काठमाडौं- संविधानको प्रारम्भिक मस्यौदामाथि आएका सुझाव समेटेर परिमार्जित मस्यौदा तयार पार्ने जिम्मा पाएको विशेष समितिले राजनीतिक प्रकारका विवाद थाती राखेर अघि बढ्ने समझदारी गरेको छ। त्यस्ता विवाद संविधानको अन्तिम मस्यौदा पारित गर्दासम्म टुंगो लगाउने निष्कर्ष समितिको छ।संविधानसभाले जनताले दिएका रायसुझावका आधारमा तयार पारेको प्रतिवेदन परिमार्जित मस्यौदाका लागि बाँकी विषय टुंगो लगाउन संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई जिम्मा दिएको थियो।
संविधान निर्माणका काम नरोकी अहिल्यै टुंगो लाग्न नसकेका विषय संविधानको अन्तिम मस्यौदा पारित गर्ने बेलासम्म टुंगो लगाउने निष्कर्षमा पुगेका हुन्।
त्यसैले संविधानसभाको अबको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले आफ्नो प्रतिवेदन बुझाउनेछ।
संविधानसभाले संवाद समितिलाई चार दिनको समय दिएर संविधानमा समावेश गर्ने विषय समेटेर परिमार्जित प्रतिवेदन तयार पार्ने जिम्मा दिएको थियो।
समितिले सभापति बाबुराम भट्टराईको संयोजकत्वमा प्रमुख चार दलका शीर्ष नेता सम्मिलित विशेष समिति बनाएको थियो। विशेष समितिले राजनीतिक प्रकारका सुझावमा शुक्रबार दिनभर गरेको छलफलमा प्रमुख दलका आ–आफ्नै अडान रहेपछि टुंगो लाग्न नसकेका विषय संविधानको अन्तिम मस्यौदा पारित गर्ने बेलासम्म टुंग्याउने निष्कर्ष निकालियो।
राति अबेरसम्म सिंहदरबारमा बसेको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन भएको र राजनीतिक प्रकृतिका एजेन्डामा छलफल भएको समितिका सभापति भट्टराईले जानकारी दिए।
'सुझाव वर्गीकरण गरेर राजनीतिक प्रकृतिकामाथि छलफल गर्यौं्,' भट्टराईले भने, 'सुझाव कार्यदलले दिएको प्रतिवेदनमा पनि हामी शनिबार बिहानैदेखि छलफल गर्छौं।'
शीर्ष नेताको बैठकमा कांग्रेसले धार्मिक स्वतन्त्रता राख्नुपर्ने अडान कायम राखेपछि एमाओवादीले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी हुनैपर्ने अडान राखेको स्रोतले जानकारी दियो।
'अहिलेलाई धर्मनिरपेक्षता उल्लेख गर्ने तर यसको व्याख्या कुनै धर्मविरोधी नभई सबै धर्म बराबर स्वतन्त्र रहेको व्याख्या गर्नेमा हामी सहमतिनजिक पुगेका छौं,' स्रोतले भन्यो, 'अहिले धार्मिक स्वतन्त्रता लेख्न एमाओवादी तयार देखिएन।'
संविधानको पहिलो मस्यौदामाथि जनताको सुझाव लिने क्रममा हिन्दु राष्ट्र कायम हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने लगायत राजनीतिक प्रकारका सुझाव दिएका थिए।
'हामीले धर्मनिरपेक्षता हटाउनुपर्छ भन्ने धारणा राखेका छौं,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, 'सर्वधर्म समभावसहित धार्मिक स्वतन्त्रता कायम हुनुपर्छ।'
उनले समावेशी/समानुपातिक सिद्धान्तमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुन नसक्ने भएकाले शुक्रबार भएको शीर्ष बैठकमा पनि आ–आफ्नो पार्टीका अडान कायमै रहेको बताए।
'नागरिकतामा अन्तरिम संविधानमा भएको व्यवस्थासम्म कायम गर्नुपर्छ भन्ने भएको छ,' पौडेलले भने, 'सुरक्षा परिषदमा नेपाली सेनाको प्रतिनिधित्व अनिवार्य हुन्छ।'
विशेष समितिमा रहेका प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार दिनभर छलफलमा जुटेका थिए।
'जनताले दिएका सुझाव अधिकतम समावेश गरेर मिलाउने प्रयासमा छौं,' भट्टराईले भने, 'हामीले अधिकतम मिलाएर लैजान्छौं। अहिले मिल्न नसकेका विषय पनि विशेष समिति संविधानसभा रहेसम्म रहने भएकाले अन्तिम मस्यौदासम्म पनि मिलाउने प्रयासमा रहन्छौं। संविधानसभाको पूर्ण बैठकमा अन्तिम मस्यौदामाथि छलफल चल्दासम्म हामी विवादित विषय टुंगोमा पुर्यासउने कोसिसमा रहन्छौं।'
शीर्ष नेताहरुले राजनीतिक प्रकृतिका बाहेक अन्य विषयमा सहमति गर्न कार्यदल बनाएका थिए। उनीहरुले एमाले उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सुझाव कार्यदल बनाएका हुन्। सिंहदरबारमा शुक्रबार १० घन्टा कार्यदलको बैठक चलेको थियो।
कार्यदलले बनाएको प्रतिवेदन बेलुका राति शीर्ष नेतालाई बुझाइएको थियो। शीर्ष नेताको बैठक शनिबार बिहानैदेखि बसेर दिउँसो बस्ने समितिको बैठकमा प्रतिवेदन पेस गर्ने तयारी छ।
'जनताबाट प्राप्त रायसुझाव कुनै पनि नछुटाई एक एक गरेर केलायौं,' रावलले भने, 'दोहोरिएका वा पहिल्यै मस्यौदा भएका विषय हटाएर अन्य विषयको सूची शीर्ष नेतालाई बुझाइएको छ।'
उनले प्रमुख दलबीच भएका सहमति र माथिल्लो तहबाट सहमति हुनुपर्ने विषय छुट्ट्याइएको जानकारी दिए।
कार्यदल बैठकमा कांग्रेसका राधेश्याम अधिकारी, भिष्मराज आङदम्बे, एमाओवादीका शक्ति बस्नेत, रेखा शर्मा, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह पनि थिए।