे इन्टरपोललाई समय–समयमा अद्यावधिक गर्नुपर्ने प्रावधन छ। यसै हप्ता परराष्ट्र मन्त्रालयले जारी गरेको नेपालको परराष्ट्र मामिलासम्बन्धी वार्षिक प्रतिवेदनमा विभागले हराएको राहदानीको विवरण नियमित रूपमा इन्टरपोललाई पठाउँदै आएको जनाइएको छ। वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ को विवरणमात्र समावेश गरिएको छ।

विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालय, १९ इलाका प्रशासन कार्यालय र विदेशस्थित ४० नेपाली कूटनीतिक नियोगमार्फत राहदानी सेवा उपलब्ध गराउँदै आएको तथा उक्त अविधि सम्ममा ६८ लाख ६ हजार ९१३ ‘मेसिन रिडेबल पासपोर्ट’ जारी गरेको प्रतिवेदनमा उल्लेख छ।

पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मापदण्डअनुसार परराष्ट्र नीति सञ्चालन गरिरहेको मुलुकले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गरेको छ। उदार, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको वकालतलाई नेपालले जारी राखेको प्रतिवेदनमा स्पष्ट गरिएको छ भने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतिबद्धता महसुस गर्न विकासका साझेदारहरूसँग सहकार्य भइरहेको, दिगो विकास लक्ष्य हासिल गर्ने आकाङ्क्षा पूरा गर्न हरसम्भव प्रयास गरिएको जनाइएको छ।

कोभिड–१९ को महामारीले सिर्जना गरेको कठिनाइका बीच पनि नेपालको संलग्नता छिमेकी र अन्य देशका साथै क्षेत्रीय र बहुपक्षीय मञ्चमा प्रतिनिधित्व एवं संलग्नता सक्रिय र अर्थपूर्ण रहेको दाबी गरिएको छ।

बाह्य जगत्सँग नेपालको सम्बन्धलाई प्रगाढ र सुदृढ बनाउन परराष्ट्र मन्त्रालय सक्रियतापूर्वक लागिरहेको, द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय स्तरका मित्र राष्ट्रहरूसँग पनि आर्थिक कूटनीति प्रवर्द्धन र विदेशमा रहेका नेपाली नागरिकको हितको रक्षाका निम्ति दत्तचित्त भएर लागेको प्रतिवेदनमा जनाइएको छ।

वर्तमान सरकारले संवैधानिक सर्वोच्चतालाई उच्च महत्व दिएको, मानव अधिकार, मौलिक स्वतन्त्रता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, सुशासन, लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण, राष्ट्रको उन्नयन र राष्ट्रिय हित, आर्थिक विकास, सामाजिक–आर्थिक रूपान्तरणको आधारस्तम्भ निर्माण, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने, सङ्घीयता कार्यान्वयन तथा स्थानीय तहको सुदृढीकरणलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति सञ्चालन गरिरहेको उल्लेख छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस