यस्तो छ साना दलका उम्मेदवारको चुनावी मुद्दा
२२ वैशाख २०७९
•
३ मिनेट पाठ
यस्तो छ साना दलका उम्मेदवारको चुनावी मुद्दा
भूगोलका दृष्टिले देशकै ठूलो पोखरा महानगरपालिकामा मुख्य प्रतिस्पर्धा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)बीच हुने आकलन गरिए पनि यहाँका साना तथा नयाँ दलका साथै स्वतन्त्र उम्मेदवार उच्च मनोबलका साथ चुनावी मैदानमा छन्।




भ्रष्टाचाररहित सुखि र समृद्ध पोखराको आफ्ना चुनावी मुद्दा र काम गर्ने अठोट नै मत पाउने आधार भएको बताउने उम्मेदवार घरदैलो र वस्तीमा पुगी आफ्ना प्रतिवद्धता जनतामाझ पुर्‍याउन निकै व्यस्त छन्। चुनावको मिति नजिकिदै गर्दा सकेसम्म हरेक मतदातामा पुग्ने नसकेमा मुख्य मुख्य वस्तीमा पुग्ने योजनाका साथ घरदैलोमा लागेको उम्मेदवार बताउँछन्।

सचेत नेपाली पार्टीकातर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार भोजराज खनाल ‘फरक परिणामका लागि फरक विचार, इमानको राजनीति इमानदार सरकार’ भन्ने नाराका साथ आँफू चुनावी अभियानमा जुटेको बताउँछन्। आफूले जनताको सेवा गर्ने निश्वार्थ योजनासहितको प्रतिबद्धता लिएर जनता माझ पुगेको जनाउँदै उनले यसमा जनताको समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरे।

पालिकामा संस्थागत भएको भ्रष्टाचार र विचौलियापन निर्मूल गरी इमानदार नेतृत्व र कर्मचारी स्थापित गर्नका लागि नैतिक शिक्षा प्रदान गरिने उनले बताए। स्थानीय तहमा निर्वाचित भएसँगै आफूलाई सर्वेसर्वा ठानी नागरिकलाई केही नठान्ने प्रवृत्तिलाई अन्त्य गरी जनताको नोकर हुँ भन्ने भावनाको विकास गर्ने उनले बताए।

पोखराको हेमजाबाट आफूले चुनावी प्रचार अभियान थालेको जानकारी दिँदै उनले अन्य दलले जस्तो तडकभडक नगरी मतदातामाझ पुगिरहेको बताए। 'राजनीतिलाई पेसा नभै सेवा हो भन्ने भावनालाई आत्मसात गरी जनताका अपेक्षालाई पूरा गर्ने, सुशासन, भ्रष्टाचार मुक्त पालिकाको निर्माण गर्ने अभियानमा पोखरेली जनताले विश्वास गर्नेमा म ढुक्क छु,' उनले भने।

सचेत नेपाली पाटीले महानतगरमा उपप्रमुखको उम्मेदवारमा सोनी परियारलाई अघि सारेको छ। पार्टीले वडा गतरुपमा भने अन्य उम्मेदवार नउठाएको खनालले जानकारी दिए। राष्ट्रिय नागरिक पार्टीका तर्फबाट पोखरा महानगरपालिका–९ का सदस्य पदका उम्मेदवार कृष्ण रानाभाट आफ्नो चुनावी प्रतिवद्धतासहित मतदाता शिक्षा दिँदै घरदैलोमा हिडिरहेका छन्।

ठूला दलका नाममा विभिन्न प्रलोभनमा पार्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुका साथै भोट बढाउनका लागि दिवङ्गत व्यक्तिका नामसमेतमा मत हाल्ने विगतदेखिको कुपरम्पराको अन्त्य गर्नु जरुरी रहेको उनको भनाइ छ। राष्ट्रिय नागरिक पाटीले पोखरा महानगरमा प्रमुखको उम्मेदवारमा सिर्जनादेवी रिजाल कार्कीलाई अघि सारेको छ भने वडा नं २१ मा वडा अध्यक्षसहित पाँचै जनाको समूह चुनावी अभियानमा होमिएको रानाभाटले जानकारी दिए।

अन्य वडामा भने पार्टीका तर्फबाट उम्मेदवारी परेको छैन। भ्रष्टाचार नियन्त्रणसहित पूर्वाधार विकासका लागि विज्ञ टोली बनाएर अघि बढ्ने, सम्पदाको संरक्षण गर्ने प्रतिवद्धतासहित चुनावमा होमिएको विवेकशील साझा पार्टीले महानगरका ३३ वटा वडामध्ये झण्डै ५० प्रतिशत वडामा आफ्नो घरदैलो सम्पन्न गरिसकेको सो पार्टीका प्रमुख पदका उम्मेदवार सुशिला केसी अधिकारीले जानकारी दिए।

घरदैलोका क्रममा मतदाताको आश्वासनले आफू उत्साहित बनेको बताउँदै उनले यस निर्वाचनमा सम्मानजनक मत प्राप्त गर्ने विश्वास व्यक्त गरे। यस्तै विवेकशील साझाले महानगरको उपप्रमुखमा माधव भण्डारीलाई अघि सारेको छ भने वडा नं २६ को वडा अध्यक्षमा चन्द्रज्योति ढुङ्गाना उम्मेदवार रहेका छन्। अन्य वडामा भने सो पार्टीको उम्मेदवारी छैन।

वैकल्पिक राजनीतिक शक्तिका रुपमा आफूलाई उभ्याउने प्रयत्नमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टचार मुक्त महानगरको नारालाई जोड दिएको छ। पार्टीका तर्फबाट प्रमुख पदका उम्मेदवार शंकर खराल र उपप्रमुख पदका उम्मेदवार रन्जना कुमारी सेन पौडेल यतिखेर चुनावी प्रतिबद्धताका साथ घरदैलोमा निरन्तर कृयाशिल छन्।

घरदैलोका क्रममा उनीहरूले सिप विकासलाई प्राथमिकता दिई रोजगारी सुनिश्चित गर्ने, कर वृद्धिले पीडित बनेका महानगरवासीको राहतका लागि ५० प्रतिशतसम्म कर कटौती गर्ने शैक्षिक गुणस्तर वृद्धि एवम् शिक्षकलाई पोत्साहन गर्न तलब वृद्धि र प्राविधिक शिक्षालगायतमा जोड दिने मुद्दालाई अघि सारेका छन्। महानगरपालिकामा कूल मतदाता दुई लाख सात हजार ७१२ छन्।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस