काठमाडौं—सभामुख सुवास नेम्वाङले शुक्ररबार संसद बैठकको शून्य समयमा बोल्ने सभासदको नाम उच्चारण गरे-'माननीय श्री गाैरी कुमारी वली।'
अलि टाठो मिजासमा महिला आवाज माइकमा सुनियो 'सम्माननीय सभामुख महोदय मैले आज बोल्ने लिस्टमा टिक लगाएकै थिएनँ,' उनी कड्किइन् 'मेरो नाम कसरी आयो?
गलल्ल हाँसोले संसद हल गुञ्जियो।
जवाफमा उस्तै शैलीमा सभामुखको जवाफ आयो 'तपाँइको यो लिस्टमा टिक लगाएको छ माननीय सदस्य, अगाडि मात्रै हैन पछाडि पनि। सभामुख नेम्वाङले आदेश गरे 'बस्नुस माननीय सदस्य, तपाँइले बोल्दिन भन्नु भो त्यति भए पर्याप्त भो।' फेरि हल हाँसोले गुञ्जियो। त्यसपछि सभामुखले गंगालाल तुलाधरलाइ समय दिए।
सभामुखले कर्मचारीलाइ इशाराले बोलाएर भएको के हो भनेर बुझ्न लगाए। शून्य समय सकिनै लाग्दा सभामुखले यथार्थ पत्तो पाए। उनले भने 'छानबिन गर्दा पत्तो लाग्यो कि त्यो भन्दा तल्लो नम्बरका माननीयले आफ्नोमा टिक लगाउनुको सट्टा माथिल्लोमा लगाइदिनु भएछ।'
हलमा फेरि हाँसो भो।
सभामुखले गल्ती ठाउँमा टिक लगाए पनि पालो पाउनु भयो भन्दै सांसद गाैरी शंकर चाैधरीलाइ बोल्ने पालो दिए। एक मिनटको बोल्ने समयमा चाैधरीले आफूले गल्ती नगरेको भन्दै कर्मचारीलाइ दोष दिन थालेपछि सभामुखले 'अब त्यता नजान' भन्दै रोके।
शून्य समयमा बोल्ने सांसदको नाम बर्णानुक्रमअनुसार रखिएकोमा तल नाम भएकी सांसदले झुक्किएर माथिल्लोमा टिक लगाउँदा संसदमा हाँसोमजाक चल्यो।
सांसद गौरीशंकर चौधरीले झुक्किएर आफ्नो भन्दा माथि गौरीकुमारी ओलीको नाममा टिक लगाएका रहेछन्।
अडियो