विगतका जस्तै चुनावी एजेण्डा, नागरिकको आशा अधुरा
२२ वैशाख २०७९
•
४ मिनेट पाठ
विगतका जस्तै चुनावी एजेण्डा, नागरिकको आशा अधुरा
आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाका उम्मेदवारहरूले अहिले पनि विगतमा जस्तै चर्चामा ल्याइएका विषयलाई चुनावी एजेण्डा बनाएका छन्। देशको केन्द्रीय राजधानी भएकाले पनि कामपामा धेरै ‘विकासे–मुद्दा’ छन्।




विगतका निर्वाचनमा पनि मुख्य एजेण्डा बनाइएका फोहर व्यवस्थापन, स्वच्छ खानेपानी, सार्वजनिक शौचालय निर्माण, व्यवस्थित सार्वजनिक यातायातजस्ता विषय यसपटकको निर्वाचनमा पनि उम्मेदवारको प्रमुख एजेण्डाबाट बाहिरिएको देखिएन।

अहिले उम्मेदवारहरू भोट माग्नका लागि मतदाताको घरदैलोसम्म जान भ्याइनभ्याई देखिन्छन्। यसरी उम्मेदवार मतदाताको घरदैलो गइरहँदा विगत १२ दिनदेखि सडक किनारामा थुपारिएको फोहरको डङ्गुरले भने उनीहरुलाई गिज्याइरहेको भान हुन्छ।

काठमाडौंका १८ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापनस्थल सिसडोलसम्म जाने पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य १२ दिनदेखि रोकिएको छ। पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटक–पटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाका नागरिकले भोग्नुपरेको छ।

कामपाको अहिलेका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले पनि प्रमुख मुद्दाका रूपमा फोहर व्यवस्थापनलाई नै लिएका थिए तर व्यवस्थापनको समाधान नै भएन थप समस्या चुलिइरहेएको छ। यो लामो समयदेखिको समस्या हो। यसको दीर्घकालीन समाधानका लागि भने कसैको पनि खासै पहल भएको पाइँदैन।

गत फागुन र चैतमा पनि ३२ दिन फोहर अन्तिम व्यवस्थापनस्थलसम्म पुग्न सकेको थिएन। कामपा–१७ को यशोदा शर्मा हरेक पटकको निर्वाचनमा चुनावी नारा बनको काठमाडौंको फोहर व्यवस्थापन कार्यको दीर्घकालीन समाधान नहुनाले नागरिकले निकै समस्या भोग्नुपरेको गुनासो गर्छन्। विगतका जस्तै आगामी दिनमा पनि उक्त समस्या समाधानार्थ उपाय नखोज्ने हो भने आगामी वर्षहरूमा विकराल समस्या आउने शर्मा बताउँछन्।

'कामपामा बाक्लो बस्ती छ, त्यसमाथि हप्तौँसम्म फोहरको व्यवस्थापन हुन नसक्नु र पटक–पटक यही नै चुनावी नाराको रूपमा आउनु जनताको समस्यामा जनप्रतिनिधिले झुटको खेती गरिरहेको प्रष्ट हुन्छ,' शर्माले भने। कामपाको अर्को मूल समस्या खानेपानीको हो। नियमितरूपमा पानी अझै पनि आउँदैन। अन्यत्रबाट ट्याङ्करमा ल्याइएको पानी खानु नगरवासीको दैनिकी हो।

त्यतिमात्रै होइन बाहिर निस्कँदा सार्वजनिक स्थानमा बटुवाका लागि खानेपानीको व्यवस्था पनि कामपाले गर्न सकेको छैन। प्रत्येक पटकको चुनावी नारा बनेको खानेपानी, बिजुली, सहज सार्वजनिक यातायात, फोहर व्यवस्थापनजस्ता विषय कामपाको न्यूनतम मापदण्डभित्र पर्दछ। कामपामा शौचालाय निर्माणको विषय पनि नारामै सीमित रहेको देखिन्छ।

सामान्यतया महानगरपालिकामा कम्तीमा ५०० मिटरदेखि एक किलोमिटरको दूरीमा एक सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। हाल कामपामा अव्यवस्थितरूपमा सञ्चालन भएको ६० सार्वजनिक शौचालय छन्। यसअघिको जनप्रतिनिधि आउनुअघि नै कामपामा सार्वजनिक शौचालय थप्ने विषय चर्चामा थियो तर वर्षौँ बितिसक्दासम्म न नयाँ थप्न सकिएको छ, न त भएकालाई व्यवस्थापनको काम।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कमपाको प्रमुखमा ५५ जना र ३० को उपप्रमुखमा उम्मेदवारी परेको छ। प्रमुख पदका लागि कामपामा सत्ता गठबन्धनबाट सिर्जना सिंह रहेही छिन् भने नेकपा (एमाले)बाट केशव स्थापित चुनावी मैदानमा छन्।

यस्तै कामपाकै उपप्रमुख पदका लागि सत्ता गठबन्धनबाट उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठको उम्मेदवारी छ भने एमालेबाट सुनिता डङ्गोलको उम्मेदवारी छ। सबै उम्मेदवारको मुख्य एजेण्डामा यसअघिका प्रमुख र उपप्रमुखको भन्दा खासै फरक देखिदैन।

गठबन्धनको तर्फबाट कामपाको प्रमुखमा आफ्नो उम्मेदवारी दिएकी सिंहले सार्वजनिक स्थानमा निःशुल्क खानेपानी, स्वच्छ सफा र दिगो पर्यावरणलाई आफ्नो चुनावी एजेण्डा बनाएकी छिन्। त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवार श्रेष्ठले हाल काठमाडौंमा मुख्य समस्यामा रहेको फोहरलाई वैज्ञानिकरूपमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै एमालेको तर्फबाट प्रमुखका उम्मेदवार केशव स्थापति र उपप्रमुख सुनिता डङ्गोलले पनि सुरक्षित सहर, शिक्षा र सामाजिक सुरक्षा, स्वच्छ सफा पर्यावरण, संस्कृति र सम्पदाको संरक्षणजस्ता विषयलाई चुनावी नारा बनाएका छन्। निर्वाचनको समयमा पटक–पटक नागरिकको समस्यालाई नाराका रूपमा लिने र निर्वाचनपछि ती विषय ओझेलमा पर्ने गरेका कारण अहिले नागरिक राजनीतिक दलको प्रतिबद्धतालाई ‘झुटा आश्वासन’को सङ्ज्ञा दिने गरेको पाइन्छ।

कामपा–१८ का राजु कपालीले यसअघिका स्थानीय निर्वाचनमा पनि उम्मेदावारहरूले यस्तै किसिमको झुटा वाचा गरेकाले अहिलेको निर्वाचनमा मतदान गर्नका लागि आफू त्यति धेरै उत्साहित नभएको बताउँछन्। उनी भन्छन्, 'उम्मेदवारले आ–आफ्ना वाचा पूरा गरेभने म जस्तै सबै नागरिक उत्साहित बन्नेछन्।'
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस